समाजप्रतिको सकारात्मक लगाव नै हाम्रो जितको आधार
० लिखुपिके गाउँपालिका प्रमुखका रूपमा तपार्इं एमालेका तर्फबाट प्रस्तुत हुनुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
– स्थानीय तहको निर्वाचनमा एमालेले लिखुपिके गाउँपालिकाको अध्यक्षमा मलाई उम्मेदवार बनाएको छ । २०५४ सालमा चौंलाखर्क गाविसको अध्यक्षमा निर्वाचित भएपछि जनप्रतिनिधिका हैसिएतमा मैले खेलेको सकारात्मक भूमिकाकै कारण पार्टीले यो जिम्मेवारी दिएको हो भन्ने मैले ठानेको छु । करिब २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा एमालेले दिएको यो थप जिम्मेवारीसँगै मेरो काँधमा गहन जिम्मेवारी आएको महसुस भएको छ । म यो गाउँपालिकाबाट निर्वाचित भएपछि पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीलाई जनतकाको हितमा काम गरेर पूरा गर्नेछु । लिखुपिके गाउँपालिकाको सम्मृद्धिमा योगदान गर्ने अवसरसमेत मिलेको मैले महसुस गरेको छु ।
० तपाईंको जितका आधारहरू के–के हुन् ?
– जनता र समाजप्रतिको सकारात्मक लगाव नै हाम्रो जितको पहिलो आधार हो । विगतको स्थानीय निकायको अनुभव र निर्वाह गरेको सपाट भूमिका जनताको मन मष्तिष्कमा ताजै छ । मेरो काम गर्ने शैली, इमानदारी र पारदर्शितबाट जनता परिचित छन् । त्यसैले यो पटक पनि जनताले निर्वाचित गराउने कुरामा ढुक्क छु । दोस्रो, जनतामा एमालेप्रति अगाध विश्वास छ । ‘देश विकासमा रकम हाल्ने, वृद्ध, विधवा, बाआमा पाल्ने’ पार्टी एमाले भन्ने छ । राष्ट्रियताको सवालमा एमालेजति प्रस्ट अन्य पार्टी नभएकाले पनि एमालेले जित्ने यो अर्को आधार हो ।
० निर्वाचनमा विकास र सम्मृद्धिका के–के एजेन्डा अघि सार्नुभएको छ ?
–सुशासन मुख्य विषय हो । स्वास्थ्य, शिक्षा र सम्मृद्धि जनता र समाज विकासको आधारभूत आवश्यकता हुन् । दीर्घकालीन विकास निर्माण, प्राकृतिक स्रोत र जनतामा सुशासन कायम गर्नु अर्को महŒवपूर्ण जिम्मेवारी ठानेको छु । मैले अघि पनि भनें– स्वास्थ्य, शिक्षा र समृद्धि जनता र समाज विकासका आधारभूत आवश्यकता हुन् । दीर्घकालीन विकास निर्माण, प्राकृतिक स्रोत र साधनको उचित संरक्षण र सदुपयोग गर्नुका साथै पर्यटन प्रवद्र्धनलाई जनताको समृद्धिको आधार बनाउनुपर्छ । यसमा पनि मेरो ध्यान जानेछ । युवाहरूमा रोजगार र स्वरोजगारीको सिर्जना गर्न आवश्यक छ । यस्ता विषयलाई पनि केन्द्रमा राखेर जनताको सहभागितामा योजनाहरू बनाउनेछु । लिखुपिकेको समृद्धि सोलुखुम्बुको समृद्धि हो । म यही ढंगले अघि बढ्नेछु ।
० तपाईंका योजना केवल जितका लागि बाँडिएको आश्वासन मात्रै हो कि, ती पूरा गर्ने आधार पनि छन् ?
– म जे गर्न सक्छु, त्यो मात्र बोल्छु । म यस अघि पनि जनप्रतिनिधिका हैसियतमा काम गरेको व्यक्ति हुँ । त्यसैले जनताका बीचमा कसरी काम गर्नुपर्छ भन्ने मलाई थाहा छ । अरू साथीहरूले आश्वासन बाँड्नुभएको मैले सुनेको छु । मचाहिँ गर्न सक्ने कामको फेहरिस्त लिएर जनताका बीचमा जान्छु । म काममा विश्वास गर्ने मान्छे हुँ । कुरा काट्ने अवसर कसैले नपाऊन् भन्नेमा म सचेत छु ।
० चुनावी प्रचार अभियान कसरी अघि बढिरहेको छ ?
– हामी जनतामा विश्वास गर्छौ । स्वाभाविक रूपमा भड्किलो प्रचार शैली अपनाउँदैनौं । एमालेलाई जनताका बीचमा जान सामान्य उपस्थिति नै काफी छ । मेरो नेतृत्वमा आएका एमालेका सुर्य ध्वजावाहक उम्मेदवारहरू सक्षम र ईमान्दार छन् । जनताका बीचमा लुटपुटिएका हामीहरू भ्रष्टाचार र अपराधजन्य कार्यको फोहोरमा लतपतिएका छैनौं । जुनकुरा हाम्रा जनता, मतदाताहरूलाई राम्रोसँग थहा छ । ‘सुन भनेपछि कसी लगाइरहनु पर्दैन’ एमाले नम्बरी सुन हो ।
० लिखुखोला हाइड्रोमा लिखुपिकेका जनताका लागि अवसर हो भनिन्छ । यसबारे केही सोच्नुभएको छ ?
– प्राकृतिक सम्पदामध्ये ‘लिखुखोला’ अत्यन्त महŒवपूर्ण सम्पदा हो । यसको उपयोग ठीक ढंगले गर्न सके लिखुपिकेवासीको सम्मृद्धि सम्भव छ र गर्नुपर्छ । विद्युत, सिँचाईमार्फत जनतालाई सम्मृद्ध गराउनु पर्छ, सकिन्छ । तर कसैकसैले लिखुखोला हाइड्रोमा ‘एक घर, एक रोजगार’ दिने भन्दै भोट माग्दै हिँडेको सुनेको छु । तपाईंको कुरा पनि सायद यही होला, त्यो गलत हो । यस्ता कुराले हाइड्रोपावर स्वयं विवादमा आउन सक्छ । सम्बन्धित निकायले नै यस्ता भ्रम चिर्नुपर्छ । हामी चाहन्छौं, हाइड्रोपावर आफैं विवादास्पद हुनुहुँदैन । योग्य व्यक्तिले आफ्नो योग्यता र क्षमतामा विश्वास गर्ने हो, आश्वासन दिने काम त बेइमानहरूको हो । सचेत हुनुपर्छ ।
० अन्त्यमा केही ?
– लिखुपिके गाउँपालिकामा एमालेको जितसँगै लिखुपिकेवासीहरूको धेरैधेरै सम्भावनाका ढोका खुल्नेछन् । जस्तो, बाँझो जमिन हामीकहाँ धेरै भएकाले युवाहरू कम बेरोजगार हुनुपर्ने हो । ‘व्यावसायिक कृषि, हाम्रो सम्मृद्धि’ मूलनारा बनाई योजनाबद्ध रूपमा युवाहरूलाई पौरखी बनाउन ध्यान दिनेछु । प्रकृतिको संरक्षण, पर्यटन प्रवद्र्धनअन्तर्गत पिके, लामाजुरालगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरी रोजगारी सिर्जना गर्नेछु । कृषि भूमिमा पानी, सिँचाइमा लगानीअन्तर्गत कृषि उत्पादनका लागि सिँचाइको व्यवस्थामा विशेष जोड दिई व्यावसायिक कृषिमा युवाहरूलाई आकर्षित गरिनेलगायतका स्वरोजगारजन्य विभिन्न कार्यक्रम सञ्चालन गरी लिखुपिके र लिखुपिकेवासीहरूमा समृद्धिको सुखानुभूति दिलाउने सवालमा हाम्रो अर्जुनदृष्टि रहनेछ । जसमार्फत ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने पार्टीको नारालाई पूरा गर्नेछु ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply