को हुन् भीआईपी पुत्रका ‘कटप्पा’ ?
काठमाडौं । हिन्दी सिनेमा बाहुबलीमा एक जना पात्र छन्, कटप्पा । उनी दरबारका यति विश्वासपात्र हुन्छन् कि राजा, राजकुमारका लागि जस्तोसुकै जोखिम उठाउन पनि पछि हट्दैनन् । सशस्त्र प्रहरीभित्र अहिले त्यही कटप्पा शब्द खुब चल्तीमा छ ।
अहिले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालको सबै उठ्तीपुठ्ती सचिवालयका डीआईजी सुरज श्रेष्ठ र उपत्यका प्रहरी कार्यालय इडका प्रमुख नारायणदत्त पौडेलले हेर्छन् । यो इड भनेको सुराकी गर्न खडा गरिएको निकाय हो । सिभिल पोसाकमा जाने, नेताहरू कहाँ जान्छन्, आईजीका विरोधीहरूले कहाँ के कुरा लागउँछन् भनेर बुझ्न खटाउने ठाउँ हो त्यो । डीआईजी श्रेष्ठ र पौडेलका दुई भीआईपी पुत्र उपराष्ट्रपति नन्दकिशार पुनका छोरा दीपेश पुन तथा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापासँग दिनहुँजस्तो उठबस हुने गर्छ । सशस्त्र प्रहरीअन्तर्गतका ठूलाठूला आर्थिक डिल यिनै चार जना तारे होटमा बसेर गर्ने गरेको बताइन्छ । डीआईजीलाई भीआईपी पुत्र पुन र थापाले डीआईजी साप भनेर सम्बोधन गर्छन् । तर, उनीहरूले आफूहरूलाई डीआईजी साप नभनेर कटप्पा भन्न आग्रह गरेपछि कटप्पा नै भनेर बोलाउन थालिएको स्रोतले बतायो । ‘तपार्इंहरूका लागि हामी जे गर्न पनि तयार छौं, हामीलाई डीआईजी साप हैन कटप्पा भन्नुस्,’ डीआईजी श्रेष्ठको आग्रहपछि अहिले भीआईपी पुत्रद्वयले यही सम्बोधन गर्ने गरेको बताइन्छ ।
उनीहरूले भीआईपी पुत्रद्वयलाई सशस्त्र प्रहरीका इमानदार प्रहरीबारे भए÷नभएका कुरा लगाउने, आईजीपी खनालले भनेअनुसार गर्न गृहमन्त्रीलाई कन्भिन्स गराउने काम गर्ने गरेको बुझिएको छ । डीआईजी श्रेष्ठले कहिलेकाहीँ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्यकोमा समेत पुगेर पैसाको लोभ देखाउँदै आफ्ना काम गराउन दबाब सिर्जना गर्ने गरेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply