मुख्यमन्त्रीका लागि यतिसम्म हर्कत !
काठमाडौं । नेकपा (एमाले) बाट निर्वाचित भएका प्रदेशसभाका केही सांसदहरूले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा दाबी गर्दै प्रचार गर्न थालेपछि पार्टीको पद्धति र विधिलाई नै धज्जी उडाइएको टीकाटिप्पणी हुन थालेका छन् । एमालेले कसरी र कुन विधिबाट मुख्यमन्त्रीको टुंगो लगाउने भन्ने ठोस नीति नबनाउँदै प्रदेशसभामा जितेका केही नेताहरूले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा उभ्याएपछि त्यसले अन्योल सिर्जना गरेको छ ।
मुख्यमन्त्रीका रूपमा एमालेका जिम्मेवार नेतादेखि केही वर्षअघि मात्र एमालेमा प्रवेश गरेर सांसद भएकासम्मले दाबी गर्न थालेका छन् । मुख्यमन्त्रीका लागि सम्भावित केही नेताले परिपक्वता देखाए पनि केही नेताले ‘म नै मुख्यमन्त्री हुँ’ भन्न थालेपछि त्यसले भ्रम सिर्जना हुन पुगेको छ । मुख्यमन्त्रीमा दाबी गर्ने सांसदहरू प्रायः सबै प्रदेशमा रहेको देखिन्छन् । तर, ३ नम्बर प्रदेशमा भने धेरै सांसदले दाबी गरेका छन् । त्यसमध्ये केही सांसदले त खुलेआम मिडियाहरूमा अन्तर्वार्तासमेत दिएका छन् ।
यसरी मुख्यमन्त्रीको स्वघोषित दौडमा सामेल भएकाहरुले अनेक अराजनीतिक कुरा समेत गर्दै आएका छन् । कुनै सांसदले आफू मुख्यमन्त्री बनेपछि मात्र बिहे गर्ने कुरा सार्वजनिक रूपमै गरेका छन् भने कोहीले आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको छोरा तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मीत भएको बताएर भावनात्मक रूपमा ‘ब्ल्याकमेलिङ’ गरेको पाइन्छ ।
केही नेताले मात्र मुख्यमन्त्रीको दौडमा परिपक्वता देखाएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आधिकारिक रूपमा पार्टीले निर्णय नगरेसम्म मुख्यमन्त्रीको दाबी गर्दै नहिँड्ने बताइसकेकी छन् भने सचिव भीम आचार्यले पनि पार्टीले टुंग्याएपछि मात्र यो विषय आधिकारिक हुने बताएका छन् ।
पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, यमलाल कँडेल, शेरधन राई, राजेन्द्रप्रसाद पाण्डे, सानुकुमार श्रेष्ठ, केशव स्थापित, माधव पौडेल, पशुपति चौलागाईं, कैलाश ढुंगेललगायतले भने चुनाव प्रचारप्रसारकै क्रममा आफूलाई भावी मुख्यमन्त्रीका रूपमा अगाडि सार्दै आएका थिए । अहिले पनि केही प्रदेशमा मुख्यमन्त्रीमा आफू नै हुने प्रचारबाजी ती सांसदहरूले गर्दै आएका छन् । अझ ७ नम्बर प्रदेशमा त सांसद बन्ने कुनै टुंगो नलाग्दै कर्णबहादुर थापाले आफन्त र शुभेच्छुकहरूबाट मुख्यमन्त्रीका लागि बधाईसमेत थापिसकेका थिए । उनले भोजसमेत ख्वाइसकेको बताइन्छ । सो प्रदेशबाट महिला सांसदको संख्या पु¥याउनुपर्ने भएको हुँदा उनी सांसद हुनबाटै वञ्चित भए ।
त्यसो त मुख्यमन्त्रीका लागि एमाओवादीसँग कुनकुन प्रदेशमा भागबन्डा गर्ने, पहिला प्रदेशको संसदीय दल गठन गरेर त्यसले टुंग्याउने वा स्थायी समितिले मुख्यमन्त्रीको उम्मेदवार तोक्ने भन्नेबारे समेत एमालेले केही प्रस्ट गरिसकेको छैन ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply