हेभी इक्विपमेन्टको अध्यक्षमा कुँवर
काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको पहिलो अधिवेशनले ताराबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा शुक्रबार र शनिबार भएको अधिवेशनले कुँवरलाई दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ, महासचिवमा उमाकान्त शर्मा, सचिवमा महेशराज पौडेल र कोषाध्यक्षमा सुरेश खत्रीलाई चयन गरेको छ । यसैगरी, सातवटा प्रदेशबाट एक–एक जना उपाध्यक्षसमेत चयन गरिएको छ । जसमा प्रदेश नं. १ बाट धर्मेन्द्र श्रेष्ठ, २ बाट दुर्गानन्द प्रसाद साह, ३ बाट सुनील थापा, ४ बाट पूर्णचन्द्र पोखरेल, ५ बाट वसन्तप्रसाद भुसाल, ६ बाट पदमबहादुर खड्का र ७ बाट दिलबहादुर ओली चयन भएका छन् ।
यसैगरी, सहसचिवमा राजेश पराजुली र सहकोषाध्यक्षमा धर्म बस्याल चयन भएका छन् । केन्द्रीय सदस्यहरूमा भने फणीन्द्र भट्ट, मोहनदेव नाथ, जयबहादुर साउद, जनकराज लेखक, सुरेशमान श्रेष्ठ, राजाराम न्हिसुतु, रामचन्द्र प्रधानांग, बालकृष्ण कोइराला, नीलकण्ठ पोखरेल, ऐनबहादुर राउत, हर्कबहादुर श्रेष्ठ, अमृत घिमिरे, खिन्तबहादुर भण्डारी, प्रकाश खत्री, यादवलाल श्रेष्ठ, नरेश बुढाथोकी, प्रद्युम्न चौधरी, राजेशकुमार गुप्ता, ओमनाथ न्यौपाने, नारायणबहादुर खड्का, मोहनकुमार श्रेष्ठ, विश्वास कार्की, सन्देश पाठक, सरोज कुँवर, डिल्लीबहादुर डाँगी, चक्रपाणि शर्मा, गोविन्दप्रसाद सापकोटा, सूर्य थापा, रणबहादुर अधिकारी, महेश भट्ट र रघुनाथ पौडेल चयन भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply