18th July 2018, Wednesday

E-budhabar

१७ सय सरकारी कर्मचारीद्वारा नियमको अटेर



काठमाडौं । मुलुकको प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबारभित्रैका कर्मचारीहरूले सरकारी नियमको अटेर गर्ने गरेको तथ्य पत्ता लागेको छ । सरकारी नियामक निकायले गरेको अनुगमनबाटै यो तथ्य पत्ता लागेको हो । अनुगमनमा सिंहदरबारभित्रै रहेका अधिकांश मन्त्रालय र अन्य सरकारी कार्यालयका कर्मचारीहरूले नियमअनुसार सरकारी नियम उल्लंघन गरेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोसाक नलगाउने करिब १ हजार ६ सय ६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४÷७५ मा ८ सय १९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोसाक नलगाउने एक हजार ६ सय ६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको हो । कारबाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने १ हजार १ सय १९ जना र पोसाक नलगाउने ५ सय ४९ जना रहेका छन् ।
कारबाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी छन् । केन्द्र स्रोतका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १ सय ८८ जना समय पालना नगर्ने र २ सय ८० जना पोसाक नलाउने कर्मचारी परेका छन् । समय पालना नगर्ने र पोसाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गर्न निर्देशन दिइएको बताइएको छ । स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारबाही गर्न सिफारिस गरिएको बताइएको छ ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

नेकपाको विधान र नियमावली पारित

महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विडम्बनाको पर्दाफास

हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा