को–को बन्दै छन् कांग्रेसमा पदाधिकारी ?
काठमाडौं । सिंगापुरको एक साता लामो बसाइपछि गत शनिबार स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाँडै पार्टीमा रिक्त पदाधिकारी मनोनयन गर्ने बताएका छन् । आकांक्षी धेरै भएपछि महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि उनले पदाधिकारी मनोनयन गर्न सकेका छैनन् । पदाधिकारीका आकांक्षीमध्येका केहीलाई मन्त्री बनाएर पठाएपछि उनका लागि मनोयन सहज भएको छ ।
स्रोतका अनुसार आकांक्षी धेरै भएकै कारण पदाधिकारी मनोनयन गर्न नसकेका देउवाले मन्त्रिमण्डल विस्तारपछि मात्र यो काम गर्ने योजना बनाएका थिए । तर, मन्त्रिमण्डल विस्तारको भोलिपल्टै उपचारका लागि बाहिर जानुपरेकाले पदाधिकारी मनोनयनको काम केही दिन लम्बिएको हो । सभापति देउवानिकट स्रोतका अनुसार उनले पदाधिकारी मनोनयन गर्न सजिलो होस् भनेरै बालकृष्ण खाँड र डा. प्रकाशशरण महतलाई मन्त्री बनाएका हुन् । मन्त्री हुनुअघिसम्म खाँडले महामन्त्रीमा दाबी गरेका थिए भने महतले सहमहामन्त्री र पार्टी प्रवक्ताको दाबी गरेका थिए । ती दुवैलाई मन्त्री बनाएर देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउन लागेको स्रोतको दाबी छ । त्यस्तै, मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरमध्ये एकलाई सहमहामन्त्री बनाउने पनि स्रोतले बतायो ।
उपसभापतिको लफडा कायमै
उपसभापतिको लफडा भने अझै टुंगिसकेको छैन । महाधिवेशनअघि भएको सहमति पालना गर्दा एकातिर खुमबहादुर खड्कालाई उपसभापति बनाउनैपर्ने बाध्यता छ भने अर्कातिर पछिल्लो समयमा भारतसँग सम्बन्ध निर्माण गर्न खेलेको भूमिका र स्वयं भारतको चाहना पूरा गर्न पनि विमलेन्द्र निधिलाई नै उपसभापति बनाउनुपर्ने दोहोरो बाध्यताबाट उम्कन देउवालाई अप्ठ्यारो परेको बताइन्छ ।
स्रोतका अनुसार सुरुमा देउवाले खड्कालाई उपसभापति बनाउने बाटो खुला गर्नकै लागि निधिलाई उपप्रधानमन्त्री बनाएका थिए । तर, देउवाको पुरानो गुट र भारतले समेत उपसभापति निधिलाई नै बनाउन दबाब दिएकाले देउवाले कुनै निर्णय लिन सकेका छैनन् । जुनसुकै अवस्थामा निधिलाई नै उपसभापति बनाउनुपर्ने भएका खड्कालाई महामन्त्री बनाएर कार्कीलाई सहमहामन्त्रीमा चित्त बुझाइदिन आग्रह गर्ने एउटा विकल्प रहेको पनि देउवा निकट स्रोतले बतायो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply