सञ्चय कोषमा कनिष्ठलाई जिम्मा
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषमा कनिष्ठ व्यक्तिलाई प्रमुखका रूपमा नियुक्ति गरेपछि विवाद बढेको छ । सोमबार कोष सञ्चालक समितिले कार्यवाहक प्रशासकमा दीपक रौनियारलाई नियुक्त गरेको हो ।
राजस्व सचिव शिशिरकुमार ढुंगाना अध्यक्ष रहेको सञ्चालक समितिले रौनियारलाई जिम्मेवारी दिएपछि उनीभन्दा वरिष्ठ रहेका राजेन्द्र काफ्लेलाई अन्याय भएको छ । काफ्लेभन्दा कनिष्ठ रौनियारलाई प्रशासक बनाएपछि काफ्लेलाई भने प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबारी दिएको हो । रौनियार आफैं पनि सेयर बजारका खेलाडी र अमूर्त किसिमले सेयर दलालहरूको इसारामा चल्ने भएकाले केही उच्च तहका सेयर दलालहरूको सेटिङमा रौनियारलाई प्रशासक बनाइएको बताइएको छ ।
ऐनमा प्रमुख प्रशासक हुन दसौं तहको सञ्चयकर्ता वा नेपाल सरकारको सहसचिव हुनुपर्ने व्यवस्था छ । अहिल आफूभन्दा वरिष्ठ सहकर्मीलाई उछिनेर कामु भएका रौनियारलगत्तै ‘कन्फर्म’ हुुन दौडधुप गरिरहेको स्रोतको दाबी छ । उनले त्यसका लागि आर्थिक लाभको प्रस्ताव लिएर प्रधानमन्त्री पत्नी आरजु राणाको सम्पर्कमा समेत पुगिसकेको थाहा भएको छ । प्रमुख प्रशासकको लाइनमा रहेका काफ्ले पुरानो कांग्रेस भए पनि नव कांग्रेसी रौनियारले आफू नै ‘खाँटी कांग्रेस’ भन्दै जिम्मेवारी फुत्काएपछि आफू अलमलमा परेका छन् ।
सञ्चय कोषबाट काजमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा गएका रौनियारलाई कोषलाई थप प्रभावकारी बनाउने चुनौतीपूर्ण हुने बताइन्छ । गत वर्ष रौनियार पदावधि सकिएपछि कोष फर्किएका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply