जनजाती महासंघ अध्यक्षमा गुरुङ निर्वाचित
काठमाडौं । नेकपा एमाले भातृ संगठन नेपाल लोकतान्त्रिक जनजाती महासंघको अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सोमबार सम्पन्न महासंघको प्रथम अधिवेशनबाट गुरुङको नेतृत्वमा १ सय ५ सदस्यीय केन्द्रीय कमिटी सर्बसम्मत निर्वाचित भएको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच बराबरी भागवण्डाबाट नयाँ नेतृत्व सर्बसम्मत चुनिएको हो । एमाले सचिव गोकर्ण विष्ट नेतृत्वको अध्यक्षमण्डलको गृहकार्यपछि पदाधिकारीसहति सिंगै केन्द्रीय कमिटी सर्बसम्मत निर्वाचित भएको घोषणा भएको हो । १८ जना पदाधिकारीमा अध्यक्षसहित ९ सदस्य संस्थापन र वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ९ सदस्य नेपाल समूहबाट सर्बसम्मत चुनिएका छन् ।
त्यस अनुसार वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ र महासचिवमा पर्शुमेघी गुरुङ चुनिएका छन् । उनीहरु दुवै नेपाल समूहका हुन् । त्यस्तै उपाध्यक्षहरुमा नेपाल समूहबाट पासाङ शेर्पा, तिलकुमार मेयाङवो, चित्र थापा र झकबहादुर थापा चुनिएका छन् भने संस्थापनबाट कृपाशुर शेर्पा, शरण राई र शान्ता चौधरी चुनिएका छन् । उपमहासचिवमा भने विजय लोप्चन र टासी लामा ह्योल्मो, सचिवहरुमा पिके राई, रामचन्द्र बल, देवराज राई, शारादादेवी कुमाल चुनिएका छन् भने कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी चयन भएका छन् । उपाध्यक्ष शेर्पाले केन्द्रीय कमिटी सदस्यको घोषणापछि पदाधिकारी पनि सर्बसम्मत निर्वाचित भएको जानकारी दिए । केन्द्रीय कमिटीमा संस्थापन र नेपाल समूह दुवैले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । हलबाट सर्बसम्मत छानिएका सदस्यहरुमा नेपाल समूह हाबी भएको छ भने ३४ घटक संगठनका अध्यक्षहरुमा संस्थापन वलियो छ । उनीहरु केन्द्रीय समितिमा पदेनसदस्य हुन्छन् ।
को–को छानिए केन्द्रिय सदस्य ?
केन्द्रीय सदस्यहरुमा हलबाट महेन्द्र शेरचन र रत्ना गुरुङ, खुल्लातर्फ विजय गुरुङ, सुमन श्रेष्ठ, हेमराज पुन र कालु लामा चुनिएका छन् । त्यस्तै, प्रदेश नम्बर १ बाट टिकाराम चेम्जोङ, भवानी खापुङ, भिम बहादुर खवास, शिव गुरुङ, सत्यनारायण चौधरी, कल्पना योङहाङ लिम्बु, तारादेवी राई र सावित्री श्रेष्ठ चुनिएका छन् । प्रदेश नम्बर २ बाट गोपाल श्रेष्ठ, नरबहादुर स्याङतान, महेशप्रसाद चौधरी, राम ललित मण्डल धानुक, सागरदेवी चौधरी, सिता गुरुङ, ३ बाट जितेन्द्र चेपाङ, प्रेमकुमार श्रेष्ठ, विष्णु महत्तो, माईला बाबु धौला, युवराज जिरेल, अमला श्रेष्ठ, चन्द्रदेवी मोक्तान, डोल्मा लामा, मिना लामा चुनिएका छन् । ४ बाट खिम थापा मगर, चित्रबहादुर थापा, चेत गुरुङ, देउकाजी गुरुङ, नरबहादुर थापामगर, मदन काजी श्रेष्ठ, मिना गुरुङ, मिना बरामु, राम माया थापामगर, ५ बाट कबिराम थारु, कुमार थापामगर, चन्द्रबहादुर चौधरी, लक्ष्मी प्रकाश राजभण्डारी, वाल सि काउछा मगर, टिका समसेली मगर, सिन्धु जलेसा बुढाथोकी, ६ बाट चक्रबहादुर बुढामगर, रेशम राना, सोनाम छिरिङ लामा, द्रोपती राना र प्रेमा लामा तथा ७ बाट नारदमुनी राना, बीर बहादुर बुढाथोकी, रामबहादुर श्रेष्ठ, कोइलीदेवी चौधरी र फुलमाया तामाङ चयन भएका छन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply