सशस्त्रमा पुष्परामको हालीमुहाली पाँच एआईजी बचाउन संगठनको संरचना बदल्ने तयारी
काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो सांगठनिक संरचनामा दीर्घकालीन असर पार्र्नेे गरी व्यापक हेरफेरको तयारी गरेको छ । अर्धसैनिक संरचनाको सुरक्षा निकायले सार्वजनिक सुरक्षा निकायबराबरको अधिकार लिन खोज्नु र त्यसैअनुसारको सांगठनिक संरचना तयार गरी हेरफेरमा लागेको हो ।
सरकारले प्रदेशमा सचिवस्तरको दरबन्दी कायम भए त्यहाँ प्रहरीको कमान्ड कन्ट्रोलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहने र सशस्त्र प्रहरीको पनि सोही कमान्ड रहने गरी प्रदेशमा एआईजीको ‘ससर्त’ दरबन्दी थप गरी बढुवा गरेको थियो । तर, सशस्त्र प्रहरी मुख्यालयले हालै बनाएको दरबन्दी थप तथा पुनःसंरचना समितिले तयार गरेको प्रतिवेदनमा भने प्रदेशमा निजामती कर्मचारीको तर्फबाट जुनसुकै तहको दरबन्दी गए पनि सशस्त्र प्रहरीको कमान्ड कन्ट्रोल केन्द्रमै रहनुपर्ने भन्दै एआईजीको दरबन्दी कायम रहने प्रस्ताव गरेको छ । संघीय प्रहरी ऐन नबन्दासम्म सशस्त्र प्रहरी ऐनमा समेत व्यवस्था नभएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दीसमेत अवैधानिक रहेको अवस्थामा सशस्त्र प्रहरीका उच्च अधिकारीहरू अहिले भएको सबै संरचनालाई हेरफेर गरी माथिल्लो दरबन्दी थप गर्न चाहन्छन् । एआईजी पुष्पराम केसीलगायतका जानकीराम भट्टराई, सुबोध अधिकारी, षडानन्द चौधरी, निराकारविक्रम शाह तथा राजेश श्रेष्ठको जोडबलमा प्रेम शाहीको संयोजकत्वमा बनेको सो समितिले सशस्त्र प्रहरी बललाई दीर्घकालीन असर पर्ने प्रतिवेदन तयार पारेको छ । फुली लगाएको १५ दिन बित्दा पनि सशस्त्र प्रहरीका पाँच एआईजी अहिले जिम्मेवारीविहीन बनेका छन् ।
उनीहरूको पदस्थापनबारे गृह मन्त्रालय अन्योलमा छ । बढुवा भएका एआईजीहरू प्रदेश इन्चार्जका रूपमा खटिने लबिइङमा छन् । तर, सरकारले प्रदेशमा राख्ने गरी थपिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको दरबन्दी फाजिलमा राख्ने निर्णय गरिसकेको छ । प्रदेशको गृह मन्त्रालयको सचिवमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी सचिवका रूपमा कार्यरत रहने तर एआईजी विशिष्ट श्रेणीको पद भएकाले समस्या आएपछि उनीहरू जसरी पनि सो दरबन्दी कायम राख्न चाहन्छन् ।
सो प्रतिवेदनअनुसार फाजिलमा जाने दरबन्दी कायम भए एआईजीको दरबन्दी १३ कायम हुनेछ । जबकि, नेपाल प्रहरीमा रहेको १५ एआईजीको दरबन्दीमध्ये सातवटा हाल फाजिलमा परिसकेको छ भने तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको समयमा तत्कालीन डीआईजी नारायणबाबु थापा संयोजकत्वमा बनेको ‘करियर डेभलपमेन्ट प्लानिङ’लाई समेत बेवास्ता गरी अहिले बनेको थप दरबन्दी तथा पुनःसंरचना समितिले भने प्रहरी निरीक्षकबाट जागिर सुरुवात गर्नेहरूलाई बढुवा हुन करिब १४ वर्ष कुर्नुपर्ने अवस्था आउने सशस्त्र प्रहरी मुख्यालयको एक अधिकृतले बताए ।
‘करियर डेभलपमेन्ट प्लानिङ राईकै पालामा बनेको थियो, त्यो प्रतिवेदनको अवस्था के छ भन्ने कसैलाई थाहा छैन,’ सशस्त्र मुख्यालय स्रोतले भन्यो । एकैपटक सशस्त्र प्रहरीमा प्रवेश गरेका केही व्यक्ति एआईजी र केही व्यक्ति सई पदमा कार्यरत रहेको अवस्थामा पनि सशस्त्र प्रहरीले उनीहरूको हाल बढुवा हुन सकेको छैन । स्रोतका अनुसार सशस्त्र प्रहरी थाना र चौकीजस्ता साना संरचनामा जान खोजिरहेको छ । ‘८५ वटा बोर्डर आउट पोस्ट (बीओपी) खारेजी गर्ने, सीमा सुरक्षा कार्यालयको कमान्डमा गण बनाउने र उनीहरूको कार्यविभाजनमा द्विविधा उत्पन्न गराउनेजस्ता विषयले उल्लेखले सशस्त्र प्रहरीको संरचना अर्धसैन्य फौजको जस्तो नभई नेपाल प्रहरीको जस्तो हुने ती अधिकृतको भनाइ छ ।
सरकारले प्रदेशमा सहसचिव स्तरको कर्मचारीलाई प्रदेशको मुख्य सचिवका रूपमा खटाएपछि सो समितले जसरी भए पनि प्रदेशको कमान्ड गर्न संगठनलाई आवश्यक पर्ने तीन बाहिनी बनाउन लागिपरेका हुन् । अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलमा प्रदेशमा एआईजीले कमान्ड गर्न तीन बाहिनी आवश्यक पर्ने सशस्त्र प्रहरी बलका उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार सशस्त्र बाहिनी, गण, गुल्म र बीओपीहरूलाई समायोजन गरेर तीनवटा बाहिनी बनाउन लागिपरेका हुन् । स्रोतका अनुसार यदि त्यस्तो भए गण, बाहिनी तथा निर्देशनालयहरू बढाउँदा एसएसपीमाथिको दरबन्दी मात्रै बढ्नेछ । तर, इन्सपेक्टरमा भर्ना भएकाहरूलाई भने वृद्धिविकासमा असर पर्नेछ । हाल सिंसं ४ मा भर्ना भएका ३९ जना १४ वर्षदेखि प्रहरी निरीक्षकमै छन् । सिंसं ७ अहिले ११ वर्ष भयो भने हाल सिंसं १२ को तालिम हुँदै छ ।
सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल, २०५६ ले अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बललाई २५ हजारभन्दा बढी संख्या नबनाउने भनेको थियो । तर, अहिले यसको संख्या करिब ३७ हजार पुगिसकेको छ । अझ संघीय संरचनामा जाँदा सेनाको जस्तै पृतनाको संरचना खडा गरे वा नेपाल प्रहरीको जस्तो आकार बनाए ६० हजारको हाराहारीमा पुग्ने अनुमान छ ।
gofF k’:ts
k|]dsf] jl/kl/
kl5Nnf] ;do, g]kfnL ;flxTodf km:6fpFbf] ljwfsf ¿kdf uhn ljwf /x]sf] 5 . /, uhn n]vgdf ;dlk{t /x]sf ;|i6fx¿n] uhn–n]vgdf gofF–gofF k|of]u / cg]s ljifoj:t’nfO{ p7fpg klg rfx]sf b]lvG5g\ . uhnsf] k/Dk/fut dfgsnfO{ kG5fpFb} ;|i6fx¿n] gofF kl/j]z / 36gfqmdnfO{ n]vgsf] ljifoj:t’ agfpFb} cfPsf 5g\ . kl5Nnf] ;do uhn n]vgdf nflu/x]sf yfkf ylstn] klg cg]s ljifodf 6]s]/ uhn n]vgnfO{ ;d[4 t’NofpFb} nu]sf 5g\ . pgsf] …hln/x]sf cf:yfx¿Ú To;s} ;Unf] pbfx/0f aGg k’u]sf] 5 .
gofF k’:tfsf uhn–;h{sx¿n] cfkm”n] ef]u]sf, b]v]sf / 5fd]sf 36gfnfO{ g} uhn n]vgdf ptfl//x]sf 5g\ . ylstn] klg ToxL qmdnfO{ k5\ofPsf 5g\ . x/]sh;f] g]kfnL ;|i6f b]zsf] ;Ldf ldlrFbf xtk|e aGg k’U5g\ . ;Ldf ldlrFbf To;df zflAbs k|lt/f]w ug{ ;|i6fx¿ kl5 x6\b}gg\ . b]zsf] ;Ldf ldlrFbf hfu?s aGg] ;|i6fx¿sf k+lQmdf pgn] cfkm”nfO{ klg pEofPsf 5g\ . ;fy}, ;Ldf ldRg] l5d]sLk|lt nkSs} 6fFl;g] zf;sk|lt klg pgsf] cfqmf]z kf]lvPsf kfOG5g\ . pgL n]V5g\, …a’4 ef/tdf hGd] eGb} em”6f] k|rf/ lkmFhfof] cfh÷cl:tTjdf wfjf af]Nbf g]kfnLnfO{ laemfof] cfh÷jL/ xfdL g]kfnL egL ljZjdf k’vf{n] lrgfsf lyP÷sfnfkfgL, ;’:tf ?Fbf cfF;’n] k/]nL lehfof] cfhÚ .
k|]d, Ps ljzfn kmns xf] . l;+uf] ljZj, b]z, ;dfh / kl/jf/ k|]ds} hudf plePsf 5g\ . ha k|]dsf] hu xlNng yfN5, ;a}lt/ 3[0ff, cfqmf]z, sf]nfxn, ljt[i0ff, eosf sDkgx¿ k}bf x’g k’U5g\ . uhn–;|i6f ylstn] b]z–k|]d, /fli6«otf, dfgjLo kIfx¿af/] n]v] klg pgsf] n]vgsf] d”n :j/ eg] k|]d g} xf] . pgsf] k|]dsf] ;fFw ljzfn k|tLt x’G5 . To;df k|]ddf wf]sf kfPsf]b]lv rf]vf] dfof nufpg];Ddsf syf–Joyf 5/k:6 ePsf 5g\ . pgL n]V5g\, …ltdL d]/f] of] hLjgdf gcfPsf] xf]Og÷d}n] klg ltdLnfO{ g} grfx]sf] xf]Og÷hLjgsf] ;’vb’Mv Ps} 7fpF ;Fufn]/÷ltd|f] gfdsf] uLt n]vL gufPsf] xf]OgÚ .
To;f] t k|]d–k|0fosf uhn n]Vbf ylstn] cl3Nnf] k’:tfsf df]lt/fd e§, eLdlglw ltjf/L / kl5Nnf] k’:tfsf 1fg’jfs/ kf}8]n, k|s6 kFu]gL …lzjÚn] k5\ofPsf z[+ufl/s kIfnfO{ klg cFufNg k’u]sf 5g\ . pgL n]V5g\, …ed/f km”n b]v]/ cfof] Tof] ns]{ 8fnLdf÷gh/ d]/f clNemof] ltd|f] ¿ksf] nfnLdf÷cK;/fh:t} emnemnL ¿k df]lxgL Tof] rfn÷k5{g\ n6\7} legfh’x¿ b]v]/ ;fnLdfÚ . cGttM cu|h uhn–lzNkL a”Fb /fgfn] ylstsf] uhn–n]vgk|lt u/]sf oL l6Kk0fL ;fGble{s nfU5g\, …k|s[ltn] dfG5]nfO{ ax’d”No pkxf/sf ¿kdf k|bfg u/]sf] s’/f ljrf/ xf] . xfdLnfO{ yfxf ePs} s’/f xf], ljrf/sf b’O{j6f kf6f x’g] u5{g\, c;n ljrf/, v/fa ljrf/ . c;n ljrf/ ;[li6sf] ;DklQ xf], h;n] ;w}+ ;d[l4lt/ 8f]¥ofpF5 eg] v/fa ljrf/ ljklQ xf] / To;n] ljgfz lgDTofpF5 . uhnsf/ ylstn] cf:yfnfO{ hln;s]sf] ;Daf]wg u/]/ cf:yfn] hn]/} eP klg Gofgf] / pHofnf] k|bfg ug]{ ;sf/fTds ljrf/ k|s6 u/]em+} nfU5 .Ú
s[lt M hln;s]sf cf:yfx¿
ljwf M uhn
uhnsf/ M yfkf ylst
k|sfzs M l;Gw’nLu9L k|sfzg
k[i7 M &@
d”No M %%.–
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply