इन्काउन्टरको पक्ष र विपक्षमा प्रहरी
काठमाडौं । ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई व्यक्तिको इन्काउन्टरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् । एकथरीले बालक अपहरण गरेर हत्या गर्नेलाई इन्काउन्टर गरेर प्रहरीले ठीक ग¥यो भनेका छन् भने अर्कोथरीले अपहरणकारीलाई कोठाबाट पक्रेर लगरे इन्काउन्टर भन्दै हत्या गर्नु बेठीक हो भनेका छन् । संसदमा समेत यो विषयलाई लिएर सांसदहरूले आवाज उठाएका छन् । बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाइलटबाबा आश्रमनजिकको जंगलमा लगेर इन्काउन्टर गरेको घटना शंकास्पद भएको भन्दै सांसदहरूले स्पष्ट छानबिनको माग गरेपछि गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म छानबिनको कामले गति लिएको छैन ।
प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउन्टरको नाममा उनीहरूको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ । अरू त अरू यो इन्काउन्टरको विषयमा इन्काउन्टर गर्ने निकाय प्रहरी संगठन नै विभाजित छ । महानगरीय आयुक्तको कार्यालयले अपहरणकारीलाई पक्राउ गरेर अनुसन्धान गर्नू भने पनि आईजी सर्वेन्द्र खनालले इन्काउन्टर गरी हत्या गर्नू भन्ने आदेश दिएपछि सो घटना भएको बताइन्छ ।
आयुक्त कार्यालयका डीआईजी मनोज न्यौपाने, एसएसपी पूर्णचन्द्र जोशी दुवै जनाले अपहरणकारीलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएका थिए । तर, त्योभन्दा माथिल्लो तह अर्थात् ठोक भनेपछि महाशाखा डीएसपी रुइजी खनालले नै ठोक्न आदेश दिएपछि कुँवर नेतृत्वको टोलीले अपहरणकारीमाथि इन्काउन्टर गरेको बताइन्छ । त्यति मात्र होइन प्रहरीले अपहरणकारीलाई पठाएको मोबाइल सन्देशले पनि थप विवाद उत्पन्न गरेको छ । काठमाडौं परिसरले अपहरणकारीको मोबाइलमा ‘बालकलाई छाडिदे, छाडिनस् भने तँ पनि सकिन्छस्’ भन्ने सन्देश पठाएको थियो । उक्त सन्देश सई गजेन्द्र रावलले बाहिर सार्वजनिक गरेका थिए । आन्तरिक कारबाहीको प्रोसेसमा पठाएको मोबाइल सन्देश बाहिर ल्याउन मिल्दैनथ्यो । यदि यो प्रक्रिया गलत थियो भने पनि आन्तरिक रूपमै मिलाउनुपथ्र्यो, तर सञ्चार माध्यममा ल्याएर उजागर गर्ने काम भएपछि बालक हत्या गर्न अपहरणकारी थप उद्वेलित भएको हुन सक्ने बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply