जिल्ला–जिल्लाबाट एमालेका उम्मेद्वारका नाम सिफारिस
काठमाडौं । नेकपा एमालेले देशभरका स्थानीय तहमा आसन्न निर्वाचनमा उठाउने उम्मेदवारको नाम स्थानीय कमिटीबाट सिफारिस गरिसकेको छ । गाउँपालिका तथा नगर कमिटीबाट अधिकांश उम्मेदवारको नाम सम्बन्धित प्रदेश कमिटीमा सिफारिस भएर आएको छ । सर्वसहमति भएर आएका बाहेकका नाम सम्बन्धित प्रदेश कमिटीले आजसम्ममा टुंगो लगाउने बुझिएको छ । एमाले वडाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा जिल्ला कमिटी, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको प्रदेश कमिटी तथा महानगरका उम्मेदवारको अन्तिम निर्णय गर्ने जिम्मा पार्टीको स्थायी कमिटीलाई दिइएको छ ।
कहाँ–कहाँ को–को सिफारिस ?
बनेपा र धुलिखेलमा सर्वसम्मत
काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।
बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीनरसिंह वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत रूपमा चयन गरिएको एमाले काभ्रेपलाञ्चोकले जनाएको छ । त्यस्तै, पर्यटकीय नगरी धुलिखेल नगरपालिका प्रमुखमा पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रमुख अशोक व्याञ्जु तथा उपप्रमुखमा विमला शर्मा, जमुना तामाङ र कमला काफ्लेको नाम सिफारिस गरिएको छ । दुवै नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम अघिल्लो मंगलबार बसेको एमाले नगर कमिटीले सिफारिस गरेको हो ।
पार्टीका जिल्ला उपाध्यक्ष व्याञ्जुले अन्य नगरपालिकामा उम्मेदवारका आकांक्षी धेरै भएकाले नाम सिफारिस हुन नसकेको उल्लेख गर्दै वडास्तरमा ७० प्रतिशत उम्मेदवारको टुंगो लागेको जानकारी दिए । उनका अनुसार पनौती नगरपालिकामा मात्रै आठजनाको नाम प्रस्तावित भएको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् ।
वीरगन्ज उपमहानगरमा तीन तीन जनाको सिफारिस
एमालेले वीरगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा तीन–तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । वीरगन्ज नगर कमिटी बैठकले मेयरमा निर्मला देवकोटा, सुन्दर कुर्मी र मनोज चौधरीको नाम सिफारिस गरेको छ ।
त्यस्तै, उपमेयरमा अरविन्द सिंह, प्रेमा पौडेल र निर्मला भण्डारीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष प्रभु हजाराले बताए । मेयरमा सिफारिस भएकी निर्मला देवकोटा केपी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिइन् । उनी महिला संघ केन्द्रीय सदस्य हुन् । सुन्दर कुर्मी लोकतान्त्रिक मधेसी संगठन पर्साका अध्यक्ष हुन् भने मनोज चौधरी पार्टीका प्रभावशाली नेता हुन् ।
कञ्चनपुरले पनि ग¥यो उम्मेदवार सिफारिस
नेकपा (एमाले) कञ्चनपुरले जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकाका लागि उम्मेदवारको नामावली प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।
भीमदत्त नगरपालिका प्रमुखका लागि ईश्वरी खरेल, सुरेन्द्र विष्ट र नन्दा धामी तथा उपप्रमुखका लागि अधिवक्ता पुनम चन्द, माया पन्त र लक्ष्मी विक सिफारिस भएका छन् । त्यसैगरी, शुक्लाफाँटा नगरपालिका प्रमुख उम्मेदवारमा रणबहादुर महरा, विष्णुदत्त जोही र भगवती मल्ल तथा उपप्रमुखका लागि अनिता नेपाली, तुलसी हमाल र मोनिका भट्टको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । वेदकोट नगरपालिकामा लालबहादुर खड्का, अशोक चन्द, रामचन्द्र रेग्मी र ईश्वरी शर्मा प्रमुख र सुशीला सिंह, भानमती खडायत र दया केसी उपप्रमुखका लागि सिफारिस भएका छन् ।
दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा जीवनराज थापा र फैरु तामाङ प्रमुख तथा शारदा विष्ट र सुशीला खत्री उपप्रमुखमा सिफारिस भएका छन् । बेलौरी नगरपालिकामा पल्लवराज भट्ट र यज्ञराज कँडेल प्रमुखमा तथा चित्रा चौधरी र गीता जैसी उपप्रमुखमा सिफारिस भएका छन् । कृष्णपुर नगरपालिका प्रमुखका उम्मेदवारमा कर्ण हमाल र लोकेन्द्र पन्त तथा उपप्रमुखमा लक्ष्मी बुढा सिफारिस भएका छन् ।
त्यस्तै, महाकाली नगरपालिका प्रमुख उम्मेदवारमा किशोर लिम्बू र राजीव खड्का तथा उपप्रमुखमा चिनी गिरीको सिफारिस भएको छ । लालझाँडी गाउँपालिका अध्यक्ष उम्मेदवारमा निर्मल राना, डिट्ठा राना तथा उपाध्यक्षमा कुस्मा रानाको नाम सिफारिस भएको एमालेले जनाएको छ । एमालेबाट बेल्डाँडी गाउँपालिकाका लागि अध्यक्षमा धनबहादुर थापा र लालबहादुर रावत तथा उपाध्यक्षमा कमला कार्कीको नाम सिफारिस भएको छ ।
त्यस्तै, उपमेयरमा सिफारिस भएका अरविन्द सिंह एमाले केन्द्रीय प्रचार विभागका सदस्य हुन् हुने भने निर्मला भण्डारी सामाजिक संस्थाहरूमा क्रियाीशल महिला हुन् । प्रेमा पौडेल पार्टीको २ नम्बर प्रदेश सदस्य हुन् । वीरगन्ज उपमहानगरपालिकाका २७ मध्ये १७ ओटा वडामा समेत उम्मेदवारको नाम तय भएको एमाले नेता उसमान अन्सारीले बताए ।
वीरेन्द्रनगरमा शर्मा सर्वसम्मत
एमालेले ६ नम्बर प्रदेशकोसुर्खेतको विरेन्द्रनगर नगरपालिकाको मेयरमा बालाराम शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
युवा प्रत्यासीहरू धेरै भएपछि पूर्व मेयर तथा पाका नेता शर्मालाई सर्वसम्मत रूपमा प्रदेश कमिटीले मेयरको उम्मेदवार बनाएको हो । माले केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका शर्मा २०५४ सालमा फराकिलो मतान्तरसहित मेयरमा निर्वाचित भएका थिए । वीरेन्द्रनगरमा २०४९ मा पनि एमालेले जितेको थियो । त्यो बेलाका मेयर यमलाल कँडेल अहिले एमालेको ६ नम्बर प्रदेश सहसंयोजक छन् ।
बर्दियाका छ नगरपालिकाले पनि पठाए नाम
एमाले बर्दियाले ६ नगरपालिकामा मेयर, उपमेयर र २ गाउँपालिकामा अध्यक्ष उपाध्यक्षका उम्मेदवारको सिफारिस प्रदेश कमिटीमा पठाएको छ ।
गुलरिया नगरपालिकामा मेयर पदका लागि हरि ज्ञवाली, विना ज्ञवाली र अमरबहादुर खड्का तथा उपमयेरमा टीका सम्सेली, लक्ष्मी गौतम र लोकबहादर वलीको नाम सिफारिस भएको छ । बाँसगढी नगरपालिकमा मेयरमा सालिकराम अधिकारी, खडकबहादुर खड्का र शिवकुमारी सापकोटा तथा उपमेयरमा देवीमाया बस्याल, चन्द्रवती न्यौपाने र शुष्मा चौधरीको नाम सिफारिस भएको छ ।
यस्तै, ठाकुरबाबा नगरपालिकामा खगेन्द्र खनाल, घननाराण श्रेष्ठ र खुसीराम थारू, मयेरमा र उपमेयरमा विना भट्टराई, मैसा चौधरी र मीनाकुमारी चौधरी सिफारिसमा परेका छन् । मधुवन नगरपालिकामा मेयरका लागि दुर्गा वली, टंक पौडेल र मुकुन्द ज्ञवाली तथा उपमेयरमा मनु भण्डारी, शान्तिदेवी श्रेष्ठ र हीरा चौधरी सिफारिसमा परेका छन् । यसैगरी, बारा–बर्दिया नगरपालिकामा मेयर पदका लागि पदम ढकाल, अतिराम थारू र रामबहादुर चौधरीको नाम सिफारिस गरिएको छ भने उपमेयरमा कमला ज्ञवाली, पुष्पा वली र नारायणी चौधरीलाई सिफारिस गरिएको छ । राजापुर नगरपालिकामा पहाडी थारू, वैद्यनाथ झा र सिर्जना थापाको नाम मेयरका लागि सिफारिस गरिएको बताइएको छ । बढैया गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, दिलबहादुर केसी र कौशिला सिंहको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा कृष्णा गुरुङ, सावित्री भुसाल र दीपा गौतम परेका छन् । यसैगरी, गेरुवा गाउँपालिकाको अध्यक्षमा नूतन चौधरी, बमबहादुर खनाल र सितामैया शाही तथा उपाध्यक्षमा मञ्जु शर्मा, सीताजानकी चौधरी र शान्ति रिमालको नाम सिफारिस भएको जिल्ला कमिटी बर्दियाले जनाएको छ ।
जैमुनीमा शर्मा सर्वसम्मत
एमालेले बाग्लुंगको जैमिनी नगरपालिकामा उमेदवारको सिफारिस गरेको छ । शनिबार नगर समन्वय कमिटिका संयोजक भूपाल चालिसेको अध्यक्षमा बसेको बैठकले जिल्ला कमिटीमा ती नाम सिफारिस गरेको हो ।
जसअनुसार मेयर पदका लागि पार्टीका पूर्वअध्यक्ष श्रीप्रसाद शर्माको नाम सिफारिस गरेको हो । उपमेयरका लागि भने लीला राना, सावित्रा राना र इन्द्रा शर्माको नाम सिफारिस गरेको छ । त्यस्तै, वडा नं. १ मा अध्यक्ष चन्द्रबहादुर थापा र सदस्यमा रुद्र आचार्य, नेत्रप्रसाद पौडेल, दुर्गादेवी चापागार्इंलाई सिफारिस गरेको छ ।
वडा नं. २ मा अध्यक्षमात्र होमनाथ सापकोटा सिफारिस भएका छन् । वडा नं. ३ मा वेदबहादुर छन्त्याल अध्यक्षमा सिफारिस भएका छन् । सदस्यमा भैरव छन्त्याल, चित्रकली छन्त्याल र गीता विक रहेका छन् । वडा न.ं ४ मा चक्रबहादुर थापा अध्यक्षका लागि र सदस्यतर्फ तिलकप्रसाद शर्मा, चोलाकुमारी शर्मा, बेली आचार्य र लिलादेवी अर्याल सिफारिसमा परेका हुन् ।
वडा नं. ५ को अध्यक्षका लागि कृष्णबहादुर हमाल र सदस्यमा देवेन्द्र रेग्मी, राजेन्द्र केसी, खिमकुमारी पोडेल, देवी नेपाली तथा पवित्रा नेपाली सिफारिसमा परेका हुन् । वडा नं. ६ मा अध्यक्षका लागि केशवराज शर्मा र सदस्यका लागि बिष्णुप्रसाद रेग्मी, लिला नायक क्षत्री र गीता शर्मा सिफारिसमा परेका हुन् । वडा नं. ७ मा बद्री ढुंगाना र मोहराज उपाध्यायको नाम सिफारिस गरेको हो । सदस्यमा खगेन्द्र शर्मा, कुशुम थापा, जमुना ढकाल र तेजकुमारी नेपाली रहेका छन् ।
वडा नं. ८ मा अध्यक्षमा भोजराज पौडेल र सदस्यमा टिकाराम पाध्या,तोयनाथ पौडेल, डिलाकुमारी उपाध्याय र लक्ष्मी परियार सिफरिस भएका छन् । वडा नं. ९ मा अध्यक्षमा इन्द्रा शर्मा, सदस्यमा सहविर थापा, लालबहादुर थापा, गिरीप्रसाद शर्मा, कमला थापा, मनबहादुर थापा, हरिप्रसाद उपाध्याय, नन्दप्रसाद शर्मा रहेका छन् ।
वडा नं. १० मा नर बहादुर श्रीष, मनबहादुर थापा, छविलाल श्रीष राना, वसन्ती थापा र गुमा सार्कीको नाम सिफारिस भएको हो । बैठकले निर्वाचन केन्द्रित कार्ययोजना बनाएको संयोजक चालिसेले बताए ।
दुधकुण्डमा सातको नाम
एमालले सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको बैठकले नगरपालिकाको मेयर पदको उम्मेदवारमा सातजनाको नाम सिफारिस गरेको छ ।
नगर सङ्गठन कमिटीको गत बिहीबार बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि आङदामी शेर्पा, डाकबहादुर राणापाल, दोर्जी जाङ्बु लामा, बच्चुनारायण श्रेष्ठ, वीरउदास श्रेष्ठ, रामकाजी श्रेष्ठ र सन्तोष मगरको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठले जानकारी दिए ।
इलाममा अधिकांशको टुंगो
एमालेले इलाममा नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको टुंगो लगाएको छ । एमाले इलामले दिएको जानकारीअनुसार इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेत सर्वसम्मत सिफारिस भएका छन् ।
त्यस्तै, उपप्रमुखमा तारा गुरुङ, सुशीला नेम्वाङ र टीका भारद्वाजको नाम सिफासिर गरेको छ । त्यसैगरी देऊमाई नगरापलिकाको प्रमुख सूर्य पोख्रेल सर्वसम्मत भएका छन् भने उपप्रमुखमा पविमाया राई सर्वसम्मत भएकिछिन् । त्यस्तै, सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई, काजीमान कागते, सोनाम छिरिङ र याम सुवेदीको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा दुर्गा भट्टराई, चित्रकला भट्टराई र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, माई नगरपालिकाको प्रमुखमा रत्न अधिकारी, दीपक थेबे, ध्रुब श्रेष्ठ, मेघनाथ गिरी र मोहन देवानको नाम सिफरिस गरिएको छ भने उपप्रमुखमा बिष्णुमायाँ आचार्य, हिमा भण्डारी र लक्ष्मी लावतीको नाम सिफारिस गरिएको छ ।
हेटौंडा उपमहानगर प्रमुखमा तीनको नाम
एमालेले हेटौंडा उपमहानगरको मेयरमा तीनजनाको नाम सिफारिस गरेको छ । एमाले मकवानपुरले उपमहागरसहित जिल्लाका आठवटै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार सिफारिस गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको लागि तीनतीन जनाको नाम प्रस्ताव गरेको छ । मेयरको लागि हरिबहादुर महत, कमल विष्ट र विष्णु ओझालाई उम्मेदवारमा प्रस्ताव गरेको छ । एकलाल श्रेष्ठ, जुनेली श्रेष्ठ र मीना लामालाई उपमेयरको उम्मेदवारको लागि नेकपा (एमाले) मकवानपुरले उपमेयरका लागि प्रस्ताव गरेको छ ।
थाहा नगरपालिकाको मेयरमा लागि पाँचजना र उपमेयरमा लागि तीनजना उम्मेदवारको प्रस्ताव गरेको छ । विष्णु ढकाल, राजु नापित, अच्यूतम ढकाल, केदार बल र विष्णुहरि ढकाललाई मेयरको उम्मेदवारको लागि प्रस्ताव गरेको छ भने कल्पना बलामी, सान्नानी अधिकारी र रितासिंह ठकुरीको नाम अगाडि सारेको छ ।
कीर्तिपुरमा महर्जन र खड्का
एमालेले किर्तिपुरमा मेयर र उपमेयरसहित वडाअध्यक्षहरूको नाम सर्बसम्मत रूपमा टुंगो लगाएको छ । विहीबार बसेको नगर कमिटीको बैठकले मेयरमा रमेश महर्जन र उपमेयरमा सरस्वती खड्कालाई उठाउने सर्बसम्मत निर्णय गरेको केन्द्रिय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए । महर्जन एमाले जिल्ला सदस्य हुन् भने खड्का अनेमसंघकी क्षेत्रीय सदस्य छिन् ।
त्यस्तै, वडा अध्यक्षतर्फ क्रमशः लक्ष्मण महर्जन, राजकमल महर्जन, राजेन्द्र महर्जन, राजेश महर्जन, न्ह्ुच्छे बहादुर महर्जन, राजकुमार मालाकार, सुशील महर्जन, गंगाराम महर्जन र अमन महर्जनलाई उठाउने एमालेले निर्णय गरेको छ ।
सिन्धुलीका दुवै नगरपालिकामा सर्वसम्मत
सिन्धुलीका दुई नगरपािलका कमालामाई र दुधौली नगरपालिकाको प्रमुखमा एमालेले उम्मेदवार सर्वसम्मत रूपमा टुंगो लगाएको छ ।
कमलामाइ नगरपालिकाको प्रमुखमा जिल्ला कमिटीका पूर्वउपसचिव तथा पूर्वअञ्चल कमिटी सदस्य खड्ग खत्री लाइ उठाउने सर्वसम्मत निर्णय गरेको हो । त्यसैगरि दुधौली नगरपालिकाको प्रमुखमा घनश्याम राउतलाइ सर्बसम्मतीले उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply