किन लम्बियो डीएसपी बढुवा ?
काठमाडौं । दुई हप्ताअगाडि नै गर्ने तयारी गरिएको नेपाल प्रहरीको डीएसपीको बढुवा अझै हुन सकेको छैन । विभिन्न शक्ति केन्द्रबाट आएको दबाबका कारण गृह मन्त्रालयले डीएसपीबाट एसपीमा बढुवाको सूची निकाल्न नसकेको बुझिएको छ ।
२८ जना एसपीका लागि अहिले झन्डै चार दर्जन डीएसपी बढुवाको प्रतिस्पर्धामा छन् । त्यसमा पनि पहिलो नम्बरमा को पर्ने भन्ने लडाइँका कारण बढुवा गर्न कठिनाइ परेको बुझिएको छ । स्रोतका अनुसार अहिले डीएसपीहरू गंगा पन्त, सानुराम भट्टराई, रवि पौडेल र सोमन्द्रसिंह राठौरले पहिलो नम्बरमा बढुवाका लागि शक्ति केन्द्र प्रयोग गरेर दबाब सिर्जना गरेपछि बढुवामा समस्या आएको हो । आईजी सर्वेन्द्र खनालको चाहना पन्तलाई नै पहिलो नम्बरमा ल्याउनेछ । त्यसले समावेशिताको सन्देश पनि दिने र इन्सपेक्टरबाट बढुवा हुँदा पनि पहिलो स्थानमा भएका आधारमा पन्तलाई नै पहिलो स्थानमा बढुवा गर्ने आईजीको चाहना भएको बताइन्छ । तर, विभिन्न शक्ति केन्द्रबाट अरूको नाम आएपछि आईजी खनाल अप्ठ्यारोमा परेको बताइन्छ । स्रोतका अनुसार डीएसपी भट्टराईले प्रधानमन्त्रीको सचिवालयलाई प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी ओलीको निजी अंग रक्षक रहेका भट्टराई इन्सपेक्टर भर्ना हुँदा उनको अरू ब्याजीभन्दा ६ महिनापछि तालिम गरेका हुन् । अहिले चितवनमा रहेका पौडेलले भरतपुर महानगरपालिका कि प्रमुख तथा प्रचण्डपुत्री रेणु दाहाललाई लगाएर पहिलो नम्बरमा पर्न दबाब दिएका छन् । चितवनमा मारिएका तरुण दलका अध्यक्षकी श्रीमतीसँग अहिले पौडेलको हिमचिम बढेको बताइन्छ । हाल अपराध महाशाखामा रहेका राठौरले नवराज सिलवाललाई बोकेर हिँडेको बुझिएको छ । उनी पूर्वएआईजी प्रकाश कुँवरका ज्वाइँ हुन् । पहिले राम्रो भए पनि सोह्रखुट्टेमा बस्दा यिनको छविमा दाग लागेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply