तिलोत्तमाको मुहार फेर्न कस्सिए घिमिरे
रुपन्देही । २०७४ असार २१ गते तिलोत्तामाका मेयर बासु घिमिरेले बिजयको माला पहिरिरहँदा यहाका स्थानीयलाइ लागेको थियो घिमिरेले जुन नाराका साथ चुनाव जिते केवल त्यो जित्नका लागि मात्र भन्ने लागेको थियो । तर अहिले तिलोत्तमा नगरपालिकाले कामको गति लिइ रहँदा यहाँका बुद्दिजिवि सर्वसाधारणले उनको प्रशंसा गर्न थालेका छन् । देशभरि सातसय त्रिपन्न स्थानिय निकाय छन् तुलनात्मक रुपमा हेर्नेहो भने कामको हिसाबले यो नगरपालिका देशैभरिका स्थानीय निकायका लागि नमुना बन्दै छ । कामको चाँपले गर्दा यहाका कर्मचारीहरुको दैेनिकी प्राय साँझ ६ बजेसम्म चलिरहन्छ ।
मेयर घिमिरेका सिक्स लेन सडक,हाइवेमा भएका घरमा एकै प्रकारका रंग ¨ पोत्ने योजना देखी तिलोत्तमालाई प्लाष्टिक मुक्त सहर बनाउने सम्मका योजनाले गर्दा रुपन्देहीको तिलोत्तमा नगरपालिका चर्चामा छ । कार्यान्वयन गराउने कर्मचारी प्रशासनलाइ पनि भ्याइ नभ्याई छ । प्रत्यक वडाका वडा प्रतिनिधिलाई पनि योजनाको अनुगमन र चुस्त कार्यान्वयन गराउनु परेकाले कार्यक्षेत्रमा भ्याइ नभ्याई छ । रुपन्देहीमा रहेका बुटवल उपमहानगरपालीका होस् वा अन्य नगरपालिका होस तिलोत्तमा नगरपालिकाका सामु निरिह जस्तै देखिएका छन् तुलनात्मक रुपमा कामको हिसाबले तिलोत्तमाको सामु अन्य नगरपालिका निकै पछाडी छन् । । निर्वाचन यताको समय दश महिनाको अवधिमा घिमिरेले करोडौको लागानीमा अत्याधुनिक सभाहल देखी खेति योग्य जमिनमा प्लटिङ्ग गर्न रोक लगाउने सम्मका योजना अगाडी ल्याएका छन् ।साथै एकिकृत कर प्रणालीका लागि पनि कानुन तयार गरि कार्यान्वयनका लागि अगाडी बढाईदै छ । तर यो बिषय अलिकति जटिल पनि भएकाले यसलाई कसरि कार्यान्वयन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनि भन्छन, कुनै पनि व्यक्तिको सम्पतिलाई बर्गिकरण गरेर त्यस अनुरुप सरकारले लगाएको मालपोत कर अनुसारै लागु गरिनेछ जसका कारण कम भ्यालु भएको जग्गा धनीलाई चर्को कर तिराइने छैन । त्यसकारण यो सफल हुनेमा उनि ढुक्क देखिन्छन् यदि घिमिरेले अगाडी सारेका यस प्रकारका कार्यक्रम र योजना कार्यान्वयन हुने हो भने विकासको मोडेल खोज्न राज्यको केन्द्रिय प्रशासनिक निकाय सिंहदरबार पनि तिलोत्तमा आउनु पर्ने देखिन्छ । घिमिरे मेयर हुँदाताका चुनावमा गरेका बाचा भन्दा पनी चौगुना ढंगले कार्यक्रम र योजना ल्याएपछि नगरवासी पनि दङ्ग परेमा छन् । चालु आर्थिक वर्षमा पूँजीगत तर्फ ५१ करोड ६० लाख ४९ हजार ६ सय ८९ रुपैया र चालु खर्च तर्फ ४९ करोड ९ लाख ६ हजार गरी जम्मा १ खरव ६९ लाख ५५ हजार बजेट विनीयोजन गरेकोमा पूजीगत तर्फ २६ प्रतिशत र चालु तर्फ ३० प्रतिशत खर्च गरेको छ । यसमा आन्तरिक आम्दानी चारकरोड ७० लाख ५८ हजार सा सय ५० रुपैया असुली भएको छ । जुन प्रस्तावित आएको ५५ प्रतिशत हुन आउछ ।
यसका साथै दोस्रो नगर सभाले समुन्नत सुरक्षित तथा वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त नगरपालिका , पर्यटकिय गन्तब्य सहितको समृद्ध तिलोत्तमा नगर भन्ने दुरदृष्टि सहितको दिर्घकालिन गुरु योजना अगाडी ल्याएको छ । जसमा स्थानिय सेवा व्यवस्थापनका लागि केन्द्रिय कार्यालय एव वडा कार्यालयको चुस्त व्यवस्थापन स्थानिय सडकहरुको स्तरोन्नती , स्थानिय सडक र ग्रामीण सडक स्तरोन्नतीका लागि उच्चस्तरको ग्राभेलका लागि सात करोड ९० लाख बजेट विनियोजन भई सोही अनुसार काम भैरहेको छ भने एकसय तेत्तिस फिट अग्लो भ्यूटावर निर्माणको काम अगाडी बढाइएको छ । सात करोडको लागतमा वार्ड नं. ९ को तेलानीमा अत्याधुनिक सभाहलको काम अगाडी बढाइएको छ । विश्व बैंकको सहयोगमा तिनवटा योजनाका लाग विस्तृत अध्ययन प्रतिवेदन (डि.पि.आर) तयार पारीएको छ । जसमा तिलोत्तमालाइ चारैतिबाट जोड्ने सडक सञ्जाल ,दोस्रो क्षेत्रीय स्तरको बसपार्क तेस्रो ल्याण्ड फिल्ड साइडको लागि डिपीआर तयार भएको मेयर बासु घिमिरेले बताए । नगरपालिका भित्र पर्ने शाखा सडकहरु पनि ३० फिट सम्म चौडा हुनुपर्ने गरी कार्ययोजना अगाडी सारीएको छ । मुल सडकमा भएको प्रदुषण लाइ नियन्त्रण गर्नका लागि सडकका आसपासमा रहेका पेट्रोल पम्पहरुले अनिवार्य रुपमा शौचालयको निर्माण गर्न समेत नगरपालिकाले ताकेता गरेको छ । खेतियोग्य जमिन मासेर जसरी जथाभावी तरिकाले प्लटिङ्गको काम भैरहेको छ त्यसलाई नियन्त्रण गर्नका लागि भुउपयोग निती अनुसार जग्गाको वर्गिकरण गरेर रोक लगाइने गरी जग्गा प्लटिङ्ग सम्बन्धि निर्देशिका २०७४ लागु गरिएको छ । नगर भित्रका सडकको डिजीटल प्रविधिबाट अभिलेखीकरणको कामको सुरुवात संगै केहि बाडहरुमा रकेर्ड अधावधिक गर्ने काम समेत भइरहेको छ । साथै निजि साझेदारीको लागि आवश्यक नीति तथा कार्यक्रम समेत तयार गरिएको छ । जसका कारण आवश्यकता अनुसार तिलोत्तमाको बिकासका लागि निजि संस्थाले समेत लगानी गर्ने छन्
सामुदायिक विद्यालय मर्ज अभियान
कतिपय सामुदायिक विद्यालयमा २५ जना विद्यार्थी मात्र हुने र त्यसमा पाच जना सम्मको शिक्षक दरवन्दि हुने भएकाले तिलोत्तमा नगरपालीकाले यस्ता सामदायिक विद्यालयलाइ सामुदायको रोहवरमा नै अर्को सामुदायिक विद्यालयमा मर्ज गर्ने अभियान थालेको छ । विद्यार्थी संख्या अत्यन्त न्यून यसमा फर्जि विद्यार्थी संख्या देखाएर र विद्यालय राख्ने प्रवृत्ति बढ्दै गएकाले यस्ता विद्यालयमा सुक्ष्म तकिाले अनुगमन गरी समुदायको राय सल्लाह बमोजिम हामीले विद्यालय मर्ज गर्ने अभियान थालेका छौ । मेयर बासु घिमिरेले बताए । अव हामीले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएर काम गरेका छौ । अध्यापन गराउने शिक्षकलाई पनि आवश्यकता अनुसार तालिम दिएर अझ दक्ष बनाउने र अङ्ग्रेजी माध्यमबाट पढाउने वातावरण तयार गर्दै सामुदायिक विद्यालयलाई पनि अब्वल सावित गराउनुका साथै सामुदायिक विद्यालय प्रति अभिभावकको जुन दृष्टिकोण छ । त्यसलाई निरुत्साहित गर्ने गरी अबको दुई वर्ष भित्र तिालोत्तमाका सामुदायिक विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुका साथै साक्षरता दरलाई पनि बृद्धि गर्ने हाम्रो लक्ष्य हो मेयर घिमिरेले बताए । घिमिरे गएको स्थानिय निर्वाचनमा एमालेका तर्फबाट बिजय भएका थिए ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply