सामान्यलाई भ¥याङ बनाउँदै सहचारी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निजी सचिवलायवाट एक जनाले बिदा लिए पनि पनि अर्का निजी सचिवले भने चलखेल जारी राखेका छन् । मन्त्री पण्डितका निजी सचिव होमप्रसाद लुइँटेलले मन्त्रालयमा रहेर कर्मचारीहरूको सरुवा बढुवा र काजमा सेटिङ मिलाउँदै आएका छन् । उपसचिव लुइँटेल मन्त्री पण्डितको दुवै कार्यकालका निजी सचिवसमेत हुन् ।
पछिल्लो समय भने उपसचिव लुइँटेलले मन्त्रालयमा बसेर आफ्नो उद्धार गर्ने परिपाटी मिलाएका छन् । उनी केही महिनापछि नै नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सांस्कृतिक सहचारी भएर जाँदै छन् । मन्त्रीको निजी सचिव हुनुको फाइदा उठाउँदै लुइँटेलले परराष्ट्र मन्त्रालयमा उपसचिवको दरबन्दी मिलाएका थिए । परराष्ट्रका एक जना उपसचिव केही महिनापछि नै दिल्लीमा आफ्नो तीनवर्षे कार्यकाल सिध्याएर काठमाडौं फर्किंदै छन् । ती उपसचिव काठमाडौं फर्किएपछि लुइँटेल सांस्कृतिक सहचारी भएर नयाँ दिल्ली जान लागेका हुन् । मासिक २ लाखभन्दा बढी तलब र सेवासुविधा हुने सांस्कृतिक सहचारी पद निकै आकर्षक मानिन्छन् ।
२०७१ सालमा पण्डित पहिलोपटक सामान्य प्रशासनमन्त्री हुँदा पनि उनी निजी सचिवका रूपमा कार्यरत थिए । त्यतिबेला उनी कम्पनी रजिस्ट्रारको कार्यालयबाट मन्त्रीको निजी सचिवका रूपमा आएका थिए । तर, कम्पनी रजिस्ट्रारमा भएको बेला उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चारपाँचवटा मुद्दा परेको थियो । लुइँटेलले कम्पनी रजिस्ट्रारको कार्यालयमा रहँदा आर्थिक चलखेल गरेको भनी त्यतिबेला मुद्दा परेको थियो । अझै पनि उनी अख्तियारको अनुसन्धानको दायराभित्रै रहेको बताइन्छ । उनीविरुद्धका मुद्दा किनारा लागिसकेको छैन ।
पछिल्लोपटक २०७४ फागुन ४ गते पण्डित जनसंख्या तथा वातावरणमन्त्री बनेपछि लुइँटेल नै निजी सचिव बन्न पुगेका थिए । तर, उनी मन्त्रीको निजी सचिवका रूपमा कार्यरत रहे पनि सो मन्त्रालयमा रहेको सरुवा, काजको सेटिङ मिलाउन भने खप्पिस रहेको बताइन्छ । उनले अरू कर्मचारीसँग मिलेर सेटिङ कार्य गर्दै आएका छन् । खासगरी, पैसा दिन सक्ने हैसियत राख्ने कांग्रेसनिकट कर्मचारीहरूलाई आर्थिक चलखेलकै आधारमा विभिन्न आकर्षक नगरपालिका र अरू निकायहरूमा सरुवा गर्ने, काजमा पठाउने कामको नेतृत्व लुइँटेलले नै गर्दै आएका छन् । नयाँ दिल्ली जानुअघि व्यापक रूपमा कर्मचारीहरूको सरुवा गरेर आर्थिक लाभ लिने कार्यमा उनी अचेल व्यस्त रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply