युवा संघको मधेसमा जागरण अभियान
काठमाडौं । मंसिर २९ गते सर्लाहीको हरिऔनमा राष्ट्रिय भेला गरेर मधेसमा छिरेको युवा संघले मधेसमा दुईमहिने जागरण अभियान पनि सञ्चालन गर्ने भएको छ । मधेसवादी दलले गरेको आन्दोलनका कारण मधेसका जनताको दैनिकी निकै कष्टकर बनेको भन्दै मधेसका जिल्लामा दुईमहिने जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
१८ जिल्लामा सञ्चालन हुने मधेस जागरण तथा संवाद अभियानको नेतृत्व पदाधिकारी र स्थायी कमिटी सदस्यहरूले गर्ने भएका छन् । अभियानअन्तर्गत अध्यक्ष पहारी पर्सामा, उपाध्यक्ष दिलु पन्त धनुषामा, अर्का उपाध्यक्ष रमेश पौडेल सिरहामा, चन्द्र लामा रुपन्देही, गोविन्द थापा झापा र महासचिव किरण पौडेल सप्तरीमा खटिने भएका छन् । त्यस्तै, सचिव मन्जु यादव महोत्तरी, नरेश शाही सुनसरी, परशुराम बस्नेत मोरङ र क्रान्ति बुर्लाकोटी नवलपरासीमा खटिनेछिन् ।
अभियानका क्रममा संविधान पढाउनका साथै मधेसमा भएको सामाजिक कुरीति र विकृतिका बारेमा पनि जनचेतना जगाउने अध्यक्ष पहारीले बताए । अभियानकै क्रममा त्यहाँका समस्या बुझेर यदि राज्यको नीति निर्माणको तहमा कतै मधेसलाई हेलाहोचो भएको छ भने सम्बन्धित निकायलाई घच्चघच्याउने काम गर्ने पनि अध्यक्ष पहारीले बताए । त्यस्तै, युवा संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा गरिएको अभद्र व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी संघले विधवा शब्द प्रयोग गरी राष्ट्रप्रमुखलाई अपमान गर्ने र विधवा प्रवेश गरेको भन्दै मन्दिर चोख्याउने आन्दोलन मानव सभ्यताविपरीत भएको बतायो । राष्ट्रपतिमाथि भएको व्यवहार कुनै पनि हिसाबले क्षम्य नभएको भन्दै संघका अध्यक्ष राजीव पहारीले जनकपुर काण्डका दोषीलाई पक्राउ नगरिए संघले पक्रेर बुझाउने बताए । मधेसी मोर्चाका नेताहरूको सामन्तवादी संस्कृतिकै कारण तराईका जिल्लामा यस्ता घटना पटक–पटक दोहोरिएको पहारीको दाबी थियो । मधेसी मोर्चाका नेताहरूले राष्ट्रविरुद्ध अपराध गरेको र मुलुकलाई टुक्र्याउने अभियानमा लागेको भन्दै पहारीले उनीहरूलाई राज्यद्रोहको अभियोगमा आजीवन काराबासको सजाय दिनसमेत माग गरे ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply