18th November 2017, Saturday

E-budhabar

फेरिँदै कलाकारहरूको सामाजिक छवि



फेरिँदै कलाकारहरूको सामाजिक छवि

नेपाली समाजमा कलाकारहरूलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आएको छैन । नेपालमा मात्र होइन, जहाँ पनि कलाकारहरूलाई हेर्ने दृष्टिकोण प्रायः उस्तै र एउटै रहँदै आएको छ । अर्थात् कलाकारहरू आफ्नो अभिनय क्षमता पस्किने, नाच्ने, गाउने र मनोरञ्जनको संसारमा निर्लिप्त रहने स्वभाव र चरित्रका हुन्छन् भन्ने आममान्यता छ । कलाकारप्रतिको यस्तो मान्यता यथार्थपरक नै लाग्छ । हुन पनि कलाकारहरू स्वभावतः नै आफ्नो कला–क्षमतालाई तिखार्न र कसरी हुन्छ ‘सेलिब्रिटी’ बन्ने धुनमा नै जुटेका हुन्छन् । नाम, दाम र ‘चार्म’ सबै नै प्राप्त हुने क्षेत्र कलाकारिता रहेको हुँदा त्यसका निम्ति कलाकारहरूले ध्यान दिनु र जोड गर्नु उचितै ठान्न सकिन्छ ।
अब भने कलाकारहरूलाई हेर्ने दृष्टिकोणमा ताŒिवक रूपमा परिवर्तन आउँदै छ । कलाकारहरूको काम नै नाच्ने, गाउने र अभिनयमा मात्र रमाउने हो भन्ने मान्यताको पर्खाललाई स्वयं कलाकारहरूले नै धमाधम भत्काउँदै छन् । कलाकारहरू सामाजिक प्राणी हुन् । र, देश र समाजले अथाह पीडा झेल्नुपर्दा त्यसबाट कलाकारहरू पनि दुःखी र आहत हुन्छन् र सामाजिक जीवनका घाउहरूलाई निको पार्न कलाकारहरू अग्रसर हुन्छन् भन्ने मान्यता स्थापित तुल्याउन केही वर्षयता नेपाली कलाकारहरूले एकाध उदाहरणीय काम गरेबाटै पुष्टि हुन पुगेको छ । कलाकारिताको संसारमा रमाउनेहरूले सामाजिक जीवनको पिँधमा रहेका मानिसहरूका अनुहारमा खुसीको तरंग ल्याउन यथेष्ट भूमिका खेलेबाटै कलाकारहरूको सामाजिक पहिचान र छवि बदलिँदै गएको छ ।
खासगरी हास्य कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले २०७२ साल वैशाख १२ गते भूकम्प गएपछि न्यून आर्थिक हैसियत भएका समाजमा तल्लो तहका एकाध जनताको अनुहारमा खुसीको उज्यालो भिœयाउन जुन कार्य गरे, त्यसले सर्वत्र प्रशंसा र स्याबासी प्राप्त ग¥यो । टेलिभिजनका पर्दाहरूमा हास्य खुराक पस्किनेले पनि निम्न आर्थिक हैसियत भएका जनताको मुहारमा चमक ल्याइदिन सक्छ भन्ने कुरालाई उक्त कलाकार दम्पतीले स्थापित तुल्याइदियो । भूकम्पले थिलथिलो पारेका अनेक बस्तीमध्ये सिन्धुपाल्चोकको गिरानचौर र काभ्रेपलान्चोकको पहरी बस्तीका विपन्न र ओतविहीन परिवारलाई आवास बनाइदिएर उनीहरूले राज्यले गर्न नसकेको काम गरे । भूकम्प पीडितको बस्तीबाट अलि पर हटेर तराई–मधेसमा पशुतुल्य जीवन जिउन बाध्य मुसहर बस्तीको अनुहारलाई पनि धुर्मुस–सुन्तलीले चम्काइदिए ।
धुर्मुस–सुन्तलीले सामाजिक जीवनमा ल्याउन चाहेको परिवर्तनलाई अरू कलाकारहरूले पनि पछ्याए । अर्थात् कसैले असल, प्रशंसनीय र उदाहरणयोग्य काम गरेपछि त्यसलाई पछ्याउनेहरू हुँदा रहेछन् भन्ने यथार्थ सतहमा देखियो । धुर्मुस–सुन्तलीको अभियानपछि अर्का कलाकार श्वेता खड्काले पनि काभ्रेको केही विपन्न परिवारको आवास निर्माणको दायित्व उठाएकी छिन् भने अर्का कलाकार जोडी पाँडे र जिग्रीले पनि धुर्मुस–सुन्तलीले अपनाएको सामाजिक सेवालाई पछ्याएका छन् । सबैले आ–आफ्नो तह र क्षमताअनुरूप सीमान्त तहका जनताको मुहारमा उल्लास भिœयाउन योगदान गरे र गर्दै छन् । लाग्छ, सामाजिक सेवामा ती कलाकारहरूले जुन उचाइँमा पुगेर योगदान अर्पण गरे, कलाकारिताबाट चम्किएको छविलाई अझ उन्नत रूपले चम्काउन उनीहरूको सामाजिक कार्यले सुनमा कसी लगाएको जस्तै भूमिका खेलेको ठान्नुपर्छ ।
त्यसो त सामाजिक क्षेत्रमा काम गर्ने हैसियत उच्च ओहदामा रहेका, प्रशस्तै धनसम्पत्ति भएका र विदेशका ठूलाठूला ट्रस्टहरूले मात्र राख्छन् भन्ने सोचाइ र चिन्तन हामीकहाँ हावी छ । अहिलेसम्म सामाजिक क्षेत्रमा हुनेखानेहरूले नै थोरबहुत योगदान पु¥याएका हुँदा यस्तो चिन्तन झाँगिनु स्वाभाविकै हो । तर सामाजिक क्षेत्रमा काम गर्न, समाजका तल्लो तहका जनताको जीवनमा परिवर्तन ल्याउन पर्याप्त धनसम्पत्ति होइन, सेवा र समर्पण भाव नै प्रधान कुरा हो भन्ने मान्यता धुर्मुस–सुन्तलीको अभियानले स्थापित गरेको छ । कुनै पनि सामाजिक कार्यमा समर्पित रूपले लाग्ने हो भने सहयोगी हातहरू एकपछि अर्को गर्दै सल्बलाउँछन् भन्ने कुरा धुर्मुस–सुन्तलीको अभियानले नै प्रस्ट देखाइसकेको छ ।
नेपालमा कलाकारहरूले सामाजिक क्षेत्रको विकास र उत्थानमा कदम चाल्न थालेको यो सुरुवाती अवस्थालाई प्रशंसित नजरले हेर्नुपर्छ । तर विदेशी कलाकारहरूले त सामाजिक कार्यलाई आफ्नो जीवनको अभिन्न हिस्सा नै बनाउँछन् । केही वर्षअघि ‘द टाइटनिक’ का अभिनेता लियोनार्दोले नेपालको बर्दियासम्मै आफ्नो यात्रा तय गरे । हलिउडका यी चर्चित कलाकारलाई बाघ मोह र संरक्षणले डो¥याएर बर्दियासम्म पु¥याएको थियो । संरक्षित जनावारको सूचीमा रहेको बाघको चोरीसिकार बर्सेनि बढ्दो छ र चोरीसिकार बढ्दै जाने हो भने आगामी पुस्ताले बाघलाई तस्बिरहरूमा मात्र देख्न पाउनेछन् । यही भयावह स्थितिलाई आँकलन गर्दै कलाकार लियोनार्दोले बाघको संरक्षणका लागि विश्वव्यापी रूपमै अभियान चलाइरहेका छन् । कलाकारिताले दिन नसकेको सन्तुष्टि अरू सामाजिक कार्यहरूले दिन सक्छन् भन्ने कुराप्रति विश्वका प्रसिद्ध कलाकारहरू विश्वस्त छन् ।
प्रायः कलाकारहरूले मिडियामा छाउन आफ्नो जन्मदिन कुनै वृद्धाश्रममा मिठाई वा फलफूल बाँडेर मनाउने गर्दछन् । वृद्धवृद्धाहरूलाई मिठाइ र फलफूल बाँड्नु राम्रै भए पनि खासमा नेपाली कलाकारहरूको सामाजिक कार्य र छवि मिठाई र फलफूल वितरणमै सीमित रहँदै आएको छ । तर अब भने कलाकारहरूले आफ्नो कलाकारितासँगै धुर्मुस–सुन्तलीले जस्तै सामाजिक क्षेत्रमा दीर्घकालसम्मै नामांकित हुने र समाजका विपन्न वर्गका जनताले खुसीको अनुभूति गर्न पाउने कामहरूमा हात हाल्न सके धेरै अर्थपूर्ण हुनेमा सन्देह छैन ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा