18th January 2018, Thursday

E-budhabar

मधेसका किन खुम्चियो वाम गठबन्धन ?



काठमाडौं । सिंगो देशलाई वाम गठबन्धनको विजयी लहरले घप्लक्कै ढाके पनि प्रदेश नम्बर २ मा भने वाम गठबन्धन अनपेक्षित रूपमा खुम्चिन पुगेको छ । नेपाली कांग्रेसले समेत घाटा बेहोर्नुपरेको सो प्रदेशमा एमाले र माओवादी केन्द्रले अपेक्षा गरेअनुरूप सफलता पाउन नसकेपछि किन सो प्रदेशमा वाम गठबन्धनले बाजी मार्न सकेन भन्ने प्रश्न उठ्न पुगेको छ ।
२ नम्बर प्रदेशमा मधेसकेन्द्रित राजनीति गर्दै आइरहेका संघीय समाजवादी फोरम र राजपाले तुलनात्मक रूपमा धेरै सिटमा विजयी हासिल गरी सफलताको झन्डा फहराउन पुगेका छन् । कुल ३२ सिट रहेको सो प्रदेशमा समाजवादी फोरमले नौ सिट र राजपाले नौ सिटमा विजय प्राप्त गरी अग्रता कायम गरेको छ । तेस्रो शक्तिका रूपमा कांग्रेस देखा परेको छ । कांग्रेसले ६ सिटमा जितेको छ । माओवादी केन्द्रले ५ र एमालेले २ सिटमा जितेको छ । सर्लाही–४ को परिणाम आउन बाँकी छ ।
प्रदेशमा पनि समाजवादी फोरम र राजपाकै अग्रता छ । वाम गठबन्धनले भने प्रदेशसभामा सो प्रदेशमा एमालेले १३ र माओवादी केन्द्रले ६ स्थानमा जितेका छन् । प्रदेशसभाको परिणाम हेर्दा समाजवादी फोरम र राजपा मिल्दा सो प्रदेशमा उनीहरूले नै सरकार गठन गर्ने सम्भावना देखिएको छ । जसमा फोरमले २० र राजपाले १४ स्थानमा जितेका छन् भने कांग्रेसको आठ स्थान रहेका छन् । दुई स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेशसभामा भने एमाले र राजपाको करिबकरिब बराबरी सिट आएको छ ।
स्थानीय तहको निर्वाचनदेखि नै वर्चस्व राख्दै आएको मधेसी दलहरूले यसपटकको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक शक्तिहरूविरुद्ध आक्रमक रूपमा आफूलाई पेस गरेको हुँदा चुनावी सफलता मिलेको देखिएको छ । मधेसका जनताको ‘सेन्टिमेन्ट’ तान्न राजपा र समाजवादी फोरमले अथक प्रयत्न गरे पनि वाम गठबन्धन र कांग्रेसका उम्मेदवारहरूले भने चुनावमा सहज रूपमा भाग लिएको थियो । चुनावको बेला मधेसी दलहरूले मधेस आन्दोलनका क्रममा राज्यद्वारा भएका ज्यादतीको भिडियो गाउँगाउँमा लगेर प्रदर्शन गर्ने र दमन गरिएका तस्बिरहरूको पोस्टर बनाएर मतदाताहरूका घरका भित्ताभित्तामा टाँस्ने काम गरेर मतदातालाई प्रभावित पारेका थिए । २०६४ को मधेस आन्दोलनमा सहिद भएकाहरूका साथै त्यसयताका मधेस आन्दोलनका तस्बिरहरूको पोस्टर बनाएर मतदातालाई आतंकित पार्ने कार्यमा मधेसी दलहरू लागे । यसले पनि उनीहरूलाई सफलता मिलेको देखिएको छ ।
मधेसी दलहरू सुरुदेखि नै वाम गठबन्धनविरुद्ध आक्रमण रूपमा पेस हुन पुगे । आफ्नो प्रभाव क्षेत्रमा उनीहरूले मतदातालाई आकर्षित गर्न सम्पूर्ण शक्ति लगाए, आर्थिक परिचालन पनि व्यापक रूपमा गरे । मधेसका ग्रामीण इलाकाहरूका विपन्न र दलित बस्तीहरूमा त खसी, कुखुरा, बंगुर र राँगाका मासु वितरण गरेरसमेत मधेसी दलहरूले मतदाताहरूलाई आकर्षित तुल्याएका थिए ।
तर, वाम गठबन्धनका उम्मेदवारहरूले भने मधेसी दलहरूले जनताबीच पारेको भ्रम र प्रभावलाई चिर्न सकेनन् । न त वाम गठबन्धनका उम्मेदवारले मतदातालाई भ्रमित पार्ने कुनै प्रचार शैली नै अपनाए, न त पैसाको खोलो नै बगाए । मधेसी दलहरूको आक्रामक प्रचारशैली, व्यापक आर्थिक परिचालन र मतदातामा फैलाएको भ्रमकै कारण उनीहरूले सफलता पाए र वाम गठबन्धनले अपेक्षा गरेअनुसार सफलता पाउन सकेनन् ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

मौका छोपेर कर्मचारीलाई स्थायी

काठमाडौं । लुम्बिनी विकास कोषमा सदस्य–सचिव नभएको मौका छोपेर कामु सदस्य–सचिवले जथाभावी रूपमा कर्मचारीहरूलाई स्थायी गराउने तयारी थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

नारी संवेदनाको आसपास

पुरुषहरूको वर्चस्व रहेको समाजमा नारीले अनेक पीडा, उत्पीडन र संकटहरू बेहोर्नु आमनियतिजस्तै बन्न पुगेको छ । प्राचीन समाजभन्दा भिन्न सामन्ती समाजमा नारीले पुरुषवादी मानसिकता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा