16th July 2018, Monday

E-budhabar

रोकिएन डोलिन्द्रको ब्रह्मलुट



काठमाडौं । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफ्नो निजी प्रकाशन गृहका पाठ्यपुस्तक बेच्न एक वर्षअघि नै अवकाश पाइसकेका साझाका कर्मचारीहरूलाई अझै करारमा राखेर काम लगाइरहेका छन् । बढ्दो घाटा र ऋणलाई कारण देखाउँदै सो प्रकाशनका ठूलो संख्याका कर्मचारीहरूलाई अवकाश दिए पनि अध्यक्ष शर्माले स्टोरमा कार्यरत केही कर्मचारीलाई करारमा राखेका हुन् ।
सो प्रकाशन संस्थामा कार्यरत स्टोरकिपर प्रकाश खड्काले अवकाश पाएको एक वर्ष बितिसकेको छ । उनले २०७३ साल माघमा नै अवकाश पाइसकेका हुन् । तर, साझाको किताबहरू बेच्ने स्टोरका स्टोरकिपर खड्काले अवकाश पाए पनि उनलाई पुनः करारमा नियुक्ति दिएर राखिएको छ । अध्यक्ष शर्माले भने स्टोरका किताबहरू बुझिनसकेको भन्दै खड्कालाई करारमा नियुक्ति दिएर राखिएको बताउँदै आएका छन् । एक वर्षसम्म पनि स्टोरका किताबहरू किन बुझिएन भन्ने कुरा रहस्यकै विषय बन्न पुगेको छ ।
तर, स्टोरकिपर खड्कालाई करारमा राखेर काम लगाउनुको खास कारणचाहिँ अध्यक्ष शर्माले आफ्नो निजी प्रकाशन गृह अक्सफोर्ड पब्लिकेसनबाट प्रकाशित पाठ्यपुस्तकहरू बेच्नु रहेको बताइन्छ । सो प्रकाशन गृहले कक्षा ५ को ‘सबैको नेपाली’ नामक पुस्तक बेच्दै आएको छ । खड्कालाई सोही पुस्तकलगायत आफ्ना प्रकाशन गृहका पुस्तकहरू बेच्न सहयोग पुग्ने हिसाबले करारमा राखिएको हो । यसैगरी, अध्यक्ष शर्माले अन्य प्रकाशन संस्था र व्यक्तिहरूले प्रकाशित गरेका किताबहरू बेच्ने स्टोरको स्टोरकिपरमा उद्धव घिमिरेलाई करारमा नियुक्त गरेका छन् । उनी पनि एक वर्षअघि नै अवकाश पाइसकेका कर्मचारी हुन् । यसरी नै, श्रेणीविहीन कर्मचारी हीराकाजी महर्जन पनि अध्यक्ष शर्माको कृपाले करारमा कार्यरत छन् । उनी पनि अवकाशप्राप्त कर्मचारी हुन् ।
सो प्रकाशनको धरान शाखामा कार्यरत नरेश शाक्यले भने अवकाश लिइसके पनि संस्थालाई बुझाउनुपर्ने १२ लाख रुपियाँ बुझाएका छैनन् । उनले गएको वर्ष माघ १ गते नै अवकाश पाएका हुन् । तर, अवकाश पाएको एक वर्ष बितिसक्दा पनि किताब बेचेर आएको १२ लाख रुपैयाँ बुझाउन उनले अहिलेसम्म आनाकानी गरिरहेका छन् । संस्थाले रकम बुझाउन ताकेता गर्दा उनले आफूले उपदानबापत पाउने रकममा कटाउनू भन्ने जवाफ दिँदै आएका छन् । अहिले अध्यक्ष शर्माले धरान शाखाको प्रमुखमा करारका कर्मचारी कुमार हमाललाई पठाएका छन् । संस्थामा स्थायी कर्मचारी हुँदाहुँदै करारका हमाललाई किन पठाइयो भन्ने कुरा उठ्न पुगेको छ ।
यसैगरी, अध्यक्ष शर्माले राजविराज शाखामा अवकाशप्राप्त कर्मचारी मनोज माझीलाई करारमा नियुक्त गरेका छन् । तर, भरतपुर शाखामा करारमा रहेका अवकाशप्राप्त कर्मचारी अमृतराज पण्डितलाई कसले करारमा राखेको हो भन्नेबारे अध्यक्ष शर्माले आश्यर्च प्रकट गर्दै आएका छन् । केन्द्र र केही शाखामा आफूले नै करारमा कर्मचारीहरू राखे पनि पण्डितका सवालमा भने अध्यक्ष शर्माले अनभिज्ञता प्रकट गर्दै आएका छन् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

ललितपुरका यौन अखडामा प्रहरी रमिते

काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

आत्मकथाको बाढी

स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त- ...
पूरा पढ्नुहोस्

छोटकरीमा