महँगा आयोजनाचाहिँ चिलिमेको भागमा
काठमाडौं । केही वर्षपूर्व पूर्वाधारका हिसाबले निर्माण कार्य चाँडै सकिने अरुण (चौथो) दिन अस्वीकार गरेको ऊर्जा मन्त्रालयले चिलिमे जलविद्युत् कम्पनीलाई ५ सय ८५ मेगावाट क्षमताको दुई आयोजनाको अनुमतिपत्र भने दिएको छ । चिलिमेले अनुमतिपत्र पाएको बूढीगण्डकी प्रोक र सेती नदी तेस्रो जलविद्युत् आयोजना निर्माणका हिसाबले अरू आयोजनाभन्दा महँगोसमेत पर्ने देखिएको छ ।
केही दिनअघि मात्रै ऊर्जा मन्त्रालयले ४ सय २० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक जलविद्युत् आयोजना र १ सय ६५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाको लाइसेन्स दिएको छ । यी आयोजनामा बूढीगण्डकी गोरखा र सेती नदी तेस्रो बझाङ जिल्लामा पर्दछ । तर, यी दुवै आयोजनाको अध्ययन अनुमति चिलिमेलाई दिए पनि अरू आयोजनाभन्दा जटिल र महँगो पर्ने देखिएको छ । किनकि, यी दुवै आयोजनाको पूर्वाधार निर्माणमा सहजता नरहेको बताइन्छ ।
गोरखा जिल्लामा पर्ने बूढीगण्डकी प्रोकको प्रसारण लाइन नै ९० किलोमिटर निर्माण गर्नुुपर्ने बताइन्छ । उक्त आयोजनास्थलमा पुग्ने सडक ४० किलोमिटर बनाउनुपर्ने हुन्छ । सेती नदी तेस्रोको त प्रसारण लाइन कहाँ जोड्ने भन्ने नै टुंगो छैन । तर, नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत सेयर रहेको चिलिमेले यसअघि पनि केही आयोजना समयमै निर्माण गरेको हुँदा यी दुई आयोजनालाई पनि अघि बढाउने गरी अध्ययन अनुमति लिएको हो । यी दुई आयोजना निर्माण गर्न चिलिमेले फरकफरक कम्पनी बनाएर कार्य अघि बढाउने बताएको छ ।
पूर्वाधारका हिसाबले शून्य रहेको बूढीगण्डकी प्रोक र सेती नदी तेस्रोको अनुमतिपत्र चिलिमेले पाए पनि अरुण चौथो जलविद्युत् आयोजना निर्माणका लागि केही वर्षअघि अनुमति माग्दा भने ऊर्जा मन्त्रालयले निर्माण अनुमति दिन अस्वीकार गरेको थियो । २ सय ६४ मेगावाट क्षमताको अरुण चौथोको आयोजनास्थलसम्म प्रसारण लाइन र सडकसमेत पुगिसकेको हुँदा निर्माण कार्य चाँडै सम्पन्न हुने भएकाले चिलिमेले मन्त्रालयसँग अनुमति मागेको थियो । तर, तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको कार्यकालमा चिलिमेले मन्त्रालयलाई पत्र लेखे पनि मन्त्रालयले सिधै अस्वीकार गरेको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply