24th September 2017, Sunday

E-budhabar

सुनगाभा र झारबीच अन्तर



हरेक क्षेत्र कुनै न कुनै गलत प्रवृत्तिबाट ग्रसित छ । चाहे राजनीति होस् वा साहित्यिक, सांस्कृतिक, कला वा सिर्जनाका अरू क्षेत्र नै किन नहोस्, आफ्नो वृत्तका मुसालाई अजंगको हात्तीका रूपमा देख्ने प्रवृत्ति हावी छ । यस्तो प्रवृत्ति सबै पन्थीहरूमा व्याप्त छ । चाहे दक्षिणपन्थीहरूमा होस् वा उग्रपन्थीहरूमा नै किन नहोस्, आफ्नो वृत्तका सामान्य चिजलाई पनि महान् र विशालताको पगरी गुथाएर रमाउने प्रवृत्ति मौलाउँदै आएको छ । अझ यस्तो प्रवृत्तिलाई त दीर्घ–प्रकृतिका बिमारीसँग तुलना गर्दा अन्यथा नठहरिएला ।
हरेक क्षेत्रमा हेर्दा त्यही प्रवृत्ति देखिन्छ । आफ्नो खेमाका मुसालाई हात्तीका रूपमा उभ्याएर दुनिया“को आ“खामा खुर्सानीको बास्नादार धुलो छर्ने काम बारम्बार हुँदै आइरहेको छ । सबै क्षेत्र यस्तो प्रवृत्तिबाट ग्रसित रहेको बेला झन् साहित्य, संस्कृति र कलाका क्षेत्रमा नहुने प्रश्नै छैन । अचेल मात्र होइन, दशकौंदेखि आफ्नो खेमाको मुसालाई उचालेर रमाउने प्रवृत्ति साहित्यमा निकै गढ्दै आएको छ । थाहा छैन, पहिला–पहिला यसको आयतन कति फराकिलो हुन्थ्यो वा ह“ुदैनथ्यो तर अहिले भने यस्तो प्रवृत्तिले निकै गहिरो जरा गाड्न पुगेको छ र आयतन पनि तन्किँदो छ । कतिपयले वैचारिकताको आडमा आफ्नो वृत्तका सामान्य सर्जकका सिर्जनात्मक पक्षलाई हिमचुलीकै उचाइ दिने र कतिपयले कलात्मक छटाले युक्त आफ्ना वृत्तका सर्जकका रचना–संसारलाई महान् र उच्च देख्ने प्रवृत्तिले सिर्जनाको धरातल कुरूप हुँदै गइरहेको छ ।
अचेल मात्र होइन, दशकौंदेखि दक्षिणपन्थलाई आत्मसात् गर्ने सर्जकहरू प्रायजसो साहित्य, कला, सांस्कृतिक पाटोलाई राजनीतिक सिद्धान्त र वादको घेराबाट टाढै राख्नुपर्ने सुझाव वितरण गर्दै आइरहेका छन् । साहित्य, कला वा सांस्कृतिक क्षेत्र राजनीतिक वादबाट माथि उठेको हुनुपर्ने तर्क र अडान राख्नेहरूको निश्चय नै हामीकहाँ कमी छैन । अझै पनि सिर्जनाको संसारमा त्यस्ता तर्क सार्नेहरूको जमात नै छ । तर राजनीतिमुक्त सिर्जनाको वकालत गरे पनि त्यस्तो जमातले भित्रभित्रै भने ठूलो र भयावह राजनीति गरिरहेका हुन्छन्, यथार्थको यो पाटोलाई छोपछाप पार्न भने पक्कै पनि सकिँदैन । त्यसको ठीक उल्टो, उग्रपन्थलाई अ“गाल्नेहरू विचारविना कुनै पनि सिर्जना शून्य एवं बेस्वादिलो हुने तर्क राख्छन् । वैचारिक रूपले उन्नत, समृद्ध र भरिपूर्ण सिर्जनाको पक्षमा खुलेरै बहस गर्न रुचाउँछन्, त्यस्ता पक्षहरू । साहित्यमा कला भएन र विचार मात्रै भयो भने त्यो कति खल्लो हुन्छ र विचार भएन तर कला मात्रै भयो भने त्यस्तो सिर्जनाको आयु कति लामो हुन्छ भन्ने कुरा सिर्जनाका मर्मज्ञहरूले नबुझेको विषय पक्कै होइन । निश्चय नै विचार र कलात्मक पक्षको उचित संयोजनको माग गर्दछ सिर्जनाका हरेक विधाले, हरेक माध्यमले । संसारमा जति पनि कृतिहरू चम्किएका छन्, ती यी दुवैको संयोजनको उत्कृष्ट उदाहरण बनेर नै चम्किएका छन् ।
कुनै बेला खासगरी नेपालका वामपन्थी वृत्तका साहित्य सर्जकहरूमा एउटा रोग नै फैलिएको थियो, आफ्नो वरिपरि, त्यसमा अधिकांश त आफ्नै वृत्तका साथीभाइ मात्रै हुन्थे, का रचनामा मात्र बहस चलाउने र त्यसलाई जसरी भए पनि चर्चित तुल्याउने । ती सर्जकहरूका त्यस्तो प्रयास योजनाबद्ध नै हुन्थ्यो । समयक्रममा ती सर्जकहरू छिन्नभिन्न भए । तर पनि उनीहरूमा भित्रिएको प्रवृत्तिगत चिन्तन र सोचाइका कारण लेखनमा भने त्यो अझै हट्न सकेको छैन । अहिले पनि नेपाली साहित्य, कलाका क्षेत्रमा त्यसका झिल्काझिल्कीहरू यदाकदा देख्न पाइन्छन् । त्यस्तो प्रवृत्ति दक्षिणपन्थी वृत्तका साहित्य सर्जकहरूमा पनि पहिलादेखि नै देखिँदै आएको यथार्थलाई मेट्न सकिँदैन । अहिले पनि त्यो क्रम टुटेको छैन । कुनै बेला त नेपाली साहित्यमा क्षेत्रीयतावाद पनि हावी हुन पुग्यो । आफ्नो क्षेत्रका व्यक्तिलाई टपक्क टिपेर रातारात राष्ट्रिय स्तरमा स्थापित तुल्याउने काम पनि प्रशस्तै भए । माध्यमहरू आफ्नो मुठीमा भएको बेला त्यस्तो देखियो, पटकपटक भइरह्यो ।
खरा वामपन्थी सर्जकहरूमा त त्यस्तो प्रवृत्तिले चर्को डेराडन्डा नै जमाएको कुरालाई नकार्नै सकिँदैन । आफ्नोबाहेक अरू वृत्तका सर्जकलाई कीराफट्यांग्रा नै नगन्ने प्रवृत्ति हिजो जुन रूपमा थियो, आज पनि त्यही रूपमै यथावत् छ । कुनै कमी आएको छैन । आफ्नो वृत्त वरिपरि भुन्भुनाउने भुसुनालाई भ“वराका रूपमा देख्ने सौन्दर्यदृष्टि त्यस्ता सर्जकहरूमा व्याप्त छ अझै । बेग्लै वृत्तमा फक्रिरहेको सुनगाभालाई गन्धेझारको रूपमा देख्ने सौन्दर्य चेतलाई उनीहरूले आफ्नो महानताको रूपमा परिभाषित गरिरहेका हुन्छन् । यसले के सत्य हो र के असत्य हो भन्ने कुरालाई नै गोलमटोल बनाइदिन्छ । तर संसारमा सत्य त एउटै हुन्छ, जुन कुरा भारतका प्रसिद्ध कम्युनिस्ट नेता, चिन्तक र दार्शनिक शिवदास घोषले सगौरव भनेका थिए । सुनगाभालाई सुनगाभाकै रूपमा देख्नु सत्य हो तर त्यसलाई गन्धेझारका रूपमा देख्नुलाई कसरी सत्य मान्न सकिन्छ ? कि त दृष्टिभ्रमको सिकार हुनुप¥यो, होइन भने आकृति, गन्ध र मौसमका कारण पनि सुनगाभा र गन्धेझारबीच निश्चय नै फरकपना छ, र हुनुपर्छ पनि ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा