जनाद्र्धन किन भए ‘आउट’
काठमाडौं । पूर्वऊर्जामन्त्रीका रूपमा मात्र होइन, एमालेसँगको पार्टी एकतामा खेलेको भूमिकाका कारण माओवादीभित्र ‘रोल मोडल’को परिचय बनाएका नेता जनाद्र्धन शर्मा वर्तमान सरकारमा मन्त्री बन्नबाट अन्तिम घडीमा वञ्चित भएका छन् । प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि एमाले पंक्तिले रुचाइएका शर्मा फालिनुमा अर्का नेता वर्षमान पुनको महŒवपूर्ण हात रहेको बताइन्छ ।
माओवादीका तर्फबाट नेतृत्व गर्ने गरी रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाइएपछि शर्मा र पुनमध्ये एक ऊर्जामन्त्री हुने धेरैको अनुमान थियो । अझ धेरैले रुचाइएका नेता भएकाले अन्तिममा शर्मा नै ऊर्जामन्त्री बन्ने अड्कलबाजी भएको थियो, तर त्यसविपरीत अन्तिममा भने पुनले बाजी मारेका छन् । पार्टीको कोटामा पछिल्लोपटक मन्त्री बनाउनुपर्दा भौगोलिक, जातीय र लैंगिक सन्तुलन मिलाउनुपर्ने बाध्यतामा प्रचण्ड थिए । राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिएका कारण सभामुखमा राम्रै भूमिका निर्वाह गरेकी ओनसरी घर्तीलाई पनि दोहो¥याउनुपर्ने मत माओवादीभित्र उठ्न थाल्यो । तर, नेपथ्यमा यस्तो दबाबकारी भूमिका पुनले निर्वाह गरिरहेका थिए । उनले यदि ओनसरीलाई नदोहो¥याइए आफूले रोजेको मन्त्रालय पाउनुपर्ने भन्दै अडान नछाडेपछि प्रचण्ड शर्मालाई छाड्न बाध्य बनेको माओवादी स्रोतको दाबी छ । त्यसो त पुन र शर्मा माओवादी युद्धकालदेखिकै समान हैसियतका कमान्डर हुन् । पुन भित्रभित्रै खेल खेल्न माहिर र कुटिल मानिन्छन् भने शर्मा विषयवस्तुलाई गहिराइसम्म बुझेर एउटा निष्कर्षमा पुगिसकेपछि हक्की स्वभावमार्फत जसरी पनि काम फत्ते गर्ने स्वभावका मानिन्छन् । परस्पर विरोधी चरित्रका भए पनि पार्टीभित्र पुनले सानै भए पनि माथिदेखि तलसम्म एउटा सानो उपगुट बनाउन सफल भइसकेका थिए । त्यसो त यसपटक मन्त्री बन्न पनि पुनले माथिदेखि तलसम्मको आफ्नो तिनै झुण्डलाई प्रयोग गरेको स्रोतको दाबी छ । शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा मन्त्री भएका कारण शर्मालाई दोहो¥याउँदा पार्टी एकतासँगै पुनः चिढिएर अर्कै कित्तामा जाने हो कि भन्ने भयले प्रचण्डले उनलाई नगुमाउने निष्कर्षमा पुगेका हुन् । पुनले बाजी मारेपछि शर्मासँग उनको दूरी अझ बढेको छ । पार्टी एकतापछि यी दुई नेता कुनै हालतमा एउटै गुटमा रहन नसक्ने माओवादीका नेता–कार्यकर्ताहरू बताउँछन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply