चौतर्फी घेराबन्दी तोडेर एमाले पहिलो
काठमाडौं । चौतर्फी घेराबन्दीका बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा (एमाले) पहिलो शक्ति बन्ने भएको छ । ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा भएको दोस्रो चरणको निर्वाचनको अहिलेसम्म प्राप्त परिणाम अनुसार एमालेले प्रतिस्पर्धी नेपाली कांग्रेसभन्दा १५ स्थान बढी जितेको छ भने परिणाम आउन बाँकी स्थानमा पनि कांग्रेसभन्दा अगाडि छ ।
अहिलेसम्मको परिणाम हेर्दा १ सय ४० भन्दा बढी स्थानमा जितेर एमाले दोस्रो चरणमा पनि पहिलो शक्ति बन्ने निश्चित छ । गत वैशाख ३१ गते २ सय ८३ स्थानका लागि भएका भएको पहिलो चरणको निर्वाचनमा कांग्रेसलाई २१ सिटले पछि पार्दै एमालेले १ सय २५ स्थानमा विजय हासिल गरेको थियो ।
यो परिणामले २० वर्षपछि सम्पन्न स्थानीय तहकोे निर्वाचनमा एमाले मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा पुनःस्थापित भएको छ । २०५४ सालको स्थानीय निकायमा प्राप्त हैसियत अहिले भएको स्थानीय तहको निर्वाचनमा पनि एमालेले कायम राखेको छ । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रको घेराबन्दी र सत्ता दुरूपयोगलाई तोड्दै एमाले पहिलो राजनीतिक शक्तिका रूपमा पुनःस्थापित भएको हो । मंगलबारसम्मको परिणाम हेर्दा दोस्रो चरणको निर्वाचन भएका सात उपमहानगरपालिकामध्ये घोराहीमा एमालेले जित हासिल गरिसकेको छ भने बुटवल, तुलसीपुर, इटहरी र धरानमा पनि जितको नजिक पुगिसकेको छ ।
पहिलो चरणको निर्वाचनमा पहिलो शक्ति बनेको एमालेलाई दोस्रो चरणमा हराउन सत्ताधारी दल नेपाली कांग्रेस र माओवादीले सक्दो प्रयत्न गरेका थिए । एमालेविरुद्ध तालमेल गरेर घेराबन्दी गर्नेदेखि सत्तादुरूपयोगका अनेक प्रयोग गरिएको थियो । सत्ताको आडमा पैसा परिचालन गर्ने मात्र होइन, चुनाव प्रभावित गर्न निर्वाचन आयोगका सचिव सरुवा गर्नेदेखि प्रधानमन्त्री, मन्त्रीहरू नै आचारसंहिताविपरीत चुनावी प्रचार अभियानमा खटिएका थिए । गृहमन्त्री जनार्दन शर्मा रातिराति घरदैलो गर्न बाँके पुगे भने प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा अड्डा जमाएरै बसे । तर दुई दलले गरेको घेराबन्दी, सत्ता दुरूपयोग र धाँधलीलाई तोड्दै एमाले सानदार बहुमतका साथ विजय प्राप्त गरेको छ । प्रधानमन्त्रीकै जिल्ला डडेल्धुरामा कांग्रेसले धक्का बेहोरेको छ भने पूर्वी नेपालका धनकुटालगायतका केही जिल्लामा कांग्रेस, माओवादी दुवै बढारिएका छन् ।
निर्वाचन घोषणा भइसकेपछि सरुवा, नियुक्ति, बढुवा, बजेट रकमान्तरण गर्ने काम आचारसंहिताविपरीत हुने गर्दछ । तर एमालेले पटकपटक निर्वाचन आयोगमा ध्यानाकर्षण गर्दागर्र्दै पनि ती कुनै पनि काम नरोकिएकै स्थितिमा दोस्रोे चरणको निर्वाचन सम्पन्न भएको छ । यहाँसम्म कि बाजुरामा बुथ कब्जा गरियो । प्रदेश ७ मा एमालेलाई हराउन र कांग्रेसलाई जिताउन भारतीय पक्षका मानिसहरूसमेत आएर पैसा बाँडेको एमालेका उपाध्यक्ष भीम रावलले सार्वजनिक गरेका छन् । प्रदेश ७ को चुनावी मोर्चा सम्हालेर काठमाडौं फर्किएका उपाध्यक्ष रावलले एमालेले सञ्चालन गरेको ‘फेसबुक लाइभ’मा एमाले प्रचार विभाग सचिव विष्णु रिजाललाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा त भारतीय पक्षका मानिसहरू नै आएर कांग्रेसको पक्षमा मत खसाल्न पैसा वितरण गरेको कुरा मलाई साथीहरूले सुनाए । सो प्रदेशमा कांग्रेसले यस्ता धेरै क्रियाकलाप गरेर मत ताने काम गयो ।’ अछामको मेल्लेख गाउँपालिकाको नन्दीगाडमा कांग्रेस र माओवादी केन्द्र मिलेर मतपत्र नै फेर्ने काम गरेको उल्लेख गर्दै नेता रावलले भने, ‘त्यही गाउँपालिकामा नै एमालेले जित्ने निश्चित भएपछि मतपेटिका फुटाउनसमेत खोजिएको थियो । तर सुरक्षाकर्मीहरूको सजगताका कारण फुटाउन पाएनन् ।’
एमालेले दोस्रो चरणको निर्वाचनमा करिब १ सय ७० तहमा जित्ने अपेक्षा गरेको थियो । तर अहिलेसम्मको स्थिति हेर्दा ठ्याक्कै त्यति नै स्थान नजिते पनि त्यसको हारहारीमा जित्ने देखिएको छ । सरकारको धाँधली र सत्ता दुरूपयोगको घटनाका बाबजुद यो परिणामलाई एमालेले सन्तोषजनक नै भएको बताएको छ । एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘पछिल्लो समयमा यस्तो प्रतिकूल अवस्थामा पनि हामीले जबर्जस्त राष्ट्रव्यापी लहर सिर्जना गरेका छौं । वास्तवमा अहिले कांग्रेस र माओवादी केन्द्र छुट्टाछुट्टै लडेका हुन्थे र गठबन्धन हुँदैनथ्यो भने त उनीहरूको बीउ खोज्नुपर्ने अवस्था सिर्जना हुने रहेछ । हामीले २०५४ सालको भन्दा धेरै राम्रो परिणाम ल्याउने रहेछौं । भोजपुर, धनकुटाजस्ता ठाउँमा त एमाले एक्लै लडिरहेको छ । अरू ६÷७ वटा पार्टी विपक्षमा छन् । यस्तो अवस्थामा पनि हामीले जुन परिणाम ल्याइरहेका छौं, त्यो सन्तोषजनक नै छ ।’
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply