डोलिन्द्रमाथि अख्तियारको तीव्र निगरानी
काठमाडौं । आर्थिक अनियमिततामा मुछिएपछि शिक्षा मन्त्रालयले पदमुक्त गरेका साझा प्रकाशनका तत्कालीन अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । साझामा रहँदा उनले अनेकौं अनियमितता गरेको कुरा बाहिर आएपछि अख्तियारले छानबिनको दायरामा ल्याएको थियो ।
दसैंअघि अख्तियारको टोली साझामा गएर अनुसन्धानका लागि काजगात लिएर गएको थियो । सोही टोली सोमबार मात्रै साझामा पुगेर निरीक्षण गरेर फर्किएको छ । तत्कालीन अध्यक्ष शर्माले पदको दुरुपयोग गर्दै अनियमितता गरेकोमा उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । तत्कालीन अध्यक्ष शर्माविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारका शिक्षा महाशाखा हेर्ने प्रमुख रामप्रसाद सुवेदीले उनलाई जोगाउन कसरत गरेका थिए । सुवेदीले तत्कालीन अध्यक्ष शर्मालाई जोगाउन लागिपरेको कुरा बाहिर आएपछि अहिले छानबिन गर्ने जिम्मेवारीबाट उनलाई हटाइएको छ । र, अहिले अख्तियारको अर्कै महाशाखाका प्रमुखले छानबिन गरिरहेको बताइन्छ ।
यसैबीच, तत्कालीन अध्यक्ष शर्माले आफूलाई शिक्षा मन्त्रालयले सफाइ दिने मौका नदिई पदमुक्त गरेकोमा आइतबार मात्रै सर्वोच्च अदालतमा दिएको रिटमाथि सोमबार सुनुवाइ भएको छ । सुनुवाइ हुँदा उनलाई हटाउनुपर्ने कारणबारे अदालतले शिक्षा मन्त्रालयलाई छलफलका लागि बोलाएको छ । तर, छलफलका लागि कहिले बोलाइएको हो भन्नेबारे केही बताइएको छैन । शिक्षा मन्त्रालयले दुईदुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि शर्माले चित्तबुझ्दो जवाफ नदिएपछि दसैंअघि उनलाई पदमुक्त गरिएको थियो । तत्कालीन अध्यक्ष शर्माले साझाका सञ्चालकहरू दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरि बरालको राजीनामा अझै आफंैसँग राखिरहेको र शिक्षा मन्त्रालयमा नबुझाएको पनि थाहा हुन आएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply