मानमर्दन भएपछि कर्मचारीको चेतावनी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वैच्छिक अवकाशमा जाने कर्मचारहिरूलाई रोक्न कदम चाल्ने संकेत दिए पनि मन्त्रीकै दल नेकपा (एमाले) निकट कर्मचारीहरूको संगठनले भने आपत्ति जनाउन छाडेको छैन । मन्त्री पण्डितले अवकाशमा जान चाहेका कर्मचारीहरूलाई रोक्ने आशय पटकपटक व्यक्त गर्दै आएका छन् ।
तर, नेपाल निजामती कर्मचारी संगठनले भने ‘कानुनी रूपमा सरकारबाट अगाडि बढाइएको कर्मचारी स्वेच्छिक अवकाशको कार्यक्रमलाई उपयुक्त विधिबाट निष्कर्षमा पु¥याई कार्यान्वयन गर्न’ भन्दै सरकारसँग माग गरेको छ । पछिल्लो समय स्वैच्छिक अवकाशमा जान चाहने कर्मचारीका विषयमा मन्त्री पण्डितले बोलेपछि त्यसले कर्मचारी वृत्तमा हल्लाखल्ला नै मच्चाएको थियो । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले कर्मचारीहरूका निम्ति स्वैच्छिक अवकाशको प्याकेज घोषणा गरेपछि यसअघि नै ९ हजार ६ सय ९६ जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि आवेदन दिएका थिए । तर, मन्त्री पण्डित नै स्वैच्छिक अवकाशको विपक्षमा उभिएको हुँदा स्वैच्छिक अवकाशको विषय त्यत्तिकै अल्झिएर बसेको छ । मन्त्री पण्डितले स्वैच्छिक अवकाशबारे बोल्दै हिँडे पनि सोसम्बन्धी निर्णय भने मन्त्रिपरिषद्बाट भइसकेको छैन ।
निजामती कर्मचारीले मन्त्री पण्डितको बोली र कर्मचारीलाई कार्यक्षेत्रमा खटाउने विषयमा दिइएका अभिव्यक्तिलाई लिएर आमकर्मचारीको भावनामा चोट पुगेको निष्कर्ष पनि निकालेको छ । संगठनले भनेको छ, ‘निजामती सेवा सरकारको स्थायी संयन्त्र हुनुका साथै संवेदनशील र बृहत् क्षेत्र पनि हो । निजामती क्षेत्रमा कार्यरत आमकर्मचारीहरूको मनोबल उच्च नबनाई मुलुकले चाहेको लक्ष्य हासिल गर्न सक्दैन । निजामती कर्मचारीसँग सरोकारित विषयमा सरोकारवाला पक्षसँग वार्ता, संवाद र छलफलको माध्यमद्वारा निष्कर्षमा पुग्न नेपाल सरकारसँग माग गर्दछौं ।’
सरकारले विधिपूर्वक खटाएको तह र कार्यालयमा गई कार्यसम्पादन गर्ने कुरामा आफूहरूमा कुनै द्विविधा नरहेको भन्दै कर्मचारीहरूले मन्त्री पण्डितलाई चेतावनीसमेत दिएको छ । सरकारका जिम्मेवार व्यक्तिहरूबाट राष्ट्रसेवकलाई होच्याउने र मानमर्दन हुने गरी अभिव्यक्ति नदिई कर्मचारीहरूलाई उत्प्रेरित गराई काम काज गर्ने, गराउने वातावरण बनाउन पनि निजामती कर्मचारीहरूले सरकारसँग माग गरेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply