संवादसूत्रले परिचय नदिँदा
शम्भु श्रेष्ठको पुरानो ढाँचाको छपाइले हुँदैन र अफसेट प्रिन्टमा जानैपर्छ भन्ने कुरा सही थियो । तर, मलाई पार्टीले त्यस समय पार्टीको मुखपत्र रहेको साप्ताहिकको प्रधान सम्पादक नियुक्ति गरेको थियो । सुनकोसी छापाखाना पनि पार्टीकै थियो । मैले सुनेअनुसार अष्टलक्ष्मी शाक्य र अरू क–कसले कानमा लगाएको सुन, धेरैले पैसाहरू दिएर यो प्ेरस किनिएको थियो । त्यसैले मलाई यो प्रेस छाड्न द्विविधा भइरहेको थियो ।
एक दिन सुनेकोसी छापाखाना, कालिमाटीमा ‘दृष्टि’को कार्यालयमा एक जना उच्च तहका न्यायाधीश जस्तो लाग्ने व्यक्ति आए । उनले भने, न्यायाधीशहरूको बढुवामा पक्षपात र नातावाद चल्यो । उनले ती न्यायाधीशहरूको नाम पनि टिपाए जसले बरिष्ठता र अन्य मापदण्ड नपुग्दा नपुग्दै बढुवामा पारिएका थिए ।
मैले त्यो व्यक्तिलाई भने– ‘तपाईंको परिचय ?’
उनले भने– ‘म आफ्नो परिचय दिन्न । तर, समाचार साँचो हो ।’
मैले सोचें, त्यस समय ‘दृष्टि’ अफिसमा शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, राजेन्द्र स्थापित इत्यादि पनि उहाँ त्यो व्यक्तिले आफ्नो नाम गोप्य राख्न खोजे होलान् जस्तो लागेर सबैलाई एकछिन बाहिर जान भनेर सोधे– ‘तपाईं मलाई चिन्नुहुन्छ ?’
उनले भने– ‘चिन्दछु’ ।
मैले भनें– ‘मलाई भने हुन्छ ।’
तैपनि उनले भने– ‘म आफ्ना नाम र परिचय दिन चाहन्न ।’
उनी गएपछि मैले ‘दृष्टि’मा काम गर्नेहरूसँग भनें– ‘यो नाममध्ये दुईवटाबारे हो कि होइन पत्ता लगाऊँ । यदि हो रहेछ भने टिपाएको सम्पूर्ण समाचार छापौं ।’
पत्रकारको जीवनमा कहिलेकाहीँ सूत्रसमेत अपरिचित रहिदिँदा गाह्रो पर्छ । तर, न्यायालयलाई त्यस समय ‘गौमाता’ मान्नुपर्ने न्यायाधीशहरूको मान्यता थियो । सूत्रले आफ्नो परिचय नदिँदा त्यो व्यक्ति उच्च तहकै न्यायाधीश र आफूलाई बढुवा पाउनयोग्य ठान्ने व्यक्ति हुन् भन्ने मलाई लागिरहेको थियो । तर, समाचार गलत निस्के दण्ड सजाय हुने वातावरण पनि थियो । सूत्र अपरिचित रहँदारहँदै पनि त्यो समाचार हामीहरूले छाप्यौं । समाचार सत्य थियो । त्यसैले कुनै कार्यवाही र खण्डनसमेत भएन ।
सूत्र गोप्य राख्नु पत्रकारहरूको कर्तव्य हो । अमेरिकामा एउटा पत्रकारसँग अदालतले फौजदारी अपराध विषयको समाचारको सूत्रको परिचय माग्दा उनले दिन मानिन् बरु जेल परिन् । तर, पछि सूत्र आफैंले उनलाई उनको परिचय अदालतलाई दिन भने । समाचार सत्य थियो ।
सम्बन्धित समाचार
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
- काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
- झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply