22nd November 2017, Wednesday

E-budhabar

प्राचीन सम्पदाहरूका नालीबेली



प्राचीन सम्पदाहरूका नालीबेली

काठमाडौं उपत्यका वरिपरि अनेकानेक मन्दिर, मठ र शक्तिपीठहरू रहेका छन् । लिच्छवीकालीन समयदेखि नै त्यस्ता शक्तिपीठहरूमा पूजाअर्चना गर्ने, बलि दिने चलन रहँदै आयो । उपत्यकामा विभिन्न समयमा शासन गरेका राजा–महाराजाहरूले पनि त्यस्ता शक्तिपीठहरूमा पूजा गर्ने, बलि दिने र साधना गर्ने कार्य गरे । यो क्रम उपत्यकामा शासन व्यवस्थाको सुरुवाती चरणदेखि शाहवंशीय अन्तिम राजासम्मकै समयमा चल्यो ।
संस्कृतिविद् कुलचन्द्र कोइरालाको नवीन कृति ‘दक्षिणकालिका, हरिशंकर जात्रा र शिखरनारायण’ भने काठमाडौं उपत्यकाको दक्षिणी दिशामा अवस्थित प्रख्यात शक्तिपीठ दक्षिणकाली र त्यस क्षेत्रमा लाग्ने जात्राबारे विस्तृत रूपमा बयान गरिएको छ । नेपालका सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पौराणिक पक्षहरूबारे विशद् अध्ययन गरेका दिवंगत कोइरालाले उपत्यकाका दक्षिणी भेगका यी तीन धार्मिक एवं सांस्कृतिक सम्पदाहरू दक्षिणकाली, हरिशंकर जात्रा र शिखरनारायणबारे बेग्लाबेग्लै चर्चा गरेका छन् ।
दक्षिणकालिकाको प्रख्याती अहिलेसम्म पनि यथावत् नै छ । काठमाडौं उपत्यका टेक्ने हिन्दू धर्मावलम्बीहरूले दक्षिणकालीमा पुगेर दर्शन नगरेसम्म र कुनै बलि नदिएसम्म आफ्नो उपत्यका यात्रा अपुरो ठानिने विश्वास अद्यापि कायम छ । लिच्छविकालीन समयदेखि नै प्रसिद्ध रहेको दक्षिणकालिकाको मूर्ति बनाई स्थापना गर्ने कार्य भने मल्लकालीन राजा प्रताप मल्लले गरेका थिए । मल्लकालीन राजाहरूमध्ये कवि, विद्वान्, गायक, तान्त्रिक विद्या र साधना सिकेका मल्लले देवदेवीको मूर्ति स्थापना गर्ने कार्यमा आफ्नो शासनकालमा अग्रता नै लिएका थिए ।
लेखकले शक्तिपीठ दक्षिणकालिकाको भौगोलिक स्थिति केलाउँदै त्यस क्षेत्र वरिपरि प्राचीन कालमा कुनकुन जातिको बसोबास रहेको थियो र अहिले कुन जातिको बाहुल्य छ भन्ने पक्षलाई पनि उल्लेख गर्न चाहेका छन् । दक्षिणकालिकाको बयान गर्ने क्रममा फर्पिङ क्षेत्र वरिपरिका अरू देवदेवीका मन्दिरहरूका साथै दक्षिणकालिकाको शास्त्रीय पक्ष, लिच्छविकालपछिको अभिलेख, दक्षिणकालिकाको सांस्कृतिक पर्व र जात्रा, दक्षिणकालीसम्बन्धी जात्रा र मूल जात्राको पक्षबारे उल्लेख गरेका छन् । लेखक लेख्छन्, ‘दक्षिणकाली पीठमा दक्षिणकाली मूर्ति पूर्व–दक्षिण मुख गरी स्थापना गरिएको छ । दक्षिणपट्टि पूर्व–दक्षिणबाट क्रमैले ब्राह्मी, माहेश्वरी आदि मातृकागणको मूर्ति स्थापना भएको छ । यसक्रममा दक्षिणकालीको नजिक चामुण्डाको मूर्ति पर्दछ । शुम्भ–निशुम्भसँगको युद्धमा भगवती दुर्गालाई मद्दत गर्न ब्रह्मा, विष्णु, शिव, इन्द्र आदिका शक्तिहरू उस्तै रूप धारण गरेर ब्रह्मा विष्णुकै जस्तो वाहन चढेर आएका थिए । चामुण्डाचाहिँ स्वयं भगवती दुर्गाकै शरीरबाट उत्पन्न भएकी कालिका थिइन् । चण्ड–मुण्ड नामक दानव मारेपछि उनको नाउँ चामुण्डा भएको कथा चण्डीमा वर्णन गरिएको छ ।’
फर्पिङ क्षेत्रको प्रसिद्ध जात्रा हो, हरिशंकर जात्रा । उक्त जात्रा हरेक वर्ष भाद्र शुक्ल द्वादशीको दिनबाट सुरु हुन्छ । अर्को अध्यायमा कोइरालाले सो जात्राबारे यसरी बयान गरेका छन्, ‘फर्पिङ बजारको बीचमा पुरानो राजदरबारको अगाडि पर्ने डबलीमा जात्राको सुरुवात हुन्छ । यहाँ श्री झंकेश्वरीको पीठ छ । यसै पीठमा फर्पिङका सम्पूर्ण देवताको आह्वान गरिन्छ र पूजा हुन्छ । यो पूजा त्यसै ठाउँकी तुलजा (तलेजु) का पुजारी र श्री दक्षिणकालिकाका पुजारीले सम्पादन गर्दछन् । यस क्षेत्रका अन्य छुट गुठी र निजी गुठीका पुजारी र गुठियारहरू पनि यस मौकामा उपस्थित हुन्छन् । यस दिनमा प्रारम्भिक पूजा र समस्त देवताको आवाहन गर्ने विधि गरिसकेपछि दुइटा बोकाको बलिदान गर्नुपर्छ ।’
फर्पिङ क्षेत्रको अर्को प्रसिद्ध मन्दिर हो, शिखरनारायण । दक्षिणकालिकामा जस्तै भक्तजनको भीड नलाग्ने भए पनि सो मन्दिरको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महŒव भने रहँदै आएको छ । कोइरालाले शिखरनारायण मन्दिरको प्राचीन अवस्था केलाउँदै त्यसको धार्मिक, सांस्कृतिक महŒवबारे प्रशस्तै प्रकाश पार्ने काम गरेका छन् । मूलतः लेखकले काठमाडौंको दक्षिण भेगका प्रसिद्ध तीन सांस्कृतिक, प्राचीन धरोहरबारे विभिन्न स्रोत र सामग्रीहरू जुटाएर त्यसबारे विस्तृत रूपमा प्रकाश पार्ने गहन कार्य गरेका छन् ।

कृति ः दक्षिणकालिका, हरिशंकरजात्रा र शिखरनारायण
विधा ः लेख
लेखक ः कुलचन्द्र कोइराला
प्रकाशक ः कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान
पृष्ठ ः ५६
मूल्य ः १००।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा