18th July 2018, Wednesday

E-budhabar

भूमिगत शैलीमा साझाको बैठक



काठमाडौं । अख्तियार र शिक्षा मन्त्रालयको कर्के हेराइमा परेका साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थाको सञ्चालक समितिको बैठक भूमिगत शैलीमा गर्न थालेका छन् । आफू र मनोनीत सञ्चालकहरूले राजीनामा दिएको भन्दै उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई समेत बेवकुफ बनाउन सफल शर्माले सोमबार अनामनगरको एउटा रेस्टुरेन्टमा सञ्चालक समितिको बैठक सिध्याएका छन् ।
शिक्षा मन्त्रालयले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएपछि सो स्पष्टीकरण बुझाएलगत्तै अध्यक्ष शर्माले अनामनगरको युनियन हाउसमा साझाको बैठक राखेका हुन् । अध्यक्ष शर्माले आफूले राजीनामा दिए पनि मन्त्रीले स्वीकृत नगरेको गलत हल्ला चलाएपछि उनलाई तीन दिनभित्र स्पष्टीकरण दिन शिक्षा मन्त्रालयले पत्र काटेको थियो । सोमबार भने पुल्चोकमा साझा प्रकाशनको केन्द्रीय कार्यालय रहे पनि कर्मचारीहरूको प्रतिवाद सहनुपर्ने भएकाले उनले भूमिगत शैलीमा कार्यालय बाहिरै सञ्चालक समितिको बैठक राखेका हुन् ।
सो बैठकमा सञ्चालक दीनानाथ शर्मा र डा. विजय सुब्बा भने अनुपस्थित रहेका थिए । अध्यक्ष डोलिन्द्रका हरेक अनियमिततामा सघाउँदै आएका सञ्चालक शर्मा काठमाडौं बाहिर रहेका हुँदा बोर्ड बैठकमा अनुपस्थित रहेको बताइन्छ । सञ्चालक सुब्बा भने ‘साझा परिसरभन्दा बाहिर बस्ने बैठकमा नजाने’ अडान लिएर सो बैठकमा अनुपस्थित रहे । उक्त बैठकमा सञ्चालकहरू प्रदीप नेपाल, डा. कृष्णहरि बराल, जीवनचन्द्र कोइराला र हरिहर खनाल उपस्थित थिए ।
सोमबार दिउँसो १२ बजेदेखि बसेको बैठकमा साझाको अहिलेसम्मको सबै लेखा परीक्षण गराउने निर्णय भएको सञ्चालक जीवनचन्द्र कोइरालाले बताए । उनले भने, ‘१०–११ वर्षदेखि साझाको अडिट हुन सकिरहेको छैन । हामीले महाप्रबन्धकलाई आगामी तिहारसम्म अडिट सिध्याउन निर्देशन दिएका छौं ।’ यसैगरी, अध्यक्ष शर्माले जथाभावी रूपमा करारमा नियुक्त गरेका कर्मचारीहरूको नियुक्तिलाई पनि खारेज गर्ने निर्णय भएको सञ्चालक कोइरालाले बताए । उनले भने, ‘अब साझालाई चाहिने नयाँ कर्मचारीहरू विज्ञापन प्रकाशन गरेरै माग्ने निर्णय भएको छ ।’
यसैगरी, अवकाश पाएका कर्मचारीहरूले २० प्रतिशतमात्र तलब र उपदान पाएका हुँदा पूरा रकम कसरी दिने भन्नेबारे पनि छलफल भएको कोइरालाले बताए । उनले भने, ‘हामीले कर्मचारीहरूको असन्तुष्टिलाई सम्बोधन नगरी हुँदैन । कर्मचारीहरूलाई सन्तुष्ट नतुल्याएसम्म संस्था चल्न सक्दैन ।’

Leave a Reply

... र यो पनि ...

चक्रपथ

नेकपाको विधान र नियमावली पारित

महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विडम्बनाको पर्दाफास

हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा