एआईजी चन्द र महाशाखा प्रमुख लोहनीबीच द्वन्द्व मूल्यांकनमा नम्बर कम दिने धम्की
काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरी र मातहत निकायहरूबीच द्वन्द्व࣓ सिर्जना हुन पुगेको छ । आयुक्त कार्यालयले आफूमातहतका निकायले सूचना प्रवाह गर्दा वा अनुसन्धानको कारबाही अगाडि बढाउँदा अनिवार्य जानकारी गराउनुपर्ने बताएपछि एकआपसमा द्वन्द्व सिर्जना उत्पन्न हुन पुगेको हो ।
प्रहरीको चेन अफ कमान्डमा रहनुपर्ने भन्दै आयुक्त कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले मातहतका सबै निकायलाई चेन अफ कमान्डको विषयमा निर्देशनात्मक अभिव्यक्ति दिन थालेपछि मातहत निकायका प्रमुखहरूले प्रहरी प्रधान कार्यालयलाई सूचना प्रवाहका सबै विषय जानकारी गराउन नसकिने बताउन थालेका छन् । जानकारी भए पनि मिडियामा दिनुपर्ने विषय सधंै अनुमति लिइरहुनुनपर्ने जनाएका हुन् ।
महानगरीय अपराध महाशाखाले गत ६ महिनाअघि ८८ किलो सुन बरामद गर्दा आफूलाई किन जानकारी नगराएको भन्दै आयुक्त कार्यालयका प्रमुख चन्दले महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीसँग स्पष्टीकरण लिएका थिए । जबकि, बरामद भएको सुनको पत्रकार सम्मेलनमा उनी पनि उपस्थित भएका थिए । तर, उनी त्यो पत्रकार सम्मेलनमा उपस्थित हुनपर्ने थिएन । जस लिनैका लागि उनी उपस्थित भएको चर्चा त्यतिबेला चलेको थियो । चन्दले लोहनीलाई मात्र होइन, काठमाडांै उपत्यकामाको वृत्तमा कमान्ड गरिरहेका डीएसपीहरूलाई समेत त्यही प्रकारको निर्देशन दिने गरेका छन्, जसले गर्दा प्रहरी परिसरको भूमिकामा समेत प्रश्नचिह्न खडा भएको छ । स्रोतका अनुसार वृत्तका डीएसपीहरूले सुरुमा एआईजी चन्दलाई ब्रिफिङ गरेपछि मात्रै परिसरका प्रमुखहरूलाई ब्रिफिङ गर्ने गरेका छन् । परिसर प्रमुखहरू यतिबेला केही बोल्न सक्ने अवस्थामा नभएको दुखेसो गर्न थालेका छन् । ‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिए भन्ने समाचार आएपछि पनि चन्दले लोहनीसँग स्पष्टीकरण लिएका छन् । अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो । जिम्मेवार निकायबाट फैलिएको भ्रामक सूचनाले अहिले प्रहरीमा लफडा सुरु भएको छ । महानगरीय प्रहरी प्रमुख एआईजी चन्दले ‘टिके कहिले म¥यो भन्ने, कहिले घाइते भन्ने ? यस्तो सूचना कसरी लिक भयो ?’ भन्दै लोहनीसँग प्रस्टीकरण मागेका स्रोतले जनाएको छ । भक्तपुरको एक हुन्डी कारोबारीलाई पक्राउ गर्दा पनि लोहनीले उनै चन्दको निर्देशनमा छाड्नुपरेको बताइन्छ । अपराध महाशाखाका एसएसपी लोहनीको टोलीले भक्तपुरबाट हुन्डी कारोबारी राजेश उपाध्यायलाई उठाएर ल्याएको थियो । राजेशका हुन्डी पार्टनर जेपी भट्टराईको स्वार्थमा एआईजी चन्दले लोहनीलाई छाड्न निर्देशन दिएपछि उनले बाध्य भएर छाडेका थिए । स्रोतका अनुसार आयुक्त कार्यालयले छुट्टै घुमुवा राखेर आफूअनुकूल काम नगर्ने प्रहरी अधिकृतहरूलाई दिइने मूल्यांकनमा समेत भेदभाव गरिएको बताइन्छ । त्यति मात्र होइन, ललितपुर प्रहरी परिसरका प्रमुख गणेश ऐर र काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकलाई पनि स्पष्टीकरण सोध्ने तयारी भइरहेको बताइन्छ ।
आयुक्त कार्यालयको हस्तक्षेपको यो नयाँ शृंखला होइन । चन्दले जिम्मेवारी सम्हालेलगत्तै उनले आफूलाई जानकारी नगराई कुनै पनि सन्देश प्रवाह नगर्न भनेका थिए । तर, परिसर अन्य मातहत निकायले त्यसलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका स्थानको सूचना प्रवाह गर्न आयुक्त कार्यालयको अनुमति लिइरहनुनपर्ने भन्दै सञ्चार माध्यममा सूचना प्रवाह गर्दै आएका थिए । पछिल्लोपटक महाशाखालाई ललितपुर क्षेत्र नं. १ बाट विजयी सांसद नवराज सिलवालको खोजी गर्ने जिम्मेवारीसमेत दिइएको थियो, तर महाशाखाले त्यसमा वास्ता नगरेपछि टिके प्रकरणमा स्पष्टीकरण लिएका हुन् । माथिल्लो निकायले मातहत निकायको मूल्यांकन गर्ने भएकाले पनि यतिबेला एसएसपी लोहनी एआईजी चन्दको निर्देशन मान्न बाध्य भएका छन् । उनै एआईजी चन्दले मूल्यांकन गर्ने भएकाले पनि हन्डी कारोवारीलाई छाड्नुपरेको लोहनीले आफूनिकटका अधिकारीसँग दुखेसो गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply