22nd November 2017, Wednesday

E-budhabar

हामीकहाँ नाम मात्रको ‘रिसर्च’ भइरहेको छ



हामीकहाँ नाम मात्रको ‘रिसर्च’ भइरहेको छ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले कोलम्बो प्लान स्टाफ कलेज मनिलासँगको सहकार्यमा प्राविधिक शिक्षाको अनुसन्धानलाई चुस्त र बलियो बनाउने उद्देश्यले कार्यक्रम सुरु गरेको छ । सीटीईभीटीकै पूर्वसदस्य सचिव डा. लामिछाने कोलम्बो प्लान स्टाफ कलेजमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक छनोट भएर जिम्मेवारी ग्रहण गरेलगत्तै यो कार्यक्रम सुरु भएको हो ।एसिया प्यासिफिकअन्तर्गत १७ देश आबद्ध कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक लामिछाने सीटीईभीटीका पूर्वसदस्य सचिव भएका नाताले पनि प्राविधिक शिक्षाको विकास र विस्तारमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रस्तुत छ, हाल मनिलामै रहेका लामिछानेसँग गरिएको इमेल संवाद ः

० कोलम्बो प्लान स्टाफ कलेजले सीटीईभीटीसँगको सहकार्यमा केही दिनअघि गरेको तालिमको खाँचो किन प¥यो ?

– कोलोम्बो प्लान स्टाफ कलेज र सीटीईभीटी मिलेर प्राविधिक शिक्षाको क्षेत्रमा क्रियाशील जनशक्तिलाई प्राविधिक तथा व्यावसायिक क्षेत्रमा आवश्यक अनुसन्धान र विकास विषयमा जानकारी दिन र सक्षम बनाउन यो कार्यक्रम गरिएको हो । रिसर्च डिजाइन, रिसर्च कसरी गर्ने, अनुसन्धानलाई अझ कसरी चुस्त बनाउने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्ने विषयमा यो तालिम केन्द्रित छ । हामी विभिन्न भोकेसनल ट्रेनिङहरू चलाउँछौं, तर अहिले जहाँ पनि मुख्य मुद्दा के भएको छ भने दक्ष प्राविधिक जनशक्तिको माग र आपूर्तिबीच तालमेल मिलेको छैन । त्यो ग्याप किन भयो भने प्राविधिक विषयका हाम्रा पाठ्यक्रमहरू अनुसन्धानमूलक छैनन्, हामी त्यहीँ चुकिरहेका छौं । बजार अनुसन्धान गर्ने, कस्तो खाले जनशक्तिको आवश्यकता बढ्दो छ ? तिनीहरूको माग बढिरहेको छ कि घटिरहेको छ ? भन्ने कुराको प्रभावकारी अध्ययन नै भएन ।

जस्तै ः हामी मेकानिकल टे«निङ दिन्छौं भने सधैं एउटै खाले कार्यक्रम भएको छ । हामीले हाम्रै देशमा रहेको जनकपुरको रेलको लिक बनाउन सकेका छैनौं, सल्यानको खुकुरी बनाउने एउटा बूढो मरेपछि त्यहाँको खुकुरी कसले बनाउने भन्नेसम्मका हामीकहाँ समस्या छ । खोइ त त्यतातिरको हाम्रो अध्ययन र अनुसन्धान ? हामीकहाँ त्यो अभ्यास हुन सकेको छैन । यसकारण, जुन देशमा कार्यक्रम गर्दै छौं, त्यही देशको बजार र ग्लोबल मार्केटलाई अध्ययन गरेर हरेक वर्ष पाठ्यक्रममा सुधार गर्नुपर्छ भन्ने मान्यतामा यो कार्यक्रम गरिएको हो ।

० दक्षिण एसियामा सीप विकास र जनशक्ति उत्पादन र खपत सम्बन्धमा नेपालको अवस्था कस्तो पाउनुभयो ?

– हामीले टेक्निकल तथा व्यावसायिक तालिम र सीपको कार्यक्रम सुरु गर्दा हाम्रा पूर्वाधार र संरचनाको हिसाबमा अन्य देशको तुलनामा अघि नै थियौं । हामी कहाँ पछाडि छौं भन्दा हामीले समयअनुसार अपडेट गर्न सकेका छैनौं । हामीभन्दा पछि सुरु गर्ने कति देशले निकै फड्को मारिसकेको अवस्था छ । यसको मुख्य कारण हामीले नयाँ कुरा इनोभेसन र रिसर्चमा मतलबै राखेनौं । हामी जे थियौं, त्यसैमा रमाइरह्यौं, यसले गर्दा बजारले हामीलाई छोड्दै गयो । समयको प्रवाहअनुसार हामी चल्न सकेनौं । मार्केटमा हामी अग्रणी हुँदाहुँदै मार्केटले हामीलाई छोडिसकेको छ ।

० अन्य देशमा कस्तो हुँदो रहेछ ?

– मुख्य कुरा पाठ्यक्रम हो । त्यहाँको पाठ्यक्रम हाम्रो जस्तो समय सान्दर्भिक नभएको होइन । दक्षिण कोरियाले प्रत्येक वर्ष त्यस्ता कोर्समा रिभाइज गर्ने गरेको छ, किनभने अहिलेको समय भनेको आईटीको समय भइसकेको छ । आईसीटी र टेक्नोलोजीले गर्दा अहिले सिकाएको कुरा ६ महिनापछि पुराना भइसकेका हुन्छन् ।भर्खरै युनेस्कोले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । त्यो रिसर्चले के देखाएको छ भने हामी यही टे«न्डमा गयौं भने सन् २०२० मा ५५ प्रतिशत मान्छे बेरोजगार हुनेछन् । किनभने, अबको ५ वर्षपछि आउने स्किल र अहिले सिकिरहेको स्किल म्याच नै हुँदैन । अहिलेको ज्ञान इन्फर्मेसन बेस, टेक्नोलोजी बेस भइरहेको छ ।

हामीचाहिँ आजभन्दा २० वर्षअघिको कोर्स पढाइरहेका छौं । यसले हाम्रो लगानी पनि खेर जान्छ, उत्पादित जनशक्ति बजारमा खपत हुन सक्ने अवस्थै हुन्न । हेर्दा जनशक्ति उत्पादन भएको देखिन्छ, तर खपत नै हुँदैन । किनभने, त्यहाँ टेक्नोलोजी, स्किल ग्याप भइसकेको हुन्छ ।अहिले टेक्निकल, डिजिटल, एन्टरप्रेरिनियर र सोसियल चारवटा स्किल सिकाउन सकिएन भने त्यहाँबाट उत्पादित विद्यार्थीले काम पाउँदैनन् । जस्तो अहिले मध्यपूर्वमा मान्छे गइरहेका छन्, त्यहाँ गएका मान्छेले त्यहाँको भाषा, नयाँ टेक्नोलोजीमा र अलिकति पढेलेखेको मान्छे पठाउन सकिएन भने नेपालीहरूलाई अरूले विस्थापित गर्नेछ । अहिले ती देशहरूमा रहेका नेपालीलाई क्रमशः श्रीलंका, बंगलादेश, फिलिपिन्सलगायतका देशका कामदारले विस्थापित गरिरहेको अवस्था छ । यसका लागि पनि रिसर्च हुनु जरुरी छ । बजारको माग कस्तो छ ? पत्ता लगाएर अनुसन्धानमा आधारित पाठ्यक्रम बनाउनुको विकल्प छैन ।

० नेपालमा अनुसन्धानमूलक पाठ्यक्रम निर्माणको अवस्था कस्तो छ त ?

– नेपाल वास्तवमै अनुसन्धानमा पछाडि नै छ । हामी रिसर्च बेस काम गरिरहेकै छैनौं । यहाँ (सीटीईभीटीमा) मात्र होइन, अन्य क्षेत्रमै पनि हामी कमजोर छौं । प्राविधिक मात्रै होइन, अन्य अनुसन्धानका निकायहरूको अवस्था हेर्दा पनि थाहा हुन्छ । त्रिभुवन विश्वविद्यालयको अनुसन्धान गर्ने निकाय सेरिडको बिजोगबाटै त्यो पुष्टि हुन्छ । अध्ययन–अनुसन्धान गर्ने निकायमा अनुसन्धान नै हुँदैन । त्यहाँ त मान्छे लगेर थन्क्याउने ठाउँजस्तो भइरहेको छ ।

० नेपालमा नारामा प्राविधिक शिक्षाका कुरा कमजोर छैनन् । तर, यसले गति लिन सकिरहेको छैन, किन होला ?

– पहिलो कुरा राज्यले अध्ययन अनुसन्धानका लागि लगानी गर्नुप¥यो । लगानीका लागि रिसर्च गर्न सक्ने जनशक्ति तयार गर्नुप¥यो । टेक्नोलोजी दिनुप¥यो । रिसर्च रिपोर्टका आधारमा नीतिगत निर्णय हुनुपर्यो । विश्वका अन्य मूलूकको शिक्षाका नीति नियम हेर्दा अनुसन्धानले निर्देशित गर्दो रहेछ, जुन कुरा मैले पनि अहिले थाहा पाएको छु । हामीकहाँ रिसर्च गर्ने नाम मात्रको भइरहेको छ । त्यसैलाई नसुधारी हुन्न । यसका लागि सबैले प्रयास गर्नु जरुरी छ ।
शैक्षिक संस्थामा न्यूनतम पनि कुल बजेटको १० प्रतिशत बजेट अध्ययन–अनुसन्धानलाई दिनुपर्छ । हामीकहाँ त शून्य वा शून्य दशमलव १ प्रतिशत पनि छैन, रिसर्चका लागि । २ लाख, ३ लाख दिएर उही झारा टार्ने, टेन्डर निकाल्ने, ३ लाखको कोटेसन लिएर रिसर्च ग¥यौं भने त रिसर्च हुन्न नि ! रियल रिसर्च बेस्ड (अनुसन्धानात्मक) भएर पाठ्यक्रम डिजाइन गर्यौं भने सफल हुन्छ ।

० तपाईंहरूले गर्नुभएकोे पाँचदिने गोष्ठीबाट अनुसन्धानको क्षेत्रमा कस्ता खाले जनशक्ति तयार हुन्छन् त ?

– कम्तीमा पनि सीटीईभीटीको अनुसन्धानसहित अरू विभागहरू र प्राविधिक शिक्षा दिने टेक्निकल स्कुलहरूका व्यक्तिहरूले आ–आफ्नो ठाउँमा गएर अनुसन्धान गर्न जान्ने सीप सिक्नेछन् । उनीहरूले प्रपोजल बनाउने, टुल कसरी बनाउने, डिजाइन कसरी बनाउने, रिपोर्ट कसरी लेख्ने तरिका सिक्नेछन् ।
अबको पाँच वर्षमा नेपाललाई कस्तो खाले जनशक्ति चाहिएला ? पाँच वर्षपछि यहाँ कतिजना प्लम्बर चाहिन्छ ? नर्स कति चाहिन्छ ? भन्ने कुरा हचुवाको भरमा भन्दा बजार हेरेर उनीहरूले गर्ने अनुसन्धानबाट आएको तथ्यले पक्कै यथार्थ बाहिर आउँछ । त्यति मात्र होइन, प्राविधिक विद्यालयहरूलाई दिने सम्बन्धनको पुष्टि पनि उनीहरूले गर्ने अनुसन्धानले पत्ता लगाउन सक्छ । त्यसैले, हामी यस तालिमबाट आशावादी नै छौं ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा