लेखापालहरूको सरुवामा चलखेल
काठमाडौं । लेखा समूहका कर्मचारीहरूको सरुवाबढुवा र खटनपटन गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयले केही लेखापालको सुटुक्क सरुवा गरेको छ ।
रिक्त स्थानमा भनिए पनि रातारात पैसाको चलखेलका आधारमा धेरै कमाइ हुने स्थानलाई आधार मानेर सरुवा गरिएको स्रोतको दाबी छ ।
यसरी सरुवा हुँदा उनीहरू मालदार स्थानबाट मालदारमै जान सफल भएका मात्र छैनन्, केहीले त तुलनात्मक रूपमा बढी कमाइ हुने अड्डामा दोहो¥याएर मौका पाएका छन् ।
कर्मचारी समायोजन विधेयेक पारित भएर समायोजनको अन्तिम चरणमा पुगेका बेला यसरी सरुवा हुने पाँच लेखापालहरूमा सुवास कोइराला, तिलकराज पन्त, मुक्ति भट्टराई, राजेश बस्नेत र उपेन्द्र चौलागाईं रहेका छन् ।
त्यसमध्ये कोइराला मध्यपहाडी लोकमार्गको पूर्व–पश्चिम खण्डमा समेत ६ वर्षसम्म लगातार काम गरेर कुस्त कमाइसकेका बदनाम पात्रका रूपमा परिचित छन् । गृह मन्त्रालयमा रहेका उनलाई अहिले डिभिजन सडक कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । नेपाली कांग्रेसनिकट कर्मचारी ट्रेड युनियनका कोषाध्यक्षसमेत रहेका कोइराला अहिले मालदार स्थानमा जानचाहिँ एमालेनिकट कर्मचारी युनियनका कोइराला थरकै एक नेताको फेर समातेर पुगेका थिए । आफूसमेत लेखा अधिकृत रहेका ती नेताले राम्रै रकमको मोलतोल गरेर उनको सरुवा मिलाएको चर्चा छ । त्यस्तै, अर्का लेखापाल पन्त गृह मन्त्रालयबाट चैनपुर ताक्लाकोट बझाङ सडक आयोजनामा, भट्टराई भैरहवा लुम्बिनी सिँचाइ आयोजनाबाट डिभिजन सडक कार्यालय चितवनमा, बस्नेत मलेनिकाबाट डिभिजन सडक कार्यालय मकवानपुरमा र चौलागाईं जिल्ला वन कार्यालय बर्दियाबाट जल उत्पन्न डिभिजन कार्यालय जुम्लामा सरुवा मिलाउन सफल भएका थिए ।
लेखा समूहका कर्मचारीहरूको सरुवामा मापदण्ड तय गर्दै विभिन्न कार्यालयको क्लस्टर वर्गीकरण गरिएको छ । पहिलो क्लस्टरमा पर्नेको सरुवा फेरि पहिलो क्लस्टरमा नगर्ने नीति भए पनि पैसाका लागि हरेकपटक मापदण्ड मिच्ने गरिएको बताइन्छ । महालेखा नियन्त्रकको कार्यालयमा अहिले प्रशासन हेर्ने सहसचिव गोविन्द देवकोटा रहेका छन् भने उनीमातहतका उपसचिव हेमराज पौडेल रहेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply