बाबुरामसँग कोको बाँकी ?
काठमाडौं । एक्लिँदै गएका डा. बाबुराम भट्टराईलाई अहिले पनि केही व्यक्तिहरूले काँध थापिरहेका छन् । नयाँ शक्ति गठन हुँदाताका डा. भट्टराईलाई काँध थाप्नेमध्ये पहिलो लहरमै उभिएका देवेन्द्र पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधानलगायतले सो दल त्यागेर माओवादी केन्द्रमै फर्किने तयारी तीव्र पारिरहेका छन् । मधेसमा रहेर राजनीति गरिरहेका रामचन्द्र झा र रामकुमार शर्मा भने माओवादी केन्द्रमै केही दिनअघि मात्रै फर्किए ।
झा र शर्मालाई प्रवेश गराउने बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. भट्टराईसँग ज्ञान भए पनि बुद्धि भने नभएको लाञ्छना लगाउँदै उनी पनि माओवादीमै फर्किने बताएका थिए । तर, कुनै पनि शर्तमा माओवादीमा नफर्किने बताउँदै आएका डा. भट्टराईलाई भने आफ्नो पार्टीभित्र रहेका अधिकांश पूर्वमाओवादीले छाड्दै गइरहेका छन् ।
अहिले डा. भट्टराईलाई काँध थाप्नेहरूमा केही पूर्वमाओवादी, पूर्वप्रशासक, प्रहरी सेवाबाट निवृत्त भएका र अरू राजनीतिक दलले अस्वीकार गरेका व्यक्तिहरू मात्रै रहेका छन् । डा. भट्टराईलाई पत्नी हिसिला यमीले छाड्ने त कुरै भएन । हिसिलासँगै डा. भट्टराई प्रधानमन्त्री रहेका प्रमुख स्वकीय सचिव रहेका गंगानारायण श्रेष्ठले अहिले धेरै नै सघाइरहेका छन् । श्रेष्ठलाई त डा. भट्टराईले यति धेरै विश्वास गरेका छन् कि संगठन विभाग र कार्यालय सञ्चालनको जिम्मा नै उनलाई लगाएका छन् ।
डा. भट्टराईलाई नछाड्ने पूर्वमाओवादीका माथिल्लो तहका नेताहरू भने अब सीमित भएका छन् । उनलाई यमी, श्रेष्ठबाहेक देवेन्द्र पराजुली र कल्पना धमलालगायतले साथ दिइरहेका छन् । तर, पूर्वमाओवादीहरूको साथ, सहयोग टुट्दै गए पनि अरू राजनीतिक दलले भिœयाउन अस्वीकार गरेकाहरूले भने अचेल डा. भट्टराईलाई सघाउँदै आएका छन् । त्यसरी सघाउनेहरूमा पूर्वपञ्च परशुराम खापुङ, तत्कालीन राजा ज्ञानेन्द्रको पालामा शिक्षामन्त्री बनेका देवीप्रसाद ओझा, पूर्वडीआईजी गणेश राई, पूर्वएसएसपी ऋषभदेव भट्टराई र नारायण पाण्डे, भीमबहादुर कडायत, मदन राई, वीरेन्द्र पोखरेल, केशव दाहाल र डम्बर खतिवडालगायत रहेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply