22nd November 2017, Wednesday

E-budhabar

योग बुझ्न पर्याप्त



अचेलका मानिसहरू आधुनिक जीवनशैलीप्रति निर्लिप्त छन् । व्यस्तताले भरिएको दौडधुपमय जीवन नै अधिकांशले रोजिरहेका हुन्छन् । तर आधुनिक जीवनशैलीले निम्त्याउने तनाव एवं दबाबले आजित भएका मानिसहरूले जीवनलाई सुख, आनन्द र शान्तिको सियालमुनि बिताउन पनि उत्तिकै चाहन्छन् । त्यस्तो चाहना राख्ने मानिसहरूका निम्ति योग, ध्यानजस्ता मानसिक शान्ति र आनन्द दिने माध्यमहरू प्रभावशाली बन्दै गइरहेका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रकाशित ‘योग सन्देश’ नामक पुस्तकमा योगले मानिसहरूको जीवनमा पारेको प्रभाव र त्यसले ल्याउने परिवर्तनका अनेक पक्षहरूलाई गहिराइसम्मै पुगेर खोतल्ने प्रयत्न गरेको छ । नेपाली, हिन्दी, अंग्रेजी र संस्कृत गरी चार भाषाका योगसम्बन्धी रचनाहरू समेटिएको उक्त कृति योगका प्राचीन पक्षदेखि आधुनिक जीवनमा यसले पारेका प्रभावसम्मै फैलिएका छन् ।
अचेल योगको उपयोगिता दिनप्रतिदिन बढ्दै गएको छ । दैनिक रूपमा योग गर्नेहरूको जीवन स्वस्थ र निरोगी रहने मान्यता स्थापित भइसकेको छ । यही पक्षलाई दृष्टिगत गर्दै ‘योग सन्देश’ प्रकाशन गर्नुको उद्देश्य खुलाउँदै लेखिएको छ, ‘योगलाई हिजोका दिनमा अत्यधिक सुख, शान्ति र मुक्तिका लागि गरिने विशेष क्रिया मानिन्थ्यो । गृहस्थ जीवन त्यागेका योगी सन्न्यासीहरूले मात्र प्रयोग गरिने विद्याका रूपमा समाजले चिन्दथ्यो । तर, आज गृहस्थी जीवनमा रहेका महिला तथा पुरुषका लागि स्वस्थ, शान्त र आनन्दमय जीवन पद्धति सिकाउने विज्ञानका रूपमा योग दर्शनले व्यापकता पाइरहेको छ ।’
‘योग सन्देश’को अंग्रेजी खण्डमा भारतीय नेता मुरलीमनोहर जोशी, योग दर्शनका गुरुहरू रविशंकर, सद्गुरु जग्गी वासुदेवदेखि नेपालमा योगको प्रचार र विस्तारमा आबद्ध भएका उद्योगपति रूपज्योति, दामोदर ज्ञवालीसहित ४३ जनाका रचना समेटिएका छन् । यसैगरी हिन्दी खण्डमा १९ जनाका रचना रहेका छन् भने नेपाली खण्डमा डा. कुलप्रसाद कोइराला, नरेशमान बज्राचार्यसहित १५ जनाका रचना रहेका छन् । नेपाली खण्डमै डा. दुर्गाप्रसाद अर्यालले योगको सान्दर्भिकतालाई यसरी उजिल्याउन चाहेका छन्, ‘आजको विश्वमा योग सार्वभौम भएको छ । यो सार्वजनिक विषय बनेको छ । योगको सार्वकालीन महŒव पनि उत्तिकै छ । यति हुँदा पनि योग व्यक्तिका व्यवहारमा उपयोग हुने कुरा हो । यो सुनर, बुझेर, पढेर मात्र सार्थक हुन सक्दैन । यसको सार्थकता व्यक्तिका आचरण वा कार्य व्यवहारमा निर्भर रहन्छ ।’ संस्कृत खण्डमा भने दुईवटा मात्र रचना रहेका छन् ।
अहिले योग विश्वव्यापी रूपमै फैलिएको छ । प्रारम्भमा हिन्दू धर्म र संस्कृतिसित जोडेर योगलाई हेर्ने गरिए पनि यसले मानिसलाई आत्मिक सुख, शान्ति र मानसिक रूपमा ऊर्जा दिने रहस्य पत्ता लागेसँगै धर्मको सीमा नाघेर यसले विश्वव्यापी मान्यता र स्वीकार्यता पाउँदै गएको हो । र, योगको विश्वव्यापी प्रचार र स्वीकार्यतासँगै यसका सकारात्मक पक्षहरूलाई खोतलेर थुप्रै किताब निस्किएका छन् । तसर्थ ‘योग सन्देश’ले पनि योगका असल र सकारात्मक पाटोबारे अझ बृहत् रूपमा, विभिन्न व्यक्तिका विचारहरूलाई बुझ्ने मौका दिन चाहेकोमा दुईमत हुन सकिँदैन ।
कृति ः योग सन्देश
विधा ः योगग्रन्थ
सम्पादक ः योगाचार्य जीएन सरस्वती
प्रकाशक ः भारतीय दूतावास, काठमाडौं
पृष्ठ ः ३८०।–

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा