अध्यागमनमा भक्तनारायणको भोजन
काठमाडौं । कालिकास्थानमा रहेको अध्यागमन विभाग विभिन्न कार्यालय र त्यस अन्तर्गत विभिन्न शीर्षकमा हुने खर्चको रकम भोजन गर्ने अखडाका रूपमा परिणत भएको छ । सो कार्यालयका लेखा शाखामा कार्यरत लेखापाल भक्तनारायण श्रेष्ठले मनोमानी ढंगले कार्यालयको खर्च दोहन गर्न थालेपछि अध्यागमन परिसरमा यस्तो चर्चा हुन थालेको हो ।
नक्कली कागजातलाई सक्कलीसरह मानी लाभ लिएर अधिकांश मानिसलाई विदेश पठाउने कार्यमा समेत संलग्न भनेर बदनाम हुन थालेका अध्यागमनका कर्मचारीहरू पछिल्लो समय रातारात लेखा शाखाबाट रकमको दोहन गर्न थालेपछि थप बदनाम भएका छन् । र त्यसको अगुवाइ लेखापाल भक्तनारायणले लगातार चार वर्षदेखि गर्दै आएको बुझिएको छ ।
जो निजामती सेवा नियमावलीको प्रावधानविपरीत एकै ठाउँमा लगातार चार वर्षदेखि बसेर आर्थिक अपचलनदेखि अन्य चारित्रिक बदनामीको काम गर्दै आएको स्रोतको दाबी छ । यो चार वर्षका बीचमा आधा दर्जनभन्दा बढी महानिर्देशक फटाइसकेका लेखापाल श्रेष्ठले चारवर्षे अध्यागमनको बसाइमा विभिन्न स्थानमा घरघडेरी जोडेको सहकर्मीहरू बताउँछन् ।
भोजपुरका सामान्य आर्थिक हैसियतका यिनले यो चारवर्षे अवधिमा अकूत सम्पत्ति आर्जन गरिसकेको र अख्तियारबाट छानबिनको घेरामा राख्नुपर्ने आवाज उठेको छ । विभागदेखि देशभरका कार्यालय सञ्चालन, आवश्यक सामान खरिद, विभागबाट विभिन्न कार्यक्रममा गरिने खर्चको कमिसन नै यिनको कमाइको मुख्य स्रोत भएको सहकर्मीहरू बताउँछन् । विभाग परिसरमा पाल्पाली खाजा घर नामको क्यान्टिन विगत ६ वर्षदेखि केशव पोखरेलले सञ्चालन गरिरहेका छन् । उनलाई बिनाप्रतिसपर्धा लेखापाल श्रेष्ठले सो क्यान्टिन चलाउन दिएको र त्यसबापत मासिक ४० देखि ५० हजार रूपैयाँसम्म उनले बुझ्ने गरेको चर्चा छ ।
श्रेष्ठले विभागमा आउने लेखा अधिकृतलाई अनेक ढंगले बदनाम गर्ने र टिक्नै नदिने गरेका आरोप पनि छ । अहिलेका महानिर्देशक दीपक काफ्लेसँग पनि राम्रै समन्वय गरिसकेका श्रेष्ठले यस अघिका महानिर्देशक केदार न्यौपानेसँग भने विवाद गरेका थिए । विवादका कारण महानिर्देशक न्यौपानेले उनको कार्यकक्षमा छिर्नसमेत लेखापाल श्रेष्ठलाई प्रतिबन्ध लगाएको बुझिएको छ । त्यहाँ आफूभन्दा माथिल्लो तहमा आउने लेखा अधिकृतसँग उनले महालेखा नियन्त्रकको कार्यालयका प्रशासन शाखाका सहसचिव केवल भण्डारीसँगको सम्बन्ध हवाला दिएर उनीहरूलाई अटेर गर्दै आएका थिए । पछिल्लो सरुवामा पनि उनै सहसचिव भण्डारीलाई ५ लाख रूपैयाँ बुझाएर उनी सोही अड्डामा थमौती भएको बुझिएको छ । लेखाअधिकृत निरज केसीसँग त उनले झगडा नै गरी हैरान पारेका थिए । केसीको चाँडै नैै सरुवा भएपछि अर्को लेखा अधिकृतलाई आउनै नदिई करिब एक वर्षसम्म त उनी एक्लैले विभागको लेखा प्रमुख भएर काम गरेका थिए ।
विभागमा आउने प्रायः महानिर्देशकदेखि निर्देशकहरूलाई समेत अटेर गर्ने र प्रचलित मूल्यभन्दा बढीका खरिदमा तथा खर्चमा हस्ताक्षर गर्न लगाउने गरेको गुनासो छ । दीपलक्ष्मी इन्टरप्राइजेजलाई यसै हप्ता मात्र लेखापाल श्रेष्ठले २ लाख ५ हजार र १ लाख ८५ हजार गरी दुई किस्ता भुक्तानीका लागि चेक काटेका थिए । त्यस रकममा पनि आधा रकम उनले कमिसन लिएको स्रोतको दाबी छ । त्यस्तै, नमबुद्ध ट्रेड एन्ड सप्लायर्सलाई सार्वजनिक सम्पत्ति मर्मतसम्भारका लागि भन्दै ९८ हजार भुक्तानी दिएको बुुझिएको छ । उनले अहिले भएका लेखाअधिकृतलाई समेत उनले आफू चार वर्षदेखि कार्यरत रहेको, सबै थाहा भएको आदि बताएर निरीह बनाएको बुझिएको छ । विभागमा आएको बजेटबाट अतिरिक्त कमाइ गर्न सफल श्रेष्ठ महिलाका मामिलामा अत्यन्त कमजोर भएको बुझिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply