प्रेसमाथीको अंकुस संविधान विपरीत
काठमाडांै । नेपाल पत्रकार महासंघले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा” विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय मानवकअधिकार आयोगका अध्यक्ष अनुप राज शर्माले मानव अधिकारको रक्षक पत्रकार पनि रहेका कारण प्रेसमाथि अंकुश लगाउन नहुने धारणा राखे । उनले प्रेसमाथि अंकुश लगाईए त्यो संविधान विपरित हुने बताए ।
राष्ट्रिय सभा सदस्य राधेश्यम अधिकारीले लोकतन्त्रको स्थापनामा प्रेसको भूमिका उल्लेख्य रहेको भन्दै फौजदारी तथा देवानी संहितामा प्रेस स्वतन्त्रतामाथि अवरोध हुने प्रावधान भए त्यसलाई संसोधन गर्न सकिने धारणा राखे । बरिष्ठ अधिवक्ता तथा सांसद रामनारायण बिडारीले समग्र समाजलाइ लक्षित कानूनको निर्माण गरिने हुदा पत्रकारको पेशालाई फौजदारी संहिताले अवारोध गरे ति बुदाँलाई संसोधन गर्न सकिने धारणा राखे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भदौं १ गते बाट लागुहुने फौजदारी संहितामा पत्रकारलाई समाचार लेखेकै आधारमा सजाय गर्ने प्रावधान रहेको हुदाँ त्यसमाथि गम्भीर छलफल आवश्यक रहेको बताए । महासंघका पूर्व सभापति तारानाथ दाहालले फौजदारी संहिताले पत्रकारिताको विभिन्न विधालाई समस्या पर्ने सम्भावना रहेको धारणा राखे । महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारको पेशागत विधा व्यूरोक्राटले नबुझेका कारण पत्रकारितालाई अंकुश लगाउने प्रावधान फौजदारी संहितामा रहेको बताए । महासंघमा आयोजित कार्यक्रममा मुलुकी संहिता (देवानी र फौजदारी ) २०७४ र अभिव्यक्ति स्वतन्त्रतामा अधिवक्ता बाबुराम अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply