एमाले मधेस केन्द्रित अभियानमा
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले दुई हप्तादेखि तराई–मधेस केन्द्रित जागरण अभियान चलाएको छ । कात्तिक तेस्रो साता छठका अवसरमा जनपुरमा जनसभा आयोजना गरेयता एमालेले तराई–मधेसमा उपस्थिति मजबुद बनाउने उद्देश्यले लगातार जागरण अभियान केन्द्रित गरेको हो । दुईसाता बीचमै एमालेले तराईमा जिल्लास्तरीय भेला, प्रशिक्षणदेखि जनसभालगायतका दर्जन बढी कार्यक्रम गरेको छ । ‘चार महिने अभियान अन्तर्गत हामी माघसम्मै तराई–मधेसमा कार्यक्रम जारी राख्छौं’, स्थायी समिति सदस्य तथा एमाले २ नम्बर प्रदेश कमिटीका संयोजक सत्यनारायण मण्डलले भने ।
तराई केन्द्रित अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतका नेता सहभागी भएका छन् । दुवै नेताले शनिबार उदयपुरमा आयोजित जनसभालाई सम्बोधन गरेका छन् । त्यस्तै, आईतबार सिरहामा आयोजित पार्टी कार्यक्रममा सहभागी नेपाल पर्सा हुँदै रौतहट लागेका छन् । यसबाहेक तराईमै पर्ने धनगढी, बुटवल, झापा र बिराटनगरमासमेत एमालेले दुई हप्ताकै बीचमा प्रदेश र जिल्लास्तरीय भेलामा ओली, नेपाल र पोखरेललगातका नेताहरु सहभागी भएका छन् ।
एमाले नेताहरुले समसामायिक राष्ट्रिय राजनीतिका सन्दर्भमा संविधान संशोधन, संविधान कार्यान्वयन, एमाले नेतृत्वको सरकारले तराईको विकासका लागि छुट्याएको बजेट, पार्टीको आन्तरिक एकता तथा एमालेमाथि मधेस केन्द्रित दलहरुले लगाएको आरोप खण्डनमा केन्द्रित रहेर प्रशिक्षण चलाएका छन् ।
२६ र २७ कात्तिकमा सिरहामा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको एमालेले उदयपुरमा पनि त्यही दिन छुट्टै प्रशिक्षण र जनसभा कार्यक्रम गर्यो । त्यस्तै, महोत्तरीको बर्दिवासमा प्रशिक्षण र जिल्ला भेला, भारतसँग सिमा जोडिएको लक्ष्मीनिया वैरागियामा जनसभा र पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । त्यसअघि जनपुरमा प्रदेशस्तरीय जनसभा सम्पन्न भएको थियो । त्यस्तै, ३ मंसिरमा जनपुरमै मधेसी महिलाहरुको भेला, ४ गते सर्लाहीमा जिल्ला भेला तथा प्रशिक्षण आयोजना गरिएको मण्डलले जानकारी दिए । रौतहट र पर्सामा आयोजना हुने कार्यक्रममा भने नेता नेपाल सहभागी हुँदैछन् ।
स्थायी समिति सदस्य सत्यनारायण मण्डलले एमालेको जागरण अभियानबाट तराई–मधेसका जनतामा नयाँ उत्साह पैदा भएको दाबी गरे । ‘हाम्रा अभियानमा तराई–मधेस केन्द्रित दलले अबरोध पु¥याउन सकेका छैनन्, तराईका जनतामा अभियानले उत्साह पैदा गरेको छ, मण्डलले भने,‘कांग्रेस र माओवादी केन्द्रले दोहोरो चरित्र देखाइरहे पनि संविधानको विशेषतामाथि प्रकाश पार्दै जाँदा संविधानमाथिको भ्रम पनि बिस्तारै तोडिदैं गएको छ ।’ आफूहरुले कुनै दलमाथि आक्षेप नलगाएको दाबी गर्दै उनले अभियानको क्रममा कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दल परित्याग गरेर दर्जनौं एमाले प्रवेश गरेको दाबी पनि गरे ।
दुई नम्बर प्रदेशको जनपुरमा कात्तिक १८ गते प्रदेशस्तरीय सभा गरेर एमाले मधेश हभियानको शुरुवात गरेको थियो । पछिल्लो मधेस आन्दोलनयता एमालेले पहिलो पटक जनकपुरमा शक्ति प्रदर्शनसहितको ठूलो सभा गरेको हो । छठ पर्वको अवसरमा एमालेको २ नम्बर प्रदेशद्वारा आयोजित सभामा एमालेका शीर्षदेखि युवा नेताहरुसम्म सहभागी भएका थिए । एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुषाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई तथा केन्द्रीय सदस्य तथा युवा नेता रबिन्द्र अधिकारीलगायत सभामा सहभागी थिए । २ नम्बर प्रदेशको सप्तरी–सिरहादेखि बारा–पर्सासम्मका एमाले नेता कार्यकर्ता सभामा सहभागी भए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply