क्योकोसिनको नाममा अनियमितता
काठमाडौं । विश्वका अधिकांश देशहरूमा चर्चित तथा यही खेलका कारण नेपालको इज्जत प्रतिष्ठा बचाएको कराँते प्रतियोगिताले नेपालमा भने बदनाम गराएको छ । इन्टरनेसनल कराँते अर्गनाइजेसन आईकेओअन्तर्गतको क्योकोसिन कराँते प्रतियोगिता गरेर इज्जत बढाउनुपर्नेमा त्यस प्रतियोगितामा संलग्न एक व्यक्तिका कारण बदनाम भएको हो ।
क्योकोसिन कराँतेका ब्रान्च चिफ कान्छालाल तामाङ र अध्यक्ष राजु थापाको विवादका कारण नेपालको अन्तराष्ट्रिय स्तरमा समेत बदनाम भएको भन्दै खेलप्रेमीहरूले गुनासो गरेका छन् । करिब दुई महिनाअघि उनीहरूले संयुक्त पहल गरेर राष्ट्रिय कराँते प्रतियोगिता आयोजना गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित मैदानमा २२ टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा फिलिपिन्सका रेफ्री स्टेभेन फो र पिटर चोङलगायत सहभागी थिए ।
प्रतियोगिताका लागि भनेर ब्रान्च चिफ वाइबा, अध्यक्ष थापा र प्रशिक्षक राजेन्द्र सुवेदीलगायतका व्यक्तिहरूले धेरै रकम उठाएको र अझै हिसाब फछ्र्योट गरी तिर्नुपर्ने स्थानहरूमा रकम नतिरेको भन्दै गुनासो बढेको हो । करिब १३ लाख रकम सो प्रतियोगिताका लागि भन्दै ब्रान्च चिफ वाइबाले उठाएको तर खर्चजति अध्यक्ष थापा र प्रशिक्षक सुवेदीलाई तिर्न लगाएको बुझिएको छ । त्यसमध्ये आफूले जिम्मा र जमानी बसेर गराएको कामको थुप्रै रकम अध्यक्ष थापा र प्रशिक्षक सुवेदीले तिर्न नसकेर भागीभागी हिँड्नुपरेको गुनासो छ । तैपनि ब्रान्च चिफ वाइबा भने व्यवस्थापनको जिम्मा आफ्नो होइन भन्दै पन्छिने गरेका छन् । एकै ठाउँमा बसेर छलफल गर्न भन्दै पटकपटक बैठक बोलाइए पनि कहिले एक पक्ष नआउने त कहिले अर्को पक्ष नआउने गर्दा समस्या भएको बताइन्छ । तीन महिनासम्म यो विषय नसल्टिँदा राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षेप गरेर भए पनि विवाद मिलाउनुपर्ने भन्दै खेलप्रेमीले चिन्ता व्यक्ति गरेका छन् । यस्तो विवादले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल भएको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply