एक हजार सात सदस्यीय निर्वाचन परिचालन कमिटि
ललितपुर । नेकपा एमाले ललितपुरले स्थानीय तह निर्वाचन परिचालन कमिटि गठन गरेको छ । विहिबार जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारको अध्यक्षतामा बसेको वैठकले केन्द्रीय कमिटि सदस्य सुशिला नेपालको संयोजकत्वमा एक हजार सात सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।
जिल्लामा रहेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटिका पदाधिकाहरी र सदस्यहरु, जिल्लास्तरीय विभागका सबै सदस्यहरु, निर्वाचन क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटिका पूर्व सदस्यहरु, क्षेत्रीय कमिटिका पूर्व पदाधिकारीहरु, जिल्लामा सदस्यता रहेका जनवर्गीय संगठनका केन्द्रीय समितिका सबै, जनवर्गीय संगठनका जिल्ला कमिटिका सबैलाई समेटिएको छ ।
जिल्ला कमिटिले उम्मेदवार चयनको मापदण्ड र मिति समेत तय गरेको छ । सबै वडा कमिटिबाट २८ गते र पालिकास्तरीय कमिटिबाट ३० गते उम्मेदवार सिफारिस गर्न समेत वैठकले निर्देश गरेको पार्टी जिल्ला कमिटि सचिव हरिकृष्ण थापाले जानकारी गराएका छन् । महानगरपालिकामा चुनावी तयारीका प्रदेश कमिटि सदस्य मिठाराम शर्मा बजगाईको संयोजकत्वमा ५ सय २९ सदस्यीय महानगरस्तरीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
वैठकले केन्द्रीय सदस्य सुशिला नेपालको संयोजकत्वमा २३ सदस्यीय जिल्लास्तरीय घोषणापत्र मस्यौदा समिति गठन गरेको प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले जानकारी गराएका छन् । जिल्ला कमिटि वैठकले पूर्व जिल्ला कमिटि सदस्यहरु सहित १५ जनालाई सल्लाहकार मनोनयन गरेको समेत नेकपा एमाले ललितपुरले विज्ञप्ती मार्फत जनाएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply