प्रहरीको पेट्रोलमा पौडेलको मस्ती
काठमाडौं । नेपाल प्रहरीअन्तर्गत कल्याण कोषले सञ्चालन गरेको र हरेक सिपाहीको गाँस काटेर जम्मा गरिएको नक्सालस्थित प्रहरी पेट्रोल पम्पमा केही व्यक्तिको मस्ती चल्ने गरेको छ । विगत १० वर्षदेखि अनवरत सोही पम्पमा बसेर अकूत सम्पत्ति कमाइसकेका अच्यूत पौडेलका कारण प्रहरीको कल्याण कोष नै धराशायी बन्दै गएको खबर छ ।
त्यसो त प्रहरी महानिरीक्षकको कमाइको प्रमुख स्रोत बन्ने गरेको छ कल्याण कोष र त्यसअन्तर्गतको पेट्रोल पम्प । त्यसैमा आँखा लगाउँदा तत्कालीन आईजीपी रमेशचन्द ठकुरीले आईजीपीको पदबाट हात धुनुप¥यो भने एक दर्जन प्रहरी अधिकारीहरू अझै पनि मुद्दा खेपिरहेका छन् । हरेकपटकको पीसीसी बैठकमा कल्याण कोष र पेट्रोल पम्पको अनियमितताबारे छलफल हुने गरेको छ । तर उच्च तहका अधिकारीहरू तैं चुप मै चुप भनेर तर मारिरहेका छन् ।
प्रहरी महानिरीक्षक संरक्षक रहने प्रहरी कल्याण कोषको अध्यक्ष प्रशासन विभागका एआईजी हुने गर्दछन्, जसले प्रहरीका लागि विभिन्न किमिसका सेवा प्रदान गर्दै आएको छ । हाल पेट्रोल पम्प, हेल्थ क्वल कोषअन्तर्गत सञ्चालन भइरहेको छ । त्यस्तै ग्याँस तथा मेडिकल कलेज पाइपलाइनमा छन ्।
राष्ट्रसंघीय शान्ति मिसनमा जाने प्रहरी अधिकारीको कमाइ तथा शान्ति मिसनमा प्रयोग हुने सामानको फरफारक नै कोषको प्रमुख स्रोत रहँदै आएको छ । तर कोषको आर्थिक कारोबार पटकपटक विवादमा आउने गरेको छ । प्रहरीको कल्याणकोषमा १ अर्बभन्दा धेरै रकम छ ।
प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित नेपाल प्रहरीको पेट्रोल पम्पमा अनियमितता झनै उदांगिएको छ । प्रहरी निरीक्षक चिन्तामणि बुढाथोकी इन्सपेक्टरबाट डीएसपी बढुवाका लागि सिफारिस भएपछि अब केही दिनमा जाने भन्दै उठन्ती धन्दालाई तीव्रता दिएको स्रोतको दाबी छ । आफू सो पम्पको नेतृत्व गर्न आइपुगेको दुई वर्ष हुन लागेको छ । अब हिँड्नुपर्ने बेला भन्दै उनले मातहतका कर्मचारीहरूलाई त्यति निगरानी राख्न छोडेको र यही मौकामा २०६५ सालदेखि सो पम्पमा मस्ती मारेर बसेका अच्यूत पौडेलले कमाउ धन्दालाई तीव्रता दिएका हुन् । स्मरणीय छ, प्रहरीभित्र पनि कल्याणकारी कोषअन्तर्गत पेट्रोल पम्पको जागिरलाई आकर्षक र मालदार मानिन्छ । पछिल्लो केही महिना यतादेखि पौडेल पेट्रोल पम्पका प्रमुख चिन्तामणि बुढाथोकीको अत्यन्त प्रिय पात्र बन्दै आएका छन् । पौडेलको मुख्य काम थानकोटदेखि ट्यांकरबाट तेल ल्याउने बेच्ने तथा हरेक दिन संकलन भएको रकम इन्स्पेक्टरलाई बुझाउने रहेको बताइन्छ । पौडेललाई आफ्नो विश्वासी भन्दै ड्युटीमा नराखी पैसा हुने धन्दा गर्न र अन्य रकम संकलन तथा कारोवारको जिम्मेवारी नै दिइएको छ । इन्सपेक्टर बुढाथोकीलाई राम्रो रकम नियमित रूपमा बुझाउने गरेकाले नै पौडेल उनका प्रिय पात्र भएको स्रोतको दाबी छ । उनलाई त्यहाँको इन्चार्ज बुढाथोकीले संरक्षण गरेकैले खुलेआम घुसखोरीले प्रश्रय पाएको बताइन्छ ।
एकपटक त्यो स्थानमा बसिसकेका प्रहरी कर्मचारीहरूलाई दोहो¥याएर त्यही स्थानमा नराख्ने प्रहरीको आन्तरिक नियम भए पनि पेट्रोल पम्पका केही कर्मचारीका हकमा भने त्यो नियम लागू भएको छैन । २०६५ सालदेखि पम्प छोड्नुनपरेका पौडेलले तल्लो दर्जाको जागिरबाटै काठमाडौं घरघडेरी र दुईवटा बच्चा अध्ययनका लागि अस्ट्रेलिया पठाइसकेका छन् ।
पौडेलको नेतृत्वमा पम्पका कर्मचारीहरूले उपत्यकामा भएका प्रहरी कार्यालयबाट इन्धन नै नहाली कुपनलाई आधा रकम दिने र उक्त तेल बेचेर पैसा खल्तीमा हाल्ने गर्दै आएको आरोप छ । उनीहरूले तेलै नहालीकन तेल घटेको भन्ने बहाना बनाएर रकम असुल्ने गर्दै आएको बताइएको छ । त्यसो गर्दा काउन्टरमा मासिक ३ लाखसम्म अतिरिक्त जम्मा हुने र सो रकमबाट इन्सपेक्टरले ५० हजारदेखि असईले ३० हजारसम्म भागशान्ति जय नेपाल गर्ने गरेको पम्प स्रोतले बतायो । उक्त पम्पमा मात्र हाल दर्जन बढी कर्मचारी छन् । प्रहरीबाट अवकाश भइसकेका भूपू प्रहरीहरू पनि विगतमा ठूलो संख्यामा करारमा कार्यरत रहेकामा पछिल्लो समय तिनीहरूलाई भने हटाइएको छ ।
प्रहरी नियमावलीमा दुई वर्षभन्दा बढी एकै ठाउँमा रहन कुनै पनि व्यक्तिलाई अनुमति दिइएको छैन । कल्याण महाशाखाका प्रमुख एसएसपी पवन खरेल रहेका छन् । उनलाई जयनेपाल साप भन्दै स्यालुट मारेका भरका हवल्दार निरञ्जन खरेलले पनि मस्ती मारीरहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply