चार मेसिन किन्दा २० लाख झ्वाम
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी–निर्देशक डा. वैद्यनाथ महतोले आफ्नो पद धरापमा पर्न थालेपछि कमाउ धन्दातिर लागेका छन् । नार्कले खरिद गर्ने मेसिनहरूमा समेत आफैं अग्रसर भई कमिसन लिने कार्यमा डा. महतो अघि सरेका हुन् ।
केही समय पहिले नार्कले चार वटाबीउ प्रशोधन मेसिन खरिद गर्दा कमिसनको लोभमा परेर कार्यकारी–निर्देशक डा. महतो स्वयंले चलखेल गरेको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ती मेसिनहरू खरिद गरिएका हुन् । तर, ती मेसिनहरू खरिद गर्दा टेन्डरभन्दा बढी मूल्यमा खरिद गरिएपछि त्यसमा कार्यकारी निर्देशकको नाम जोडिन पुगेको हो । सुरुमा चार थान मेसिनको ७० लाख रुपैयाँमा टेन्डर परेको थियो । तर, टेन्डर परेकोभन्दा करिब २० लाख बढी ९५ लाख रुपैयाँमा ती मेसिनहरू किनिएका हुन् । टेन्डर परेकोभन्दा बढी मूल्यमा किन मेसिनहरू किनिए भन्ने कुराले अहिले नार्कभित्र विवाद सिर्जना हुन पुगेको छ ।
ती मेसिनहरू धनुषा, हल्दीनाथस्थित राष्ट्रिय धानबाली कार्यक्रम, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका निम्ति किनिएका हुन् । तर, ती मेसिनहरू किन्न सम्बन्धित कार्यालयहरूलाई नै बजेट विनियोजन गर्दा हुनेमा नार्कको केन्द्रीय कार्यालयले नै किन चासो लियो भन्ने कुरा रहस्यको विषय बनेको छ । केन्द्रले नै मेसिन खरिदमा चासो देखाउनु र टेन्डर गरिएकोभन्दा बढी मूल्यमा खरिद गरिनुले अनेक प्रश्न उठाएको छ ।
त्यस्तै, राष्ट्रिय धानबाली कार्यक्रमको कार्यालयमा जडान गरिएको मेसिनको विषयमा त नार्कका कार्यकारी निर्देशक डा. महतो र मेसिन किन्ने प्रक्रियामा सामेल व्यक्तिहरूसमेत नाजवाफ बन्न पुगेका छन् । हल्दीनाथस्थित धानबाली कार्यक्रमको कार्यालयका लागि खरिद गरेर पठाइएको मेसिन खुला चौरमा जडान गरेपछि विवाद उत्पन्न हुन पुगेको हो । उक्त मेसिनलाई घाम, पानी र हावाबाट जोगाउनुपर्नेमा खुला चौरमा नै जडान गरिएको थियो । पानी र घामको कारण मेसिनमा खिया लाग्ने र चाँडै बिग्रिने थाहा पाउँदापाउँदै कर्मचारीहरूकै लापरबाहीका कारण खुला चौरमा जडान गरिएको थियो । तर, खुला चौरमा मेसिन जडान गरिएको कुराका तीव्र आलोचना भएपछि अहिले भने मेसिन राख्ने भवन बनाउन थालिएको बुझिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply