एसएसपी बढुवामा मन्त्री र आईजीका बेग्लै लिष्ट
काठमाडौं । नेपाल प्रहरीमा रिक्त सात जना एसएसपीका लागि गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अलग–अलग नाम गोजीमा बोकेर हिँडेका छन् । मन्त्री निधिले वरिष्ठ र व्यावसायिक भन्दा पनि कनिष्ठ र मधेसका अनुहारलाई बढी च्यापेकाले व्यावसायिक अफिसर बढुवामा छुट्ने आशंका गर्न थालिएको छ ।
गत भदौमा एसएसपी राजेन्द्र श्रेष्ठ, मंसिर २९ मा विक्रमसिंह थापा, भूपाल भण्डारी र रोमेन्द्रसिंह देउजा उमेर हदका कारण अवकाश भएपछि एसएसपीमा चारवटा पद रिक्त भएका थिए । पुसको पहिलो हप्ता रमेश भट्टराई, केदारमानसिंह भण्डारी र गणेश केसी डीआईजीमा बढुवा भएपछि एसएसपीको रिक्त दरबन्दी सातवटा पुगेको थियो । त्यो लटमा बढुवा हुन छुटेका लव विष्ट र योगेश्वर रोमथानी पुस १६ मा एसएसपीको पदावधि सकिएर अवकाश भएपछि रिक्त एसएसपीको दरबन्दीको संख्या नौ पुगेको थियो । तर, रिक्त दरबन्दीमध्ये अख्तियारको र एमटी (सवारी) को दरबन्दी काटिएको छ । बाँकी सात एसएसपीको दरबन्दीका लागि अहिले १७–१८ जना एसपी दौडका रहेका छन् । तर, मन्त्री निधि र आईजी अर्यालको कुरा नमिल्दा बढुवा रोकिएको छ ।
प्रहरी स्रोतका अनुसार गृहमन्त्री निधिले एसपीहरू राजेशलाल कर्ण, दिलीप चौधरी र रामकृपाल साहलाई जसरी पनि एसएसपी बढुवा गने अड्डी लिएर बसेका छन् । वरिष्ठताका हिसाबले कर्ण तेस्रो नम्बरमा पर्ने भए पनि चौधरी र साह कनिष्ठ हुन् । आईजी अर्यालले भने ईश्वरबाबु कार्की, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल र प्रद्युम्न कार्कीलाई जसरी पनि बनाउने भन्दै नाम बोकेर हिँडेको बताइन्छ । उता वरिष्ठताका हिसाबले पहिलो नम्बरमा सञ्जय शर्मा छन् भने दिलेद्र श्रेष्ठ, चिरञ्जीवी देवकोटा, दिलीप बस्नेत, शैलेश थापा, रुवीन्द्रनाथ रेग्मीहरू अगाडि रहेका छन् । कनिष्ठ भए पनि आईजी अर्यालले बोकेका एसपीहरू व्यावसायिक अधिकृतका रूपमा चिनिन्छन् । तर, मन्त्रीले लिँडेढिपी गरे व्यावसायिक प्रहरी अधिकृत बढुवामा छुट्ने चर्चा प्रहरी वृत्तमा व्याप्त छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply