आफ्नै रेकर्ड ब्रेक गरे देउवाले
काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले विगतमा आफैंले राखेको रहर्ड यसपटक आफैंले ब्रेक गरेका छन् । २०५२ सालमा सबैभन्दा ठूलो ४८ सदस्यीय मन्त्रिमण्डल बनाएर रेकर्ड बनाएका उनले यसपट ४९ सदस्यीय मन्त्रिमण्डल बनाइसकेका छन्. । चारवटा मन्त्रालय अझै उनीसँगै छन् । साना पार्टीलाई दिन राखिएका ती मन्त्रालय भाग लागिसक्दा उनको मन्त्रिमण्डल कम्तीमा ५३ सदस्यीय हुनेछ । साना दललाई राज्यमन्त्री पनि दिने हो भने त त्यो संख्या अझै बढ्नेछ ।
शेरबहादुर देउवाले अरू धेरै नगरे पनि विगतमा लागेको ‘दाग’चाहिँ पखाल्लान् भन्ने अनुमान कांग्रेसीहरूकै थियो । अरू धेरै कुरामा सुधार ल्याउलान् भन्ने आस नभए पनि कम्तीमा मन्त्रिपरिषद्चाहिँ चुस्त बनाउलान् भन्ने अपेक्षा अधिकांशको थियो । किनभने देउवामा लागेको एउटा दाग भनेको ‘जम्बो मन्त्रिमण्डलका जन्मदाता’ भन्ने थियो । किनभने, २०५२ सालमा एमालेको सरकार ढालेर बनाएको सरकार जोगाउनकै खातिर ४८ जनाको मन्त्रिमण्डल बनाएर उनले बदनामको पगरी गुथेका थिए ।
तर विडम्बना ! यसपटक पनि प्रधानमन्त्री देउवाले त्यो दाग मेटाउन सकेनन् । उनको मन्त्रिमण्डलमा अहिले ४९ जना सदस्य भइसकेका छन् । प्रधानमन्त्रीबाहेक चारजना उपप्रधानमन्त्री, २६ मन्त्री र २३ राज्यमन्त्री अहिले उनको मन्त्रिमण्डलमा रहेको छ । १५ राज्यमन्त्री हिजो थपिएका हुन्, जसमा १२ जना नेपाली कांग्रेसका र तीनजना फोरमका छन् । सबै सत्ता गठबन्धन दल माओवादी केन्द्रका आठ राज्यमन्त्री यसअघि नै बनाइसकेका थिए ।
कांग्रेसबाट राज्यमन्त्री हुनेमा निजी विद्यालयका सञ्चालकदेखि नेताका भान्जीसम्मका छन् । हिजो राज्यमन्त्री बनेका तेजुलाल चौधरी नाइटिंगेल स्कुलका मालिक हुन् । त्यस्तै सरिता प्रसाईं कांग्रेस नेता चक्रप्रसाद बास्तोलाकी भान्जी हुन् । उनको नाम पहिले मन्त्री बन्ने सूचीमा पनि थियो । त्यस्तै राज्यमन्त्री बन्नेमा देउवा गुटबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्ल, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, खुमबहादुर खड्का गुटबाट तप्तबहादुर विष्ट छन् । प्रसाई, चौधरी र अमरसिंह पुन रामचन्द्र पौडेल कोटावाट राज्यमन्त्री भएका हुन् । प्रकाशमान सिंहले आफ्नो कोटाबाट दीपक कुइँकेललाई राज्यमन्त्री बनाउन खोजे पनि सफल भएनन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply