बाबुरामको संगत संदीग्ध व्यक्तिहरुसँग छ
उपेन्द्र यादवको पुच्छर हुन लाग्यो भन्ने आरोप लगाउँदै तपाईले नयाँ शक्ति छाड्नुभयो, तर आफैं त्यो दल छाडेर क्षेत्रीय मधेसी दलमा प्रवेश गनुभयो । यो त विरोधाभास भएन र ?
मधेसवादी दलहरुभित्र पनि गहिरिएर हेर्ने हो भने विजय गच्छदार मधेसको एक मात्र राष्ट्रवादी नेता हुन् । उपेन्द्र यादवहरु संविधान नै भत्काउन चाहन्छन्, संविधान नै चाँहदैनन् । संविधान पुर्नलेखन गर्नपर्छ भनेर उनीहरुले आवाज उठाइरहेका छन् । गच्छदार नभइदिएका भए २०७२ सालमा संविधान जारी हुने थिएन । उहाँकै भूमिकाले नै हामी परिवर्तनको यो दिशासम्म आइपुगेका हौं । उहाँले राष्ट्रिय राजनीतिमा विभिन्न कालखण्डमा सह्राहनीय भूमिका निर्वाह गर्नुभएको देखिन्छ । उहाँले राष्ट्रलाई माया गरेको र निर्णायक घडीमा निकास दिन चाहेको प्रष्टै ढंगले नेपाली जनताले देखेका छन् ।
नयाँ शक्तिमा रहँदा बाबुराम भट्टराईमा कुनै राजनीतिक क्षमता पाउनुभयो ?
बाबुराम भट्टराई नितान्त प्राविधिक मान्छे रहेछन् । उनमा राजनीतिक क्षमता देखिएन । सांगठानिक क्षमता पनि देखिएन । उहाँ वैचारिक मान्छे त हुनुहोला तर वास्तवमा उहाँले राजनीतिक पार्टी खोलेर वा राजनीतिमा लागेर देशलाई उँभो लगाउन सक्नुहुन्न भन्ने प्रमाणित भएको छ । नयाँ शक्तिबाट उहाँले यसको प्रमाणित गरिदिनुभयो । नयाँ शक्तिलाई बनाउने भनेर हामी अभियानको रुपमा लागेका थियौं । तर, पार्टी बनाउन सकिएन र एउटा प्र ाइभेट लिमिटेडका रुपमा मात्र बाबुरामजीको पार्टी स्थापित भएर गयो । तसर्थ, मैले नयाँ शक्तिलाई कुनै पार्टीको हैसियतमा देखिनँ । उहाँहरुमा राष्ट्रियताप्रति जुन प्रेम र माया हुनुपथ्र्यो, त्यो पनि मैले देखिनँ । त्यसको प्रमाणको रुपमा तपाईंले मैले पार्टी छाडेकै दिन देख्नुभयो होला, हिसिला यमीजीले यो देशलाई खारेज गर्नुपर्छ भनेर नारा लगाइन् । हामीले यसको विरुद्धमा कारवाही हुनुपर्छ भनेर अभियान पनि चलाइरहेका छौं ।
बाबुराम भट्टराईलाई विभिन्न अपारदर्शी स्रोतबाट पार्टी चलाएको र देशी विदेशी संदिग्ध व्यक्तिहरुसँग संगत भएको र उनीहरुको एजेण्डामा हिँडेको भनेर पनि आरोप लाग्ने गरेको छ । यथार्थ त्यस्तै हो ?
मैले पनि त्यस्ता कुरा धेरै अनुभव गरें । त्यही कारणले मैले पार्टी छाडेको हुँ । मैले पार्टीभित्र फरक मत पनि राखेको थिएँ, दर्ता गरेको थिएँ । तर, छलफल नै गराइएन । म यतिबेला बाबुरामजीको आलोचना गर्न चाहन्न । किनभने मैले अहिले उहाँलाई छाडेर आइसकें । अब उहाँलाई शुभकामना दिन चाहन्छु कि उहाँले राष्ट्रप्रति प्रेम गर्न सकोस् । साँच्चै उहाँले राष्ट्रको माया गर्नुहुन्छ भने राष्ट्रियता जगाउने खालको राजनीति गर्नुहोस् । उहाँको फेरी पनि आलोचना गरेर म पुरानो राजनीतिक संस्कारलाई दोहो¥याउन चाहँदिन्न । उहाँले जुन एजेण्डा उठाएर माओवादी पार्टी खोल्नुभएको थियो, सबैभन्दा पहिला भारतको विरोध गर्ने रुपमा बाबुराम भट्टराईलाई चिनिन्थ्यो, अहिले पनि उहाँले त्यो झण्डा फेरी उठाउन सक्नुहोस् भन्न चाहन्छु ।
हिसिला यमीले सार्वजनिक माफी मागिसकेपछि पनि तपाईहरुले फेरि फेसबुकबाट किन आलोचना गरिरहनुभएको ?
देशको विरुद्ध बोल्नेहरुलाई छुट दिनु हुन्न । पहिले जे पनि बोल्ने र पछि माफी माग्दा हुने कदापि हुन सक्दैन । यो राष्ट्रको कुरा हो । माफी माग्दैमा नेपाली जनताले माफी दिन्छ भन्ने हुँदैन । उहाँले त सर्वोच्च अदालतसामु माफी माग्नुपर्छ । मैले पनि भोलि राष्ट्रहित विपरीत बोल्ने र भोलिपल्ट नै विज्ञप्ती निकालेर सामान्य रुपमा माफी दिन थालियो भने भोली जोसुकैले यसो गर्छन् । मान्छेले काम बिगारे कानुन बमोजिमअनुसार कारवाही हुनुपर्छ भन्ने हो ।
अबको राजनीतिक योजना के छ ?
हाम्रो पार्टीका अध्यक्ष विजय गच्छदारजीले मधेस तराई पहाड हिमालको जुन अभियान चलाउनुभएको छ, यो अभियानले साँच्चै राष्ट्रमा एउटा असल नेतृत्व भएको पार्टी जन्मिन्छ भन्ने आशा राखेका छौं । यो पार्टी हिजो मधेसी जनअधिकार फोरम थियो, मधेसमा जन्मिएको पार्टी थियो, अब भने राष्ट्रव्यापी रुपमा निर्माण हुँदैछ । यो पार्टी प्रति म विश्वस्त छु । गच्छदारजस्तो नेतृत्वलाई हामीले साँच्चै राष्ट्रको प्रमुख बनाउन सक्यौं भने भोलिका दिनमा राष्ट्रले नयाँ बाटो ल्याउनेछ भन्ने म आशा गर्दछु ।
तपाईले छोटो समयमै धेरै दल चहारिसक्नुभयो । पार्टीहरु पटक पटक फेरीरहनु पर्नाको कारण के होला ?
हामीकहाँ यो कुरा पछिल्ला दिनमा धेरै चलेको छ । साँच्चै एउटा पार्टीभित्र संघर्ष गर्दै म यहाँ आइपुगेको छु । यतिबेला ति पार्टीहरु गलत भए, म गलत भएको होइन । हिजो म संघीय समाजवादीमा थिएँ । अशोक राईको नेतृत्वमा साँच्चै एउटा जल्दोबल्दो पार्टी निर्माण गरिन्छ र देशमा उहाँलाई भरपर्दो नेता मानेर जान सकिन्छ भन्ने हिसाबले संघीय समाजवादी हामीले नै निर्माण गरेका थियौं । पछिल्ला दिनमा अशोक राई आफैंले मधेसमा पार्टीलाई खुम्च्याइदिनुभयो । त्यसपछि हामी त्यहाँ बस्ने अवस्था रहेन । हाम्रो नैतिकताले दिएन । समग्र नेपालीलाई समेट्न सक्ने पार्टी बन्नुपर्नेमा मधेसमा मात्रै केन्द्रीत भएपछि त्यो अवस्था रहेन । पछिल्लो चरणमा नयाँ शक्तिमा आएपछि पनि मैले विभिन्न समयमा विभिन्न ढंगले फरक मतहरु राखेको पनि तपाँइहरुले देखिराख्नु भएकै छ । मैले पार्टीभित्र करिब ६ महिना अन्तरसंघर्ष गरें । मैले पार्टीलाई सुधार्नुपर्छ भनें । तर पार्टी सुध्रिएन । त्यही अशोक राईको रोगले फेरी बाबुरामजीले पार्टीलाई मधेसमै खुम्च्याउन खोज्नुभयो । तराई पहाड हिमालको अभियान भन्नुभयो तर पार्टीलाइ भने मधेसमा मात्र सिमित गर्नुभयो । तराईमा मधेस अभियान गर्नुभयो भने पहाडमा आएर देशलाई खारेज गर भन्नुभयो र नारा लगाउनुभयो । त्यसैले मेरो धारणा हो पार्टी भनेको प्रालि हुनु भएन । देशहित विपरीत हुनु भएन । राष्ट्र भित्र रहेर देशहितका लागि राजनीति गरौं भन्ने नै लागेको हो हामीलाई ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply