25th June 2018, Monday

E-budhabar

वरिष्ठ नेता नेपाल आज फर्कने



वरिष्ठ नेता नेपाल आज फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पाँच दिनको चीन भ्रमणपछि आज स्वदेश फर्कंदै छन् । उनी गत शनिबार चीन प्रस्थान गरेका थिए । एमाले विदेश विभाग प्रमुखसमेत रहेका उनी फस्र्ट सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ‘प्रोमोटिङ रिजनलपिस ः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’मा भाग लिएर आज १०ः३० बजे नेपाल फर्कन लागेका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘एडभान्सिङ स्ट्राटेजिक कोअर्डिनेसन फर सेयर्ड डेभ्लपमेन्ट एन्ड एक्सप्लोरिङ रिजनल को–अपरेसन’ विषयमा सम्बोधन केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले बताए । कार्यक्रममा नेपाल, चीन, कम्बोडिया, भारत, श्रीलंका, पाकिस्तान र टर्कीका नेताहरूको सहभागिता रहनेछ । नेपालका साथमा नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि छन् ।
वरिष्ठ नेता नेपाललाई त्यहाँको नर्थ वेस्ट युनिर्भसिटीले ‘सर्टिर्फिकेट अफ एडजङ्क्ट प्रोफेसरसिप’बाट सम्मान गरेको थियो । यो भिजिटिङ प्रोफेसरभन्दा माथिको पदको । नेता नेपाललाई उक्त विश्वविद्यालयले सन् २०१८ अप्रिल ५ देखि २०२३ अप्रिल ५ सम्मका लागि सो नियुक्ति दिएको हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा