20th February 2018, Tuesday

E-budhabar

यो अन्तिम युद्ध होइन



यो अन्तिम युद्ध होइन

एकपटक पत्रकार तीर्थ कोइरालालाई ऋषि धमला तपाईंलाई कस्तो लाग्छ भनेर सोध्दा उहाँको जवाफ थियो, ‘लाजघिन नमानेर निरन्तर लागिरहने मान्छे ।’ अहिले राष्ट्रिय सभा निर्वाचन, प्रदेशका मुख्यमन्त्री र मन्त्रीबारे नेताहरूमा देखा परेको प्रवृत्तिले बारम्बार मलाई त्यही संवादको सम्झना गराइरहेको छ । कुराकानीका क्रममा साथीहरूसँग धेरै ठाउँमा यस प्रसंगलाई मैले दोहो¥याएको पनि छु ।
राष्ट्रिय सभाको निर्वाचन सम्मुखमा छ । आफूलाई किन राष्ट्रिय सभा सदस्य बनाउन आवश्यक छ भनेर नेताहरूको दैलो चहार्नेदेखि व्यक्तिगत विवरण बुझाउनेहरूको भीड छ । नेताहरू पनि सम्भवतः त्यही चाहन्छन्, को नियमति आउँछ, कसले कतिपटक ढोका कु¥यो भन्ने आधारमा निर्णयहरू प्रभावित हुँदै आएका छन् ।
हामीकहाँ वरिष्ठता मापन गर्ने गजबको प्रणाली छ । को–कति वर्षको भयो र कहिलेदेखि पार्टीमा लागेको हो ? त्यस आधारमा वरिष्ठता गणना गर्ने र त्यसलाई मौका दिनुपर्ने तर्क पाइन्छ । तर, राजनीतिमा त्यस्तो हुँदैन, सेना प्रहरी र कर्मचारीको बढुवामा उमेर, सेवा अवधि आदिको महŒव हुन्छ । राजनीतिमा योग्यता र क्षमताले काम गर्छ । जनताका बीचमा जाने, उनीहरूको विश्वास प्राप्त गर्ने र केही नवीन काम गर्न सक्नेलाई प्रोत्साहित गर्नुपर्ने हो ।
विडम्बना, एमालेमा केही यस्ता नेता छन्, जो जीवनभर जनताबाट अनुमोदन हुन सकेका छैनन् । पटकपटक पार्टीको टिकट लिए पनि उनीहरू जनताबाट पराजित भएका छन् । तर, त्यसले उनलाई कुनै फरक परेको छैन । पार्टीमा भनेकै पद पाएका छन्, राजकीय क्षेत्रमा जीवनमा वडा सदस्य नजिते पनि राष्ट्रिय सभा सदस्य, संविधानसभा सदस्य र मन्त्री बन्न पाएकै छन् । त्यस्ता नेताले जनताको बहुदलीय जनवादको व्याख्या गर्ने र पार्टीको नेतृत्वमा बस्ने नैतिक हक नै राख्दैनन् । तर, बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने ? किनभने, हरेकले केही न केही बिन्दुमा भुलचुक गरेकै छन् । कसैले आफन्तलाई रोज्नुपर्छ, कसैले ‘मोटा’ मानिसहरूलाई तान्नुपर्छ ।
पार्टीमा योगदान धेरै नेताको छ । धेरै पुराना नेता–कार्यकर्ताले योगदान गरेर पार्टीलाई यहाँसम्म ल्याइपु¥याएका छन् । कतिले पार्टीका लागि जेलनेल भोगे, कति प्रबासिए, कतिले यातना पाए । अवश्य पनि तिनीहरू भनेका पार्टीका लागि जगका ढुंगा हुन् । तर, मैले यति गरें भनेर पार्टीमा ब्याज मागिँदैन । पार्टी र आन्दोलनमा उनीहरूको सम्मान हुनुपर्छ, योगदानको कदर हुनुपर्छ, उपयुक्त स्थानमा तिनीहरूलाई जिम्मेवारी दिनुपर्छ । तर, यसको मतलब यति वर्ष जेल परेका कारण मैले यो पद पाउनुपर्छ भन्ने हो भने त एमालेको अध्यक्ष मोहनचन्द्र अधिकारीलाई बनाउनुपर्छ, उपाध्यक्ष नरेश खरेल र महासचिव नारद भागद्वाजलाई बनाउनुपर्छ ।
अर्कातिर पार्टीमा लाग्नासाथ लाभको पदमा पुगिहाल्नुपर्छ भन्ने उपभोक्तावादी प्रवृत्तिले त्यत्तिकै टाउको उठाइरहेको छ । हाटहुट गरेर दुईचार जना हुल्लडबाज जम्मा गर्ने, पार्टीमा रहेका कुण्ठितहरूलाई समाउने र पद हत्याइहाल्ने प्रवृत्ति पनि खतरनाक रूपमा विकास भइरहेको छ । राजनीति भनेको चुनाव जित्नु मात्रै होइन, त्यो त एउटा सहायक कुरा हो भन्ने कुरालाई पुरै ओझेल पारिएको छ । चुनाव नै सर्वेसर्वा हो, जसरी पनि चुनाव जित्नुपर्छ, त्यसका लागि जात, लिंग, क्षेत्र वा समुदाय जे भनेर हुन्छ, त्यही भन्नुपर्छ भन्ने भावना प्रबल बन्दै गएको छ ।
माथि उल्लिखित दुवै प्रवृत्ति हरेक अवसरमा देखिन्छन् । अहिले राष्ट्रिय सभाको निर्वाचन संघारमा छ । नेताको दैलो चहार्नेहरूको पंक्ति देख्दा जिब्रो टोक्नुपर्छ । म अहिले भइनँ भने त घोर अन्याय हुन्छ भन्नेहरूको संख्या विशाल छ । पाएसम्म प्रतिनिधिसभाको सदस्यको उम्मेदवार, त्यो नपाए प्रदेशसभाको उम्मेदवार, त्यो पनि नहुने भए समानुपातिक उम्मेदवार, त्यो पनि नभए राष्ट्रिय सभाको उम्मेदवार भन्दै हिँड्नेहरू यो पनि भएन भने अब राष्ट्रपतिबाट मनोनयन हुने तीन जनामा पनि दाबी गर्न छाड्नेवाला छैनन् । बल्लतल्ल पहिलोपटक सांसद जितेर आएका साथीहरू मन्त्रीका लागि यसरी दौडमा छन् कि अहिले उनीहरूले मौका पाएनन् भने पृथ्वीमा प्रलय नै हुनेछ । अनि मुख्यमन्त्रीका लागि पनि त्यस्तै दौड छ । पार्टीका जिम्मेवार पदमा बसेकाहरू नै मै मुख्यमन्त्री हुन्छु भन्दै खुलेआम हिँडिरहेका छन् । एकजनाले मुख्यमन्त्री भएपछि विवाह गर्छु समेत भन्न भ्याइसकेछन् ।
एमालेमा अरू पार्टीभन्दा अवसर वितरणमा केही सन्तुलन पनि छ । त्यो पूरै कार्यान्वयन भएको भए अवसरको सन्तुलित वितरण हुन्थ्यो र धेरै कार्यकर्ताले मौका पनि पाउँथे । जस्तो, समानुपातिकमा सांसद भइसकेकालाई त्यो अवसर दोहो¥याएर नदिने नीति पूरै कार्यान्वयन भएको भए विवाद हुन्थेन । साथै, एकै परिवारका दुई जनालाई एकसाथ अवसर नदिने भन्ने नीति कार्यान्वयन भइदिएको भए पनि धेरैको चित्त बुझ्थ्यो । तर, त्यहाँ पनि व्यक्ति हेरेर नीति बन्ने रोग बाँकी नै छ ।
तर पनि यो अन्तिम युद्ध होइन ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा