म अरू उम्मेदवारभन्दा निकै अगाडि छु
० कमलामाई नगरपालिकामा स्थानीय निर्वाचनको चुनावी गतिविधि कसरी अघि बढेको छ ?
– जुन दिनबाट मलाई हाम्रो पार्टी नेकपा (एमाले) ले सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा अघि सा¥यो, त्योभन्दा पछाडि यो कमलामाई नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर १ बाट कार्यक्रम सञ्चालन भयो । लगभग अहिलेसम्मको अवस्थामा म १२ वटाजति वडा घुमिसकेको छु । म नगएका वडाहरूमा पनि कार्यकर्ताहरू गएर अहिलेको अवस्थामा निर्वाचनको आवश्यकता छ, स्थानीय निकायमा जनप्रतिनिधिविहीन भएर भूकम्पपीडितले राहत नपाउने, जनताका प्रत्यक्ष सरोकारका विषयमा काम नउठ्नेलगायतका जुन अवस्था सिर्जना भएको छ, त्यसलाई चिर्न हामीले चुनावी अभियानसँगै यो एजेन्ड जनतासमक्ष लिएर गएका छौं । यो अभियान तीव्रताका साथै १४ वटै वडामा प्रचारप्रसार समिति, जनपरिचालन समिति गठन गरेर अहिले हामीले यो चुनावी प्रचारको अभियानलाई तव्रिताका साथ अगाडि बढाएका छौं ।
० चुनावी दौरानमा अरूभन्दा कसरी तपाई पृथक् हुनुहुन्छ ?
– म यो नगरपालिकामा २०४९ सालमा पनि वडा अध्यक्ष भएँ । सिद्धेश्वर गाविसको कार्यवाहक अध्यक्ष भएँ । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडा सदस्य भएर कमलामाई नगरपालिकाको सभामुखको भूमिका निर्वाह गरेर नगर परिषद् सञ्चालन गर्ने मौका पाएँ । त्योभन्दा पछाडि पनि पार्टीले मलाई स्थानीय निकायमा काम हेर्न भनेर कमलामाई नगरपालिकामा प्रतिनिधीका रूपमा निरन्तर पठायो । मलाई स्थानीय रूपमा जनताको काम गर्नुपर्ने र जनतासँग प्रत्यक्ष सरोकर जोडिएका विषयहरूमा मैले लामो अनुभवका आधारमा के देखिरहेको छु भन्दा स्थानीय तहमा जनताका सरोकारका विषय के–के हुन् ? वास्तवमा जनता अहिले के चीजको अभावमा पिल्सिएका छन्, ती चिजहरूमा मैले मसिनो गरेर अध्ययन गर्ने अवसर पाएको छु । यसले गर्दा स्थानीय निकायमा मैले अरूको भन्दा पृथक् अवश्य काम गर्नेछु । सांगठनिक रूपमा अहिले भएका नगरका १४ वटै वडा र टोलटोलमा म जनतासँग प्रत्यक्ष भिजेको छु । मलाई अहिलेसम्म अन्य राजनीतिक दलले दिएका उमेद्वारहरूभन्दा यहाँ नगरवासीले पनि मूल्यांकन गरेको छ कि सबैभन्दा बढी स्थानीय निकायमा काम गरेको अनुभव पनि भएको मान्छे र गाउँमा पनि जनताका बीचमा लोकप्रिय रहेर भूमिका खेलेको मान्छे भनेर सबैले चिन्छन् । म प्रत्येक बस्तीमा पुगेको छु । त्यसकारण, अरू उम्मेदवारभन्दा म निकै अगाडि छु ।
० तपाईंको चुनावी एजेन्डाहरू केके छन् ?
– नेकपा (एमाले) ले अहिले राष्ट्रिय राजनीतिमा जुन किसिमको माहोल स्थापना ग¥यो, राष्ट्रिय रूपमा यसले जुन किसिमको मुद्दा यसले बोक्यो, जुन ढंगले राष्ट्रिय माहोल बनायो, त्यसैगरी स्थानीय तहमा ती चिजहरूलाई व्यवस्थापन गर्न नेकपा (एमाले) का हामीजस्ता उम्मेदवारहरू आवश्यक भए । र, विजय हुनु पनि आवश्यक छ । अहिले पनि कैयौं वडामा खानेपानीका समस्या छ, बिजुलीको समस्या छन्, बाटोघाटोको समस्या छ, अहिले पनि वृद्धवृद्धाले भत्ता गाउँगाउँमा नपाएर बैंकमा धाउनुपर्ने अवस्था छ । यी चिजहरूको व्यवस्थापन गर्नु छ । अरू दलको नाराबाट स्थानीय तहमा यस्तो बजेट आएको होइन । नेकपा (एमाले) को जुन अवधारणा छ, त्यहीअनुसार वृद्धभत्ता आयो, अहिले यो नारा नेकपा (एमाले) को मात्र नारा नरहेर यो नारा भनेको नेपाली जनताको रह्यो । नेपाल सरकारको नारा रह्यो । तर, यसलाई व्यवस्थापन गरेर जनताको आधारभूत ठाउँमा पु¥याउन स्थानीय निकायमा कुन ठाउँमा आवास गृह निर्माण गर्ने, कुन ठाउँमा पुल निर्माण गर्ने, कुन ठाउँमा कलकारखाना निर्माण गर्ने, कुन ठाउँमा बजार व्यवस्थापन गर्ने, कुन ठाउँमा तरकारी खेती गर्ने, कुन ठाउँमा कृषियोग्य जमिनहरूलाई ब्लकको व्यवस्था गर्ने भन्ने कुरा ती चिजहरूमा अहिले देखिएका दलहरूका मान्छेहरूले यो चिजतिर ध्यान दिएको हामी देख्दैनौं । यो चिजलाई व्यवस्थापन गर्नका लागि नेकपा (एमाले) ले चुनाव जित्नुपर्छ । किनकि, अन्य दलहरूका काम हामीले देख्यौं । हिजो उहाँहरूले जितेका गाविसहरू देख्यौं । उहाँहरूले गरेका कामका अनुभव हेर्दाखेरि राष्ट्रिय रूपमा होस् चाहे स्थानीय रूपमा, त्यो खालको गतिविधि हामीले पाएनौं । यसकारण, मैले यो स्थानीय निर्वाचनमा नेकपा (एमाले) लाई यीयी आधारमा भोट हाल्नुपर्छ भनेर जनता नै भनिरहेका छन् ।
वृद्धभत्तालाई व्यवस्थित गर्न, उज्यालो नगरपालिका बनाउन, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्न, अहिले रहेका शिक्षा र स्वास्थ्य सेवा सुलभ पार्न हामीलाई मतदान गर्नुहोस् भनिरहेका छौं । पर्यटकीय दृष्टिकोणले कमलामाई नगरपालिका यस्तो खालको नगरपालिका हो, हिजो अंग्रेजहरूलाई जुन ढंगले सिन्धुलीवासी जनताले लखेटे, जुन तोपहरू खोस्न सफल भए, त्यसैलाई आधार मानेर सिन्धुली जिल्लालाई एउटा पर्यटकीय जिल्ला बनाउने हामीसँग भिजन छ । यहाँ होमस्टेका रूपमा रहेका जलकन्या गाविस, भद्रकाली गाविसलाई अझ विकास गर्न सकिन्छ । त्यहाँ अग्रेजहरूलाई लखेटेको ठाउँलाई पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिन्छ । यसैगरी, यहाँ धार्मिक तीर्थस्थलहरू छ । त्यहाँ अहिले पनि हजारौं दर्शनार्थीहरू तीर्थयात्राका लागि आउँछन् । त्यसैगरी, हाम्रो यहाँ सिद्धबाबा मन्दिर छ । जुन सिद्धबाबा मन्दिरले सिन्धुली जिल्लाको नामकरण गरेको भन्ने कुरा आएको छ । यहाँ कालीमाई मन्दिर छ । यी र यस्ता कुराहरूको व्यवस्थापन गर्न हामी स्थानीय तहमा हिजोदेखि काम गरेका, अनुभव भएका मान्छेहरू आवश्यक हुन्छ भन्ने जनताको चाहना छ । धेरै नगरपालिकाको मैले अनुभव गर्दाखेरि यो कमलामाई नगरपालिका स्रोत र साधनले पनि सम्पन्न गराउन सक्छौं र त्यसका लागि नेकपा (एमाले) का हामीजस्ता जनताको स्तरमा लगातार काम गरेका उम्मेदवारको आवश्यकता छ भन्ने कुरा उठेको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply