24th September 2017, Sunday

E-budhabar

लेख्नुपर्ने औचित्य नहुन्जेल म लेख्दिनँ : अरुन्धती



लेख्नुपर्ने औचित्य नहुन्जेल म लेख्दिनँ : अरुन्धती

अरुन्धती राय अहिले शिखरमा आरूढ छिन् । अर्थात् चर्चा–परिचर्चाको शिखरमा । विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मानिने भारतमा रहेर सत्ताको गलत कदमविरुद्ध कलम चलाउँदै आएकी राय अहिले भने आदिवासी–बाहुल्य इलाकाहरूमा सशस्त्र विद्रोह गरिरहेका माओवादी लडाकुहरूलाई सघाएकी कारण चर्चामा रहेकी होइनन् । करिब २० वर्षपछि अर्को आख्यानमूलक कृति ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’ ल्याएपछि उनको चर्चा एकाएक चुलिएको हो । ‘गड अफ स्मल थिङ्स’ ले कमाएको ख्यातिसँगै सुस्ताएकी रायले २० वर्षपछि नयाँ आख्यान ल्याउँदा त्यसको साहित्यिक कम्पनले भारतमा मात्र होइन, थोरबहुत नेपालको बौद्धिक वृत्तलाई पनि छोएको छ । तिनै चर्चित लेखिका रायसँग ‘आउटलुक’का लागि सुनिल मेननले गरेका संवादका केही अंश यसपटक ः

० यो अनुपम कृति छ । यद्यपि तपार्इंलाई महसुस हुनुपर्छ, उक्त पुस्तकका कैयांै अंशले स्वतन्त्र रूपले आकार लिइरहेका छन्, जसलाई तपार्इंले एउटा सूत्रमा बुन्ने तरिका खोजी गर्नुभयो र ?

– होइन होइन । मैले सुरुवातदेखि नै एकैसाथ लेखिरहेकी थिएँ । मैले यसरी लेखेकी थिइनँ कि एक अध्याय सिध्याएपछि दोस्रो अध्याय लेखूँ ।

० जुन काश्मीरमा भइरहेको थियो, त्यो त कथा होइन १

– मलाई लाग्छ, कथा–साहित्यबारे तपाईं र मेरो बुझाइमा केही समस्या छन् । यो मन छुने विषय हो, सबै कथा–साहित्य एक अर्थमा । मेरो ब्याग हेर्नुस्, यसमा के लेखिएको छ रु लेखिएको छ, ‘सबै कथा साँचा हुन्छन् ।’ यसरी तपाईं भन्नुहुन्छ, काश्मीर र केरला केवल मिथ्या ९छोटा कहानी० होइनन् । निःसन्देह धेरै ढाँचागत स्तरमा यस्तो हुन्छ नै । तर यसमा यस्तो तŒव हुन्छ, जसमा हामी वास्तविक संसारलाई चिन्न सक्छौं । हरेक कहानीभित्र आफैंमा त्रासदी हुन्छ । फेरि पनि अधिकांश निराशा–हताशाका बाबजुद कुनै असम्भव प्लटको माध्यमद्वारा, जस्तै ः चंगेज खानको वंशजको कुनै केजरीवालसँग मुठभेड । यो नितान्त असम्भव विषय हो । हामीकहाँ सहरको त्यस्तो अंशमा यस्ता व्यक्तिहरू पनि छन्, जसले आफूलाई चंगेज खानको वंशज बताउँछन् । तर कथा–साहित्य त्यस्तो यथार्थ हो, सायद त्योभन्दा पनि यथार्थ हुन्छ, जसलाई तपाईं केवल वास्तविक घटना र प्रमाणहरूका आधारमा लेख्नुहुन्छ । काश्मीरलाई नै लिऔं । तपाईं उक्त ठाउँको यथार्थबारे मात्र कुनै रिपोतार्ज वा मानवअधिकारवादीहरूको रिपोर्टबाट अवस्था बताउन सक्नुहुन्न । तपाईं यो पनि बताउन सक्नुहुन्न कि कुनै सैन्य सरकारको संरक्षणमा बाँच्ने व्यक्तिको मनमस्तिष्कमा केकस्तो असर परिरहेको छ रु कथा साहित्य नै त्यस्तो एक मात्र विधा हो, जसमा यथार्थको बयान गरिन्छ र बयान गर्ने अथक कोसिस गरिन्छ ।

० एउटा सवाल, जसबाट तपाई स्वयं पनि हैरान हुनुहुन्छ, फिक्सन, ननफिक्सन र त्यसको अन्तराल । त्यसमा बीस वर्षको अन्तराल रह्यो । यी दुवैबीच के अन्तर थियो र ?

– जसलाई मानिसहरू अन्तर भन्छन्, म त्यसलाई मात्र त्यही रूपमा देख्दिनँ । म त्यस्ती छैन र सोचूँ कि मैले यो उपन्यास लेखें र यो उपन्यास सफल भयो भने दोस्रो लेखिहालूँ । म कहिले पनि कारखाना बनाउन चाहन्नँ । मेरा लागि उपन्यास प्रार्थनाजस्तै हो । यो स्तरभन्दा माथिल्लो स्तर हो, केवल उपयोग गर्न होइन । यो त्यो ब्रह्मान्ड हो, जसमा तपाईं रहनुहुन्छ, मलाई यो पनि थाहा छैन कि, म अर्को उपन्यास लेख्नेछु । तथापि मलाई यति कुरा थाहा छ, म तबसम्म केही पनि लेख्दिनँ, जबसम्म मलाई लेख्ने आवश्यकता महसुस हुँदैन । म भाग्यमानी छु, ‘गड अफ स्मल थिंग्स’ को रोयल्टीबाट मेरो आर्थिक अवस्था ठीक भइरहेको छ ।
म चिन्तनका हिसाबले सधैँभरि किनारामा रहन्छु । लगभग कुनै दोषीजस्तै । जब तपाई अचानक मुख्यधारामा आउनुहुन्छ । यो यस्तो हो कि, तपाईं साइकल चलाउँदाचलाउँदै अचानक बस चलाउन थाल्नुहुन्छ । यसका लागि दिमागलाई सम्हाल्नु आवश्यक हुन्छ ।
त्यही बेला ९गड अफ स्मल थिंग्स प्रकाशनका बेला० परमाणु परीक्षण भयो । त्यसले भद्दा सार्वजनिक बहस सुरु ग¥यो र जो आज स्वीकार्य भइसकेको छ । बुकर पुरस्कार पाएर हरेक पत्रिकाको आवरणमा छापिनुका साथसाथै परमाणु परीक्षण भयो । त्यसप्रति चुपचाप रहनु उचित थिएन, जसरी एकजना अनाम व्यक्ति रहन्छ । त्यस्ता मौनताको एक राजनीतिक वजन पनि हुन्छ । एकातिर मलाई लाग्यो कि आफू जीवित हुनुको अर्थका लागि मैले तुरुन्त हस्तक्षेप गर्नुपर्दछ । किनकि कैयौंपटक रिसलाई सहने अवस्थामा म थिइनँ । तर दोस्रो धरालत देख्न र सम्झिन चाहें र चलें, कुनै कथाकारको नजरबाट । एक प्रतिक्रिया तुरुन्तै गर्नेवाला अशान्त किसिमको थियो भने अर्को एकदमै शान्त, जहाँ कुनै हतार होइन, समयको जरुरत थियो ।

० फेरि यी दुवैखाले भावना एकैसाथ काम गर्दै थियो रु लेखमा कथाकार पूरै हिसाबले अनुपस्थित थिएन ।

– त्यस्तो सधैंभरि रह्यो । वास्तवमा म फिक्सनबारे कुरा गरिरहेको छु । मैले यसलाई लगभग १० वर्ष लगाएर लेखें । यदि, मैले त्यतिबेला सुरु गरेकी थिइनँ भने मलाई लाग्दथ्यो कि यति अन्तर तय हुन्छ ।

० व्यक्तिहरूलाई बिर्सिदिऊँ । सबै पात्रलाई रचना प्रक्रियामा ढाल्ने बेला तपार्इंभित्र के कुरा चलिरहेको थियो ?

– लेखकहरू निर्मम हुन्छन् । उनीहरू आफ्नै सन्ततिलाई पनि निल्छन् । तर त्यसमा फरक पर्दैन कि यो कसरी हुन्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा