यस्तो छ सचिव थपलियाको लीला
काठमाडौं । विगतमा विजय गच्छदारको अत्यन्त नजिक भएर काम गरेका र हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएका दिनेश थपलिया मन्त्रालयमा भद्रगोल पारेका छन् । उनले मन्त्रीभन्दा बढी जान्ने बनेर सम्पूर्ण कर्मचारीहरूलाई हप्कीदप्की गर्दा अन्य कर्मचारीहरू पनि निराश भएका छन् ।
विगतमा मन्त्री गच्छदार र कमल थापाका दाहिना भएका थपलिया अहिले एमालेको पार्टी सदस्य भन्दै निकै साँखुल्ले भएको देख्दा मन्त्रालयका पुराना एमालेनिकट कर्मचारीहरू अचम्म मान्न थालेका छन् ।
गीत लेखेर एल्बमसमेत निकालेका थपलियाले सञ्चार सचिव छँदा कहीँकतै दर्ता नै नभएको संस्थामार्फत चन्दा घिमिरे नाम गरेकी युवतीलाई मन्त्रालयबाट २ लाख दिएका थिए । जसका कारण उनी अझै आलोचित र विवादमा आउने गर्छन् ।
पछिल्लो समय संघीय मामिला मन्त्रालयका उपसचिव र सीडीओहरूको सरुवादेखि खारेज भएका जिल्ला प्राविधिक कार्यालयका नाममा चालू आयोजनाको अख्तियारी दिएर थपलियाले करोडौं रकम लिएको आरोप छ ।
उनले देशभरका प्राविधिकहरूलाई बोलाएर चालू आयोजना हेर्ने जिम्मा दिने गरी संघीय मामिलामन्त्री लालबाबु पण्डितलाई दबाब दिन लगाएको स्रोतको दाबी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज भएका जिल्ला प्राविधिक कार्यालयलाई २० अर्बका योजनाको जिम्मा दिएकोबारे छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
जिससले भागबन्डा, कमिसन नदिने भएकाले सचिव थपलियाले संविधानले अधिकार नदिएको भन्दै चालू आयोजनाको ठेक्काको भुक्तानी दिने अधिकार खारेज भएका जिल्ला प्राविधिक कार्यालयको नाममा अस्थायी खाता खोल्ने निर्णय गरी दिएका थिए । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक आयोजना डोलिडारका महानिर्देशक उपमहानिर्देशक, डीईलगायतको सेटिङअनुसार गत आर्थिक वर्षका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी खारेज भएका जिल्ला प्राविधिक कार्यालयलाई दिइएको र त्यसमा सचिव थपलियाले ठूलो चलखेल गरेको बताइएको छ ।
अझ रोचक कुरा त सचिव थपलियाले स्थानीय तहमा क्षमता अभिवृद्धिका नाममा युरोपियन युनियनलगायतका युरोपका देशका विभिन्न क्रिस्चियन धर्म प्रचार गर्ने एजेन्सीलाई काम गर्ने अनुमति दिएका थिए ।
वाम गठबन्धनले बहुमत ल्याइसकेपछि तत्कालीन मन्त्री विजय गच्छदार र दिनेश थपलिया मिलेर पूर्वसांसदहरूलाई क्षेत्र विकासका लागि १० अर्ब रुपैयाँ दिने निर्णय गराएका थिए । जुन निर्णयमा सचिव थपलियाकै रणनीति थियो । खारेज भइसकेका जिल्ला प्राविधिक कार्यालयको नाममा पूर्वसांसदलाई भुक्तानी दिने निर्णय गरेका थिए । डोलिडारका महानिर्देशकदेखि डीईसम्म मिलेर त्यसको ३ प्रतिशत विविध खर्चको नाममा खाने दाउमा सचिव थपलिया थिए । १० अर्बको ३ प्रतिशत ३० करोड रुपैयाँ हुन आउँछ । ३० करोडमा कम्तीमा १५ करोड लिने रणनीतिमा सचिव थपलिया थिए ।
त्यसमा १÷२ करोड विजय गच्छदारलाई दिएर अरू चप्काउने उनको दाउ थियो । तर, कैलाली–२ का सांसद झपट रावलले सर्वोच्च अदालतमा मुद्दा हालेपछि पूर्वसांसदलाई १० अर्ब दिने निर्णय खारेज भएको थियो ।
यसरी करोडौं रुपैयाँ खाने योजनाअन्तर्गत पूर्वसांसदलाई १० अर्ब दिने सचिव दिनेश थपलियले स्वच्छ छविका मन्त्री लालबाबु पण्डितलाई समेत गुमराहमा पार्दैै आएको उनको सचिवालयबाटै गुनासो आएको छ । सचिव थपलियाले युरोपियन युनियनका क्रिस्चियन मेसिनरीलाई क्षमता अभिवृद्धिका नाममा सबै स्थानीय तहमा काम गर्ने अनुमति दिएपछि नेपाली धर्म र संस्कृतिविरुद्धका गतिविधि बढ्न थालेका छन् ।
सांसद राधिका तामाङले गाई काट्न पाउनुपर्छ भनेर भाषण गर्दा निकै विवाद चर्किएको थियो । स्थानीय तहमा क्रिस्चियन मेसिनरीलाई क्षमता अभिवृद्धिका नाममा घुसाउने काम सचिव थपलियाले गरेकै कारण नेपालको मौलिक धर्मसंस्कृतिमाथि आक्रमण तीव्र रूपमा बढिरहेको छ । सचिव थपलियाले क्षमता विकासका कार्यक्रम पनि क्रिस्चियन मेसिनरी चलाउने एजेन्सीलाई दिएर देशमा साम्प्रदायिक र धार्मिक सहिष्णुतामाथि नै संकट निम्त्याउने काम गरेको बताइएको छ ।
सचिव थपलियाले वसन्त वन नामक एक व्यक्तिको सफ्टवेयर देशभरका जिल्ला समन्वय समितिलाई खरिद गर्न दबाब दिएर अर्को भ्रष्टाचार गरेका छन् । सफ्टवेयर खरिद गर्दा अपाउनुपर्ने प्रक्रियासमेत पूरा नगरी जिससलाई वनको सफ्टवेयर सचिव थपलियाले भनेअनुसारको मूल्यमा खरिद गर्न दबाब दिएको आरोप उनीमाथि छ । सफ्टवेयरले काम गर्छ कि गर्दैन, कुनै परीक्षण नै नगरी हचुवाका भरमा अर्थहीन सफ्टवेयर खरिद गरी जिससहरूलाई लाखौंैैं रुपैयाँ भुक्तानी गर्न लगाएका छन् । वनकै डिजाइनमा सचिव थपलियाले कानुनविपरीत विराटनगर जुटमिलको सरकारका नाममा रहेको सेयर पनि खरिद गरेका छन् । मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलमा सरकारी स्वामित्वलाई कमजोर बनाउने चलखेलको नेतृत्व नै सचिव थपलियाले गरेका छन् ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply