मन्त्रीले पेलेपछि घरमै आराम
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि औंला उठाए पनि अझैसम्म नेतृत्वले त्यसलाई टेरपुच्छर लगाइरहेको छैन । राष्ट्र बैंकको नेतृत्वको असक्षमताकै कारण पछिल्लो समय बैंक तथा तथा वित्तीय संस्थाहरूको अनुगमन तथा निरीक्षण कार्य पातलिएपछि अर्थमन्त्रीले औंला उठाउन पुगेका हुन् ।
केही दिनअघि, राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी बैंकबीचको मर्जरको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरहरूप्रति लक्षित गर्दै भने, ‘विश्वको वित्तीय प्रणालीमा फेरि एकपटक संकट आउन सक्ने देखिएको छ । त्यसका लागि हामी अहिलेदेखि नै सचेत हुनुपर्छ । तर, त्यसका निम्ति केन्द्रीय बैंक सचेत देखिएको छैन । केन्द्रीय बैंक झन्झन् कमजोर बन्दै गएको छ । पछिल्लो समय बैंकहरूको नियमनका देखिएको कमजोरीले पनि त्यही कुराको संकेत गर्दछ ।’
अर्थमन्त्री डा. खतिवडाले ‘राष्ट्र बैंकलाई कारबाही गर्ने अधिकार अर्थ मन्त्रालयसँग छ भन्ने कुराको हेक्का राष्ट्र बैंकको नेतृत्वले राख्नुपर्छ’ भनेर पनि सो कार्यक्रममा बोलेका थिए । गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यशैलीप्रति चित्त नबुझेर नै अर्थमन्त्री राष्ट्र बैंकको नेतृत्वमाथि खनिएको बताइन्छ । यसअघि, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरूमाथिको कारबाहीको फाइल लुकाउन काम भएको खुलासा गरेका थिए । डेपुटी गभर्नर सिवाकोटीले राष्ट्र बैंकका कर्मचारीहरूबाटै त्यस्तो कार्य भएको संकेत गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरूमाथिको नियमन तथा निरीक्षण कार्य पछिल्लो समय कम हुँदै गएपछि त्यसप्रति अर्थमन्त्री असन्तुष्ट रहेको बताइन्छ । पहिला सबै बैंक तथा वित्तीय संस्थाहरूमाथि नियमित रूपमा नियमन हुने गथ्र्यो तर डा. नेपाल गभर्नर भएपछि भने नियमन कार्य कम हुँदै गएको छ । असार मसान्त आउनै लाग्दासमेत एक तिहाइ पनि बैंक तथा वित्तीय संस्थाहरूको नियमन हुन सकेको छैन । राष्ट्र बैंकको नेतृत्वले नै नियमनमा बेवास्ता गरेको हुँदा यस्तो स्थिति आएको बताइन्छ ।
डा. नेपाल गभर्नर भएर आएपछि नियमन कार्यले सुस्तता लिएको हो । डा. नेपाल गभर्नर भएपछि नियमन कार्यलाई गति दिँदा कतिपय बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गर्नुपर्ने, कारबाहीमा जाँदा माथिल्लो तहबाट दबाब आउने र आफ्नै आसेपासेहरूलाई कारबाही गर्नुपर्ने देखिएकाले नियमन प्रक्रियालाई फितलो बनाएको बताइन्छ । वर्तमान अर्थमन्त्री तथा तत्कालीन गर्भनर डा. खतिवडाका पालामा बैंक तथा वित्तीय संस्थाहरूको नियमनमा जाने राष्ट्र बैंकका कर्मचारीहरू आचारसंहितामा बाँधिएका थिए । त्यतिबेला नियमनमा जाने कर्मचारीहरूले चिया र पानीबाहेक अरू खाँदैनथे । तर, अहिले भने नियमनमा जाने कर्मचारीहरूलाई बैंकहरूले पाँचतारे होटलको खाजाको व्यवस्था गर्ने गरिएको बताइन्छ । कर्मचारीहरूले पनि बैंकबाट राम्रो सत्कार र आतिथ्य पाउने गरेको हुँदा नियमन झनै फितलो बन्दै जान थालेको बताइन्छ ।
राष्ट्र बैंक नेतृत्वले नियमन कार्यलाई फितलो बनाएपछि त्यसप्रति अर्थमन्त्री डा. खतिवडा असन्तुष्ट मात्र बनेका छैनन्, गभर्नर नेपाललाई अप्रत्यक्ष रूपमा जिम्मेवारीबाट मुक्त हुन दबाब पनि दिइरहेको बताइन्छ । अर्थमन्त्रीको दबाब थेग्न नसकेपछि गभर्नर डा. नेपाल अचेल राष्ट्र बैंकमा पूरा समय बस्ने गरेका छैनन् । उनी बिहान आएर हाजिर हुने र त्यसपछि दिनभरि घरमै गएर आराम गर्ने गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply