25th June 2018, Monday

E-budhabar

मदन भण्डारी नभएको भए…



मदन भण्डारी नभएको भए…

नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीलाई महत्वपूर्ण विचारक र तेजस्वी नेताका रूपमा स्थापित गर्नमा नेकपा (एमाले)को पा“चौ“ महाधिवेशनले ऐतिहासिक र निर्णायक भूमिका खेलेको छ । म पा“चौ“ महाधिवेशनअघि र पछिका दिनहरू मात्र हैन विचारोत्तेजनक बहस र विवादले भरिएको महाधिवेशनका जीवन्त, उद्वेलित र रोचक क्षणहरूलाई जबजब सम्झन्छु तब–तब रोमाञ्चित हुन्छु ।
महाधिवेशनको अन्तिमतिर नेतृत्व निर्माण गर्ने बेलामा होस् या दस्तावेजहरूका बारेमा भइरहेको छलफलका सन्दर्भमा होस् पा“चौ“ महाधिवेशनमा आफै“ले अनुभव गरेका अनेकौ“ अविस्मरणीय क्षणहरू छन् ।
२०४९ साल माघमा भएको पा“चौ“ महाधिवेशनलाई आज ०६६ सालको जेठ महिनामा अर्थात् १७ वर्षपछि फर्केर हेर्दा त्यसले दुईवटा महत्वपूर्ण काम गरेको देख्छु म । पहिलो हो– नेपालको कम्युनिस्ट आन्दोलनलाई मात्र हैन समग्र नेपालको राजनीतिलाई प्रभावित पार्ने र नया“ दिशातर्फ मोड्ने क्षमता भएको मदन भण्डारी नामको नेता देशलाई पा“चौ“ महाधिवेशनले दियो भने त्यही महाधिवेशनले मदन भण्डारीले प्रस्तुत गरेको ‘जनताको बहुदलीय जनवादी कार्यक्रम’ पनि हामीलाई दियो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद यस्तो विचार बन्यो जसले नेपालको कम्युनिस्ट आन्दोलनका साथसाथै समग्र राजनीतिक आन्दोलनलाई समेत प्रभाव पा¥यो ।
नेपालको कम्युनिस्ट आन्दोलन आफ्नो स्थापनाकालदेखि नै लोकतान्त्रिक र नागरिक अधिकारहरूप्रति प्रतिबद्ध आन्दोलनका रूपमा देखाप¥यो । यसले गा“स, बास र कपासको कुरा मात्र एकोहोरो रूपमा उठाएन, रोजी–रोटीस“गस“गै लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रियताको प्रश्नलाई पनि आफ्नो अभियानको महत्वपूर्ण लक्ष्यका रूपमा निरन्तर अघि सारिरह्यो । त्यही भएर बहुदलीय व्यवस्थाको स्थापना र नागरिकहरूको हक–अधिकारका लागि नेपालको कम्युनिस्ट आन्दोलनले निरन्तर सङ्घर्ष गरिरह्यो । यसरी लोकतन्त्रका लागि सङ्घर्ष गरिरहे पनि नेपालको कम्युनिस्ट आन्दोलनले वैचारिक रूपमा आफ्नो विचार र सङ्गठनको लोकतान्त्रीकरणको काम भने राम्ररी अघि बढाउन सकेको थिएन । ‘सर्वहारा अधिनायकत्व’, माओत्सेतुङकालीन नौलो जनवाद र परम्परागत कतिपय रूढ मान्यताभन्दा माथि उठेर नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नै मौलिक मान्यता, विचार, नीति र कार्यक्रमहरूको रूपरेखा कोर्न सकेको थिएन ।
नेकपा (एमाले)को पा“चौ“ महाधिवेशन, त्यो महाधिवेशन थियो जसले नेपालको कम्युनिस्ट आन्दोलनमा व्याप्त रूढता, चिन्तनमा देखापरेका गतिहीनता, सङ्गठन प्रणाली र सञ्चालनमा रहिरहेको जडतालाई कठोर प्रहार ग¥यो र हल्ली–खल्ली मच्चाइदियो । पा“चौ“ महाधिवेशनका नायक कमरेड मदन भण्डारी हुनुहुन्थ्यो । पा“चौ“ महाधिवेशन अघिसम्म नेकपा (एमाले)का मात्र नेताका रूपमा परिचित मदन भण्डारी त्यसपछि सिङ्गै देशको अत्यन्त लोकप्रिय जनताको नेताका रूपमा स्थापित हुनुभयो ।
असल, सक्षम, निस्वार्थी र प्रभावकारी नेता यस्तो केन्द्र हो जसले निरन्तर पार्टीलाई शक्ति, प्रभाव र गति दिइरहन्छ । नेता असल, इमानदार र दूरदर्शी भयो भने उसको का“धले सिङ्गै पार्टीलाई उचालेर अघि लैजान्छ तर नेता इमानदार, दूरदर्शी र असल भएन भने ऊ स्वयम् पार्टीका लागि बोझ बन्न पुग्छ । मदन भण्डारी हु“दा यस्तो लाग्थ्यो– पार्टी उहा“स“गै बोलिरहेको छ, हि“डिरहेको छ र जनतालाई समेट्दै अघि बढिरहेको छ । कुनै नेताले पार्टीलाई आफ्नै का“धमा बोक्ने र हि“डाउने कुरा सहज र स्वाभाविक नभएर मनोगत धारणा जस्तो मात्रै पनि लाग्न सक्छ तर हामीले के बिर्सनुहु“दैन भने प्रभाव स्वयम् आफै“मा तनमा नभएर मन र मस्तिष्कमा पर्ने एउटा मनोवैज्ञानिक प्रक्रिया हो । कुनै पनि प्रभावशाली नेताले मान्छेलाई प्रभावित पार्नु भनेको उसको मन मस्तिष्कमा ठाउ“ बनाउनु नै हो । मान्छेको मन र मस्तिष्कलाई आफ्नो वजनदार तर्क र ओजिलो भाषणले प्रभावित पार्ने कुरामा मदन भण्डारीलाई उछिन्ने नेता अहिलेसम्म नेपालमा कोही देखापरेको छैन ।
नेपालको वामपन्थी आन्दोलनले बोक्दै आएको लोकतान्त्रिक सङ्घर्षको परम्परालाई सैद्धान्तिक वैचारिक अवधारणा र सङ्गठनात्मक जीवनमा समेत कार्यरूप दिने काम मदन भण्डारीको अभ्युदयभन्दा अघि हुनसकेको थिएन । मदन भण्डारीले आफ्ना विचारहरूलाई अघि सार्न आफ्नै पार्टीभित्र रहेको कट्टरपन्थता र रूढतास“ग निकै सङ्घर्ष गर्नुप¥यो । पा“चौ“ महाधिवेशनमा मदन भण्डारीले पाएको कार्यकर्ताको व्यापक समर्थनले पार्टीभित्र व्याप्त रूढतालाई चोटिलो प्रहार ग¥यो र त्यसले नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा निर्विवाद अगुवा राजनीतिक दलका रूपमा अघि बढ्न समेत मार्ग प्रसस्त ग¥यो ।
मदन भण्डारी नभएको भए के हुन्थ्यो ? म यो अनौठो, अप्ठ्यारो र अनुमानमा आधारित भएर उत्तर दिनुपर्ने प्रश्न बेलाबखत आफै“स“ग गर्ने गर्छु । यो प्रश्नका सम्भावित उत्तरहरू खोज्ने गर्छु ।
मदन भण्डारी नभएको भए सा“च्चै के हुन्थ्यो त ?
नेपालको कम्युनिस्ट आन्दोलनको आफ्नै लोकतान्त्रीकरणको प्रक्रिया सुरु हुने थिएन र नेकपा (एमाले) पनि अहिलेका विभिन्न अरू वाम समूह जस्तै परम्परागत कम्युनिस्ट समूहका रूपमा सीमित रहन सक्थ्यो । किनभने नेकपा (एमाले)ले आफ्नो राजनीतिक र साङ्गठनिक जीवनमा अङ्गीकार गरेको लोकतान्त्रिक आचरण र शैलीको व्यापक प्रशंसा भए पनि त्यसलाई आफ्नो पार्टी जीवनमा समेत व्यवहारमा प्रयोग गर्न अन्य वामपन्थी समूहको त कुरै छोडिदिउ“ आफूलाई लोकतान्त्रिक भनेर दाबी गर्ने अन्य समूहहरूले पनि अहिलेसम्म सकेका छैनन् ।
शान्तिपूर्ण जनसङ्घर्षद्वारा पनि राजनीतिक र आर्थिक–सामाजिक रूपान्तरण सम्भव छ भन्ने कुरा पा“चौ“ महाधिवेशनले अघि नसारेको भए माओवादीको उग्रवामपन्थ र हतियारलाई निर्णायक ठान्ने मनोग्रन्थीका विरुद्धको वैचारिक सङ्घर्ष भुत्ते हुन्थ्यो । मदन भण्डारीले ०४९ सालमा अघि सारेको जनताको बहुदलीय जनवाद त्यस्तो राजनीतिक राजमार्ग बन्यो जहा“ जङ्गलको बाटो लुक्दैछिप्दै जनयुद्धका नाममा हिंसा–हत्या मच्चाइरहेको अराजकतावादी माओवादी आज लुरु–लुरु हि“ड्न बाध्य बनेको छ ।
जनताको बहुदलीय जनवाद आज यस्तो सिद्धान्त बनेको छ, जसलाई चाहेर वा नचाहेर पनि स्वीकार्न नेपालका सबैजसो कम्युनिस्ट समूहहरू बाध्य छन् । संसद्लाई जनसङ्घर्ष, रूपान्तरण र जनताको शासनको महत्वपूर्ण ठाउ“का रूपमा अघि बढाउने मदन भण्डारीको नीति आज सबै वामपन्थीहरूले अङ्गालिरहेका छन् । यस तथ्यलाई कतिले मनले स्वीकारे पनि मुखले अस्वीकार गर्लान्, त्यो भिन्नै कुरा हो ।
नेपालको विशिष्ट परिस्थिति अर्थात् नेपालको आर्थिक–सामाजिक यथार्थ, यहा“को ऐतिहासिक विशेषता, आफ्नै मौलिक भौगोलिकता र जनताको मनोभावना नबुझी नक्कल गरिएका अन्य देशका नीति र कार्यक्रमका आधारमा क्रान्ति गर्न खोज्दा क्रान्ति हु“दैन, क्रान्तिका लागि नेपाली क्रान्तिकारीहरूले आफ्नै बुद्धिले आफ्नो मौलिक क्रान्तिको कार्यक्रम बनाउनुपर्छ । यस कुरामा कमरेड मदन भण्डारीले बारम्बार जोड दिनुभयो । ‘जनताको बहुदलीय जनवाद’को कार्यक्रम नेपाली विशेषतामा आधारित नेपाली नेता–जनताको क्रान्तिकारी आन्दोलनको अनुभवमा आधारित मौलिक कार्यक्रम थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनका धेरै घटकहरू अहिले पनि माओत्सेतुङले चीनको आफ्नो विशेषतामा प्रतिपादन गरेको नौलो जनवादको घेराभन्दा बाहिर निस्कन सकेका छैनन् । नेपालमा नौलो जनवादी क्रान्ति गर्ने भनेर एकीकृत नेकपा (माओवादी)ले माओत्सेतुङकै विचारलाई माओवाद भन्दै व्याख्या ग¥यो र चिनिया“ क्रान्तिको नक्कल गर्दै ‘दीर्घकालीन जनयुद्ध’ गर्ने भनेर देशमा हत्या–हिंसा मच्चायो । दश–बाह्र वर्षको हिंसात्मक सङ्घर्षपछि नसकेर माओवादी पुनः बन्दुक थन्क्याएर शान्तिपूर्ण राजनीतिमा आएको छ । माओवादीले हजारौ“ मानिसको रगत बगाएर, देशलाई ध्वस्त पारेर र आर्थिक–सामाजिक रूपले देशलाई दशकौ“ पछि धकेलेर पनि बन्दुकबाट जित्न नसक्ने जुन निष्कर्षमा पुग्न बाध्य भयो, नेकपा (एमाले) त्यो निष्कर्षमा एक दशकभन्दा अघि नै पुगिसकेको थियो ।
मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले) ले आफै“भित्रको जडतास“ग जुधेर आफ्नो जुन रूपान्तरण ग¥यो, त्यस रूपान्तरणलाई अस्वाभाविक र दक्षिणपन्थी प्रवृत्ति भनेर आलोचना गर्ने काम अहिले पनि अनेकौ“ वामपन्थी समूहहरूले गरिरहेका छन् । तर, तिनै वामपन्थी समूहहरू आफू भने जानीनजानी जनताको बहुदलीय जनवादले बनाएको कार्यनीतिक बाटोमा हि“डिरहेका छन् ।
मदन भण्डारी नभएको भए नेकपा (एमाले)ले ‘जनताको बहुदलीय जनवाद’ अघि सार्न सक्दैनथ्यो र आफूलाई अन्य परम्परागत वामपन्थी समूहहरू जस्तै पुरानै मान्यता र शैलीमा सीमित गरिरहेको हुन्थ्यो । मदन भण्डारी नभएको भए नेकपा (एमाले) आज जति विस्तारित नहुन सक्थ्यो, सरकार बनाउने नीति नलिएर सरकारको नेतृत्व नगर्न सक्थ्यो र उही पुरानै नौलो जनवादको घेराभित्र सीमित भइरहेको हुनसक्थ्यो । मदन भण्डारी नभएको भए नेकपा (एमाले)को नौ महिने सरकार नबन्न सक्थ्यो ।
कुनै पनि पार्टीको निर्माण, त्यसको विकास, लोकप्रियता र अग्रगतिका लागि एउटा ऊर्जावान्, गतिशील, दूरदर्शी र योग्य नेताको समेत महत्वपूर्ण र निर्णायक भूमिका हुन्छ भन्ने तथ्यलाई नेकपा (एमाले)मा कमरेड मदन भण्डारीले खेल्नुभएको भूमिकाले सावित गरेको छ ।
वैचारिक स्पष्टता कुनै पनि पार्टीको लागि अ“ध्यारोमा बालिएको ‘टर्चलाइट’को उज्यालो जस्तै हुन्छ । पार्टीमा वैचारिक अस्पष्टता रह्यो भने त्यो अलमलमा पर्छ र गतिशील रूपमा अघि बढ्न सक्दैन । त्यसैले पार्टीको सिद्धान्त र विचार त्यस्तो मियो हो जसले सम्पूर्ण पार्टीलाई एकताबद्ध पार्छ र अघि बढ्न सघाउ“छ । अ“धेरी रातमा पनि जसरी टर्चलाइटको उज्यालोमा हामी साना–साना गोरेटाहरू हि“डेर अघि बढ्न सक्छौ“ त्यसरी नै सैद्धान्तिक–वैचारिक स्पष्टताले हामीलाई हाम्रो राजनीतिक मोड र अप्ठ्याराहरूमा सही ढङ्गले बाटो पहिल्याउन मद्दत गर्छ । मदन भण्डारीको विशेषता यही स्पष्टता थियो । उहा“मा आफ्ना लक्ष्य, विचार र कामलाई लिएर कहिल्यै द्विविधा देखि“दैन थियो । रणनीतिक र कार्यनीतिक रूपमा प्रस्टता हुन्थ्यो । रणनीतिअनुरूप कार्यनीति बनाउने र कार्यनीतिलाई रणनीतिको अधीनमा राखेर रणनीतिस“ग जोड्ने खुबी उहा“मा थियो । त्यसैले उहा“को नेतृत्वकालमा पार्टी कहिल्यै अलमलमा परेन ।
आफ्ना विचार ठीक छन् भने तिनको कार्यान्वयनका लागि बहस र विवादमा हेलिने, तर्कले अरूको चित्त बुझाउन खोज्ने र खतरा पनि मोल्न तयार हुने हिम्मत मदन भण्डारीमा थियो । स्पष्टता, आ“ट र खुलापन मदन भण्डारीको स्वभावका विशेषता थिए । उहा“मा विचारको प्रस्टताका साथसाथै आफ्ना विचारलाई तर्क र प्रवाहपूर्ण शैलीमा अभिव्यक्त गर्न सक्ने आफ्नै विशिष्ट खुबी पनि थियो । महत्वपूर्ण विशेषताहरूको समष्टिले नै कुनै पनि व्यक्तिको विशिष्टताको निर्माण गर्छ । नेपालका समकालीन नेताहरूमा मदन आफ्नै विशेषताहरूका कारणले विशिष्ट बनेर अरूभन्दा अग्लो देखिनुहुन्यो । उहा“को उचाइ स्वनिर्मित थियो, स्वतः स्वीकार्य र मोहक थियो । त्यसैले मदन भण्डारी नहु“दा नेकपा (एमाले) र देशले जुन रिक्तताको अनुभव गरेको छ त्यस रिक्ततालाई भर्न आजसम्म कसैले सकेको छैन ।
मृत्यु जीवनको अभिन्न सत्य हो । त्यो जन्मस“गै गा“सिएर आउ“छ र त्यसलाई पन्छाउन सकि“दैन । हामी चुक्चुकाउने एउटै मात्र कारण छ– त्यो हो मदन भण्डारीले आफ्नो जीवन पूरै जीउन पाउनुभएन । उहा“लाई आफ्नो सम्पूर्ण जीवन बा“च्न दिइएन र हाम्रा बीचबाट बलात् खोसियो । आफ्नो राजनीतिक जीवनको उत्कर्ष, वैचारिक प्रखरता र परिपक्वताको चरणमा पुगेर नया“–नया“ विचारहरूको प्रतिपादन गर्दै पार्टीलाई वैचारिक एवम् सङ्गठनात्मक रूपमा नया“ ढङ्गले अघि बढाइरहेका बेला उहा“लाई हामी बीचबाट खोसियो ।
कमरेड मदन एउटा यस्तो नायक हुनुहुन्थ्यो जसले आफ्नो नायकत्वको सम्पूर्ण क्षमता नेपाली जनताका लागि खर्चने पूर्ण अवसर पाउनै सक्नुभएन । नेपाली समाज, नेपाली जनजीवन र नेपाली राजनीतिले साहसी र दूरदर्शी राजनेताको आवश्यकताबोध गरेको बेलामा मदन कमरेडको अवशान भयो । उहा“ नभएपछि रिक्त रहेको नेपालको राजनीतिको त्यो रिक्तता अहिलेसम्म जस्ताको तस्तै छ । त्यसैले त्यो रिक्तताबोधको अनुभूति निरन्तर नमिठो ढङ्गले भैरहन्छ ।
तर, जीवन त जीवन नै हो, संसार त संसार नै हो । त्यो आफ्नै गतिमा चलिरहन्छ । यो गतिमय संसारमा बा“चिरहेका हामीले बा“च्ने र राजनीति गर्ने जीवन्तता कमरेड मदनबाट सिक्न सक्यौ“ भने त्यो आफ्नै लागि पनि एउटा उपलब्धि हुनेछ । 

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा