18th July 2018, Wednesday

E-budhabar

मन्त्रिपरिषद्मा बाँस्कोटा प्रभावी



मन्त्रिपरिषद्मा बाँस्कोटा प्रभावी

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा २४ जना मन्त्री छन् । दुई वा सोभन्दा बढी मन्त्री भइसकेका अनुभवीहरूको पनि कमी छैन यो मन्त्रिपरिषद्मा । त्यो हिसाबले पनि मन्त्रिपरिषद्मा अनुभवी मन्त्रीहरूको प्रभाव बढी हुनुपर्ने हो । तर, यो मन्त्रिपरिषद्मा पहिलोचोटि मन्त्री भएका र पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा उदाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रभावी भएका छन् । प्रधानमन्त्रीको मुख्य विश्वास पनि मन्त्री बाँस्कोटामाथि नै भएको बताइन्छ ।
मन्त्रिपरिषद्ले गर्ने निर्णय प्रक्रियामा बाँस्कोटा बढी हावी देखिने मन्त्रिपरिषद्का एक सदस्यले बताए । मन्त्री बाँस्कोटा प्रभावी बनेका एकदुईवटा उदाहरण पनि ती मन्त्रीले सुनाए । केही दिनअघि नेपाल प्रहरीको एआईजी दरबन्दी कटौतीसम्बन्धी प्रस्तावमाथि मन्त्रिपरिषद् बैठकमा घनीभूत छलफल चलिरहेको थियो । कतिपय विषयमा कुनै निर्णय गर्नुअघि मन्त्रिपरिषद्अन्तर्गतका विषयगत समितिमा त्यस्ता प्रस्ताव पठाउने चलन हुन्छ । मन्त्रिपरिषद्अन्तर्गत प्रधानमन्त्रीको संयोजकत्वमा राजनीतिक समिति, रक्षामन्त्रीको संयोजकत्वमा प्रशासानिक समिति, गृहमन्त्रीको संयोजकत्वमा सामाजिक समिति, अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक, पूर्वाधार समिति र कानुनमन्त्रीको संयोजकत्वमा विधेयक समिति रहेका छन् । बैठकको छलफलकै क्रममा धेरैजस्तो मन्त्रीहरूले एआईजी दरबन्दी कटौतीको उक्त प्रस्ताव पनि विषयगत समिति (प्रशासन समिति) मा पठाउनुपर्ने धारणा राखे । तर, मन्त्री बाँस्कोटाले त्यो गर्न नहुने धारणा राखे । उक्त प्रस्ताव अब विषयगत समितिमा पठाउँदा आफूहरूको काम नै प्रहरी अधिकृतका आफन्तहरूलाई भेट्दैमा बित्ने, बिहानबेलुकी चलखेलका लागि नेतादेखि मन्त्रीहरूकोमा भीड बढ्ने भएकाले यसलाई टुंग्याउनुपर्ने र तीन जना मात्र एआईजी राख्ने प्रस्ताव त्यही बैठकबाट टुंगो लगाउनुपर्ने धारणा मन्त्री बाँस्कोटाले जोडका साथ बैठकमा राखे । मन्त्री बाँस्कोटाका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले उनका कुरामा समर्थन जनाए । र, एआईजी दरबन्दी कटौतीको प्रस्ताव त्यही बैठकले पारित ग¥यो । अरू मन्त्रीहरू हरेको हे¥यै भए ।
विभिन्न मन्त्रालयबाट प्रधानमन्त्रीकोमा दिनहुँ दर्जनौं फाइलहरू आएका हुन्छन् । प्रधानमन्त्रीले ती सबै फाइल अध्ययन गर्नुपर्छ । अध्ययन गरिसकेपछि कुन फाइललाई मन्त्रिपरिषद्को बैठकमा एजेन्डा बनाउने हो त्योअनुसार प्रधानमन्त्रीबाट मुख्य सचिवलाई निर्देशन दिइएको हुन्छ । तर, मन्त्रिपरिषद् स्रोतका अनुसार कतिपय ती फाइल अध्ययन गर्न प्रधानमन्त्रीले मन्त्री बाँस्कोटालाई नै दिने गरेका छन् । मुख्यतः मुख्यसचिव प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छ । अरू मन्त्रीसँग मुख्यसचिवको कुनै प्रत्यक्ष सरोकार हुँदैन । तर, प्रधानमन्त्रीले मन्त्री बाँस्कोटालाई बढी विश्वास गरेको र आफ्ना कतिपय जिम्मेवारी पनि दिएकाले हुन सक्छ मुख्यसचिव सञ्चार मन्त्रीकोमा बाक्लै पुग्ने गरेका हुन्छन् । वरिष्ठ मन्त्रीहरूलाई थाहै नभएका कतिपय कुरा पहिल्यै मन्त्री बाँस्कोटाले थाहा पाइसकेका हुन्छन् । यसले पनि मन्त्री बाँस्कोटाको प्रभाव बढी गरेको चर्चा अरू मन्त्रीहरूबीच चल्ने गरेको छ ।
पहिलोचोटि सांसद निर्वाचित उनलाई विश्वास गरेरै प्रधानमन्त्री ओलीले सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए । पछि उनलाई सोही मन्त्रालयको ‘फुल’ मन्त्री बनाइएको थियो ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

नेकपाको विधान र नियमावली पारित

महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विडम्बनाको पर्दाफास

हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा